सामाजिक विचलन !

राम सुवेदी
पद, प्रतिष्ठा मानवीय विचलन बनेको छ । अमफूलाई अरुभन्दा उन्नत देखाउन वा बताउन हासिल गरिने सामाजिक योग्यताको मान्छे आफैले अनादर गरिरहेको हेक्का पदीय उचाईले सिकाएको देखिएन । समाज विकासको चरण परिवर्तन भइरहँदा मान्छे आफ्ना आरचरणहरुमा समेत बदलाव लिन थाल्यो । मान्छे जन्मदै असल र खराव होईन । जन्मजात शान्त, स्वच्छ, स्थीर, पवित्र, भयरहित, पारदर्शि, छलकपटरहित अनेकन असल चरित्रसहितको मान्छे, समाजमा योगदानको उचो पदीय भर्याङ उक्लेर त्यसमाथिबाट पछारिन्छ । यो उसको मानवीय विचलन हो ।

मान्छेमा स्वनिर्भरताको उच्चतम अन्तरनिहित गुणहरुको क्षयीकरण व्यक्तिगत उचाईको स्वमापनबाट भइरहेको छ । व्यक्तिवादले समाजलाई निचो देखाइदिने भैम छ । जस्ले मान्छेमा लोभ, मोह, अहंकार, अकर्मण्यता विसित भइरहेको देखिन्छ । समाजलाई सकरात्मक योगदान दिन सामाजिक र्संगठन आवश्यक छ । तर व्यक्ति उचो र निचो बनाइएको समाजले सामाजिक जीवन फेरिदैन, जस्ले समाज फेर्ने कुरा भएन । आज समाजमा तमाम अराजकता बढिरहेको देखिन्छ । त्यो सामाजिक अराजकताको प्रभाव राजनीतिमा छ । राज्यसत्तामा छ । राज्यको व्यूरोक्रेसीमा छ । नेता, नेतृत्व, कार्यकतार्न शुभचिन्तकहुँदै आम नागरिकमा फैलँदोक्रम छ ।

मान्छेहमा पदीय लालच र अरुभन्दा अब्बलहुने लालचले समाजमा अराजकता, अवज्ञा असहिष्णुता फैलिएको हो । एकातिर मान्छे मान्छे समान भन्ने गरिन्छ, अर्कोतिर आफैलाई सबैभन्दा माथिल्लो उचाइमा अरुले मान्नुपर्ने आम धारणा छ । मान्छेको असमान विवेक र बुझाईले समाजमा शान्ति, समृद्धि, समानता, समावेशिता जस्ता विषयहरु ओझेलमा पर्नेछन् । सामाजिक एकता खलबलिनेछ । जो मानवीय चरित्रको सुशासन खलबलहुँदै, उसको उपस्थिति रहेका हर सामाजिक व्यवहार र देशको राज्य प्रणालीमा समेत सुशासनको अवहेलना प्रकट भइरहेको छ ।

स्वतन्त्रता, स्वच्छन्दताको विचलनले आजको राजनीतिमा विचलन छ । आफूलाई राजनैतिक व्यत्तित्व बुझाउनेहरुमा अएको पदीय विचलनले त्यो राजनैतिक चरित्रमा दाग देखिएको छ । आफू अनुकूलको व्यवहार, र्संकुचित र्सौंच र चिन्तनका कारण मान्छेहरु आफ्नो असल आचरण गुमाइरहेका छन् । उनीहरुमा व्यभिचारयुक्त गुणको विकास भइरहेको छ । फलस्वरुप समाजमा एकता छैन । असल अभ्यास, असल कर्म, असल विचारको प्रक्षेपण सत्यानास भएको छ । राज्यका माथिल्लो ओहोदामा पुगेकाहरु भ्रष्ट छन् । उनीहरुको बाटोमा अधर्म, भ्रष्टाचार, व्यवभिचार र कुसाशन छ । कारणान्छे विचलनको र्संघारमा छ ।

मान्छे, मान्छे जस्तो उच्च ओहोदाको नभएपछि उसले कस्तो नेतृत्व गर्ने ? कसलाई नेतृत्व दिने ? देश आज समयको परिवर्तन र नागरिकको अपेक्षालाई प्रभावकारी तवरले व्यवस्थापन गर्न चुकेका शासकहरुको दलदलमा फसेको छ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न छेक्ने, थुन्ने, यस्ता अनैतिक कर्तुतहरु राजनीतिमा वा दलीय आचरणमा फस्ट्याए । सत्य, असत्य वा असत्य सत्य भन्न लगाउने राजनीतिले आफू र्कंगाल बनाएको आफै देखेन । अहिलेपनि जनताबाट निर्वाचित जनप्रतिनिधि लोभी पापी छ । समाज बदलिएको छ । पूस्ता फेरिएको छ । गलत जान्ने र बुझ्ने भएसेको छ । खबरदारीहरु गरिरहेका देखिन्छन् तर अनैतिक कर्म गर्ने गतिछाडाहरु कानून र विधिको उचेराबाट आफूलाई कानूनी भ्रष्ट बनाइरहेका देखिन्छन् । राज्य आफै भ्रष्ट छ । भन्दा नराम्रो होला, आज र भोली जानजे जनप्रतिनिधिहरु अझैपनि आडम्बरी छन् । देश बनाउने होईन, लुकाएर भत्ता खाने, राज्यकोष कुम्ल्याउने र त्यसतर्फ गिद्दे नजर लगाउने कर्म छुृपेको छैन । सुशासनका नाउँमा जनप्रतिनिधि र्संस्थाले गरिरहेका सार्वजनिक सुनुवाई जनताको आँखामा छारो हाल्ने बैधानिक कुकर्ममात्र हो । आजसम्म जनप्रतिनिधिहरुले लिएको तलव, भत्ता र प्रशासनिक खर्चबाट कर्मचारीहरुले लिएको टिएडिए प्रष्ट पारदर्शी बनाउने कोही छैन । छ भने त्यो आजको महान व्यक्ति भर्नौंला । अन्यथा सबै राज्यकोष कुम्ल्याउने महामहिमहरु नै हुन् । यो किन भयो भन्दा, मान्छे आफ्नो कर्तव्यबाट विचलित भयो । व्यक्तिवादी बन्यो । सामाजिक पदलाई बेचेर बाँच्ने नकचरो समाजसेवी बन्यो ।

हाम्रो जस्तो देशमा मान्छे, मान्छे बन्न नसक्नुका धेरै कारणहरु रहलान, तर पहिलो गल्ती जे बोल्छ त्यो गर्दैन जे गर्दैन त्यो बोल्छ । हात नपर्नसम्म राष्ट्रवादी, जनवादी, समाजवादी, राज्यकोषमा हात परे कुसाशनवादी । नेपाली समाजले अरुबाट सुशासनको अपेक्षा गरेको हुन्छ तर आफूले पनि सुशासनयुक्त व्यवहार गर्नु पर्दछ भन्ने भुल्छ । शासन व्यवस्थाका वेथिति देख्दा सुधारको सुरुवात कहाँ बाट गर्रौं । के गर्रौं । कसो गर्रौं, भन्ने छटपटी हुनु स्वभाविक हो । तर सुधारको सुरुवात आजको मान्छेबाट हुँदैन । यहाँ मान्छे विचलनको रोगी छ ।

सुशासन पहिला मान्छेमा हुनुपर्दछ । मानवीय चेतनाका हुनुपर्दछ । व्यवहारमा हुनुपर्दछ । एकमा होईन सबैमा सर्वस्वीकार्य विषय हुनुपर्दछ । देश बनाउने भन्दा आफुबाहेक अरुको भन्ने चिन्तन छ । तर त्यही राष्टबाट आफ्नो व्यक्तिगत उच्च भन्ने तर्क छ । यो लर्फंगो चिन्तन हो । आजको राजनीतिमा देखिएको राष्ट्रवाद चुल्होको नून जस्तो हो । आजका नेतामा देखिएको राष्ट्रवाद घ्यू र चिनिमा मिलावट भएको कमिलो जस्तो हो । वा नेपाली राजनीतिको सुशासन चियाको माखो जस्तो हो । जो आफै उत्तरदायी छैन । जिम्मेवारीको बोध छैन । मात्र पदीय लालच र मपाईत्वको उन्माद छ । यो असामाजिक तर्क हो । जहाँ व्यक्ति र व्यत्तित्वसँग सामाजिक भेद छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *