कृषिता अधिकारी ( निशा)
यो संसार मायामा अडेको छ । कोहि पनि मानिस माया बिना बाँच्न सकेको छैन र माया साथले नै मानिसलाई बाँच्न सिकाउँछ हास्न सिकाउँछ । संसारमा हरेकले हरेक मानिससंग प्रेम गरेकै हुन्छ । प्रेम पुजा हो प्राप्ती हो र त्याग पनि हो । जन्मदेखि नै प्रेम सुरु हुन्छ प्रेमका परिभाषा अनेक छन् । कोही प्रेम जताउँछन त कोही प्रेम आफुमै सिमित राख्छन् । तर जे जसरी गरेता पनि प्रेम प्रेम नै हो । अर्कोतिर जिन्दगी माया प्रेम, धोका घृणा, मिलन बिछोड, हासो रोदन, दुःख सुःख, सफलता असफलताको घेरा भित्र फसेको याथार्थ घटना नै जिन्दगी हो । सायद यसैलाई जिन्दगी भनिएको हो । तर, मेरो बुझाइमा र मैले बुझ्न सकेको जिन्दगी यति नै हो । प्रत्येक मानिसको जिन्दगीमा प्रत्येकको आफ्नै कथा व्यथा हुन्छ । तिनै कथा व्यथा कसैको जीवनसंग मेल खाएको पनि हुन सक्छ र यर्थाथमा वास्तविकता नभइ संयोग पनि हुन सक्छ ।
भनिन्छ नि, जीवनमा कसैको साथ पायो भने मानिस जीउन सिक्छ उसको जीवन सकारात्मकले भरिन्छ र नकारात्मकले पनि निहालेर हेर्ने हो भने मायामा ज्यान गुमाउनेहरु मायामा धोका खानेहरुको कमि छैन् यहाँ कतै मायामा विश्वास घात हुन्छ त कतै मायाले संसार बदलिन्छ तर, पैसामा बिक्ने माया र पवित्र मनदेखि गर्ने मायामा जमिन आसमानको फरक हुन्छ । हो यो ध्रुव सत्य पनि हो । भर्खर भर्खरको कलिलो उमेरमा हरेक मानिसलाई बैँस चढ्छ उमेरसंगै शारीरिक अंग अहेव परिवर्तन आउनु स्वभाविक हो यहि परिवर्तनले ढकमक्क भएको त्यो उमेर चञ्चलपन हुनु स्वभाविक हो किनकि उमेरले परिपक्व नभएता पनि वैंशले लालि चढेको चढ्दो उमेर थियोे जोश थियो । जागर पनि थियो रुपरंगले धपक्क बलेकी प्यारी माया चिटिक्क परेकी थिइन् उनी र उनको प्रेम आहा कति लोभ लाग्दो थियो इश्वरलाई सँच्ची राखेर जोडेको प्रेम केवल इश्वरलाई मात्र थाहा थियोे ।
किनकि प्रेम भन्ने यस्तो चिज हो जहाँ सबै सामु प्रदर्शन गरेर हिड्ने चिज पनि होइन फलाना फलानाले यस्तो गर्दै हिड्छन रे नाकै काट्यो रे लौ इज्जत गयौ । यसरी बदनाम भएको प्रेम कति दिन टिक्छ होला र बदनामिको दाग लिएर प्रेम गर्नु थिएन गाउँमा नाम चलाएर खराब हुनु नै थिएन अहं कदापी हुनु थिएन किनकि यी दुई प्रेमीको समाजमा इज्जत थियो मान सम्मान थियोे त्यसैले उनिहरुको पवित्र प्रेम गुपचुप नै रह्यो र हरेक माया गर्ने मायालु जोडिहरु पनि बदनामी लिएर बाँच्न चाहान्नन् होला र उनि पनि चाहिनन् ।
सन्दर्भ समय जे थियो, तर मिठो थियोे उनिहरु एक अर्कोलाई राम्रोसँग चिरपरिचित थिए दाइ बाट सुरु भएको सम्बन्ध विस्तारै माया प्रेममा परिणत भयो सामान्य फेसबुकबाट बोलचाल भएको त्यो सम्बन्ध विस्तारै अघि बढेको थियो समय आफ्नै रफ्तारमा अघि बढेको थियो समय सँगसँगै त्यो प्रेम पनि पहिलो प्रेम कुनै अञ्जान व्यक्तिसंग मन मुटु गासिन पाउँदा प्यारी माया पनि निकै खुसी थिइन् । खुसी नहुने कुरा पनि त थिएन १५, १६ वर्षको मस्त उमेरमा माया पलाउनु, माया गर्नु उमेर यहि त होनि भर्खर भर्खर मोवाइल इन्टरनेट चदाउन अनि फेसबुक अकाउन्ट खोलेकी थिइन क्यारे सुरु सुरुमा च्यार्ट गर्न बोल्न सबैलाई मन पर्छ मन लाग्छ पनि भर्खर एस. एल.सि सकेर कम्प्युटर सिक्दै गर्दा उनले मोवाइल इन्टरनेट चलाउन थालेकि थिइन ।
प्रोफाइल पिक्चर चिटिक्क अनि चट्ट परेको हेर्दै लोभलाग्दो र आकर्षण त्यो तस्बिरले नलोभाउने त कुरै थिएन । त्यसमाथि समय सान्दर्भिक फेसबुक स्टाटसले समेत आकर्षण बनाइरहेको थियो । यस क्रममा नयाँ आइडिबाट रिकोयस्ट आयो । साथी बन्न त्यो कलकलाउदो उमेर विपरित व्यक्तिसँग आकर्षित हुने उमेर साथी बनाउन खोज्ने बन्ने इच्छा सबैलाई हुन्छ र उनलाई पनि रहर जाग्यो । आएको फ्रेण्ड रिकोयस्ट ऐसेप्ट गरिन पनि नगर्ने पनि कुरै थिएन फोटो हेर्दा चट्ट परेको सर्लक्कको ज्यान कालो कालो हिस्सी परेको मान्छे पनि साह्रै राम्रो र असल होला जस्तो सुरुमा दाइ सम्बोदनबाट बोलचाल भएको सम्बन्ध विस्तारै साथिमा परिणत हुँदै गयो एक अर्काको फोन नम्बर समटासाट गर्थे म्यासेन्जर, इमोमा च्यार्ट फोन हुन्थ्यो यसरी उनिहरु बिच गहिरो माया प्रेम बस्न थाल्यो ।
लगभग उनिहरु एक अर्को बिच चिरपरिचित भएको पनि ३ वर्ष जति भएछ प्यारी माया नेपालमा र उनको माया विदेशमा थिए । हरेक सुख दुख सेयर गर्ने तिमी मेरो हो जस्तो लाग्छ सायद भगवानले मेरै लागि बनाएको हो म तिमिलाई हरेक कुरामा साथ दिनेछु यस्तै यस्तै डिउटी जाँदा आउदा बिदाको दिन हर क्षण हर पल उनको मायाले फोन गर्थे मानौं एकपल पनि छुटिनै चाहादैनन् तर समय सधैं एकै कहाँ हुन्छ र जो संग जहाँसम्मको सम्बन्ध हुन्छ नि त्यहि सम्मको गन्तव्य हुन्छ जसरि हिजो एक अर्काे बिना नबोली बस्नै नसक्ने उनिहरु बिच बोलचाल कम हुँदै गयो किन यस्तो भयो त्यो प्रेममा किन सम्बन्ध पातलिदै गयो खै न प्यारी मायाले बुझिन न उनको मायाले नै सायद बाध्यता थियो ।
घरबाट विवाह गर्ने कुरा चल्यो पनि होला र त उनको माया नेपाल आए जसरी विदेश हँुदा कुरा हुन्थ्यो नेपाल आएपछि त्यस्तो कुरा हुनै छाड्यो हुन त त्यो अञ्जान अनि फेसबुके माया सायद पवित्र प्रेम थिएन होला र उनको माया नेपाल आएर बिहे गरे हिजो संगसंगै जीउने साथ दिने मायालु जोडि आज एउटै गाउँ एउटै बाटो हिड्दा पनि नबोली नहेरी हिड्ने अवस्था सृजना भयो । हिजोसम्म मेरो भन्ने प्यारी मायाको आफ्नो बन्ने अधिकार नै थिएन न त बोल्ने कुनै बाटो नै थियो भेट त हुन्थ्यो देखादेख त हुन्थ्यो तर एक अञ्जान जसरी त्यत्तिका समय बोलेर सबै सुख दुख साटासाट गरेर पनि उनिहरु एकअर्काेसंग अञ्जान बने सायद त्यो सम्बन्धमा केही त थियो जसले उनिहरु एक हुन सकेनन् ।
सायद हुन सक्छ जात, स्तर, एउटै गाउँमा पारिवारिक स्विकृत वा अन्य केही त हुन सक्छ तर न त जान्ने मौका नै मिल्यो न उनको मायाले नै भन्न चाहे आखिर सामान्य बोलचालमा भएपनि तीन वर्षको अवधिमा भेट्ने मौका नमिले पनि त माया त माया थियो नि हरेक पल हर क्षण फोनमा च्याटमा बोलिने ती शब्दले माया प्रकट गरेको थियो नि के फेसबुकमा साथि बनाएकि प्यारी मायाको बोलचाल गर्दैमा गल्ती थियो र बोलाएपछि बोल्नु हरकोहिको गल्ती हँुदैन तर कसैको मन भावनामाथि खेल्नु स्वार्थ पूर्तिका लागि साथी बनाउनु समय बिताउने माध्यम ठान्नु त्यो व्यक्ति मात्र होइन उस्को नियत नै खराब थियो उसले साचो माया बुझेन प्रेमको अर्थ बुझेन कोहि व्यक्तिलाई मन नपराइकन बोल्दै बोल्दैन जोसंग मन पराइन्छ जोसंग मनका कुराहरु साटासाट गरिन्छ मनले खाएको मान्छेसंग गरिन्छ अञ्जान मान्छेसंग सामान्य हेलो हाई गर्दैमा के फोन नम्बर साटासाट त गर्दैनन् नि म्यासेन्जर इमो भाइबरमा बोल्दैनन् नि होइन र ! आज उनी र उनको माया सायद एकअर्काेदेखि धेरै टाढा छन् होला समय परिवर्तन संगसंगै आ– आफ्नो जीवन बिताइसकेका छन् । होला तर एकदिन समय त्यस्तो पनि आउने छ जसरी प्यारी मायाको प्रेम लत्याएर गएका छन् नि उनलाई त्यो प्रेमले पोल्नेछ जरुर । यसरी एक अञ्जान अनि उमेर नपुगी गरिएको कच्चो प्रेम प्यारी मायाको लागि नमेटिने घाउ बन्यो सायद नजानी नबुझी एक अञ्जानसंग मन मुटु साट्नु हुँदैन भन्ने गतिलो पाठ पनि बन्यो र उनको प्रेम आज एउटा कथा बन्न पुग्यो ।