नेपालमा आत्महत्या

शुभेक्षा पन्त
जीवन दुःखपीडाको भवसागर हो । दु:ख, सुख, हासो, खुसीको जीवनमा कहिले खुसीका अनुहारहरु देखा पर्छ्न त कहिले दुखी । आफ्नो आफ्नो दुख त सबैलाई हुन्छ नै होइन र ? सफलता र असफलता बीचको दूरीले मानिसलाई आत्महत्याको बाटोमा पुर्याउछ। सबैभन्दा बढी झुन्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेहरू छन्। पछिल्लो दस वर्षमा ९ हजार ७ सय ९६ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । झण्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओ, ले जनाएको छ । प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन। एक जनाले आत्महत्या गर्दा अरू २५ जनाले आत्महत्याको प्रयास गरेको पाइन्छ । नेपालमा प्रत्येक महिना लगभग ३० जनाले आत्महत्या गर्छन् र यो विश्वमै सातौं उच्च दर हुन गएको छ । नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ ।

आत्महत्यामा सामाजिक कारणका साथसाथै मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको पनि उत्तिकै ठूलो भूमिका रहन्छ । मानिसले आफ्नो मात्र सोच्ने यो समयमा उनिहरुको व्यवहारले अर्को मानिसको शारीरिक र मानसिक असर पर्छ भनेर किन सोच्दैनौ । हो, कसैको पनि रहर होइन कि आफ्नो रुप, रङ, क्षमता नराम्रो होस् । तर हाम्रो बोलिले उनिहरुलाई असर गर्छ भन्ने हामीलाई थाहा हुँदा हुँदै उनिहरुलाई होच्याउने गर्छौ ।

के सबै मानिसको उती नै हक हुदैन र बाच्ने, रमाउने तर यहा त छालाको रङले, कसैको शारीरिक बनावटले त कसैको बोल्ने तरिकाले हामीले उनिहरुलाई हर्ने नजर नै फरक बनाएका छौ । त्यो बच्चा जो जन्मेर केहि समय ढिलो बोल्यो, ढिलो हिड्यो भन्ने त्यो अबुझ बालकलाई अरु त अरु उनिहरुको आमा बाबाले पनि यो त लाटो छ, यो त लाटी छे जस्ता भनाइ सुनाउछौ तर कसरी हामीले भन्न सक्छौ कि कोहि बोलेन, हिडेन भन्ने अरुभन्दा कमजोर छ । के यो संसारले मानिसको शारीरिक बनोटमात्र हेर्न हो वा मानसिक तेज पनि हेर्छ । एउटा साथी जो अरुभन्दा फरक क्षमताको छ तर उसको हाइट, ओयट मिलेको छैन त उसलाई हामीले बोलाउदा गरेको नाना थरी सम्बोधनले के उसलाई असर गर्दैन होला त ?

घरपरिवारमा एकअर्काले दिइएको यातना, मायामा धोका,परीक्षामा असफलता, कष्टदायक वैवाहिक जीवन, अवैध गर्भ,कमजोर आर्थिक अवस्थाले गर्दा पनि आत्महत्याको बाटो रोजिरहेको पाइन्छ । कुनै कारणबाट हुन पुगेको मानसिक वा भावनात्मक चोट आदिलाई यातना भनिन्छ । कुनैपनि व्यक्तिलाई कुटपिट गर्ने, शारीरिक चोट पु¥याउने, तेजाव वा यस्तै प्रकारका अन्य पदार्थ छर्किने वा सो पदार्थले पोली, डामी, जीउ वा शरीरमा पीडा गराउने, अनुहारलाई कुरुप बनाईदिई कुनै पनि व्यक्तिलाई यातना दिनुलाई शारीरिक यातना भनिन्छ । र हाम्रो समाजमा मानसिक यातना पनि बढिरहेको छ । मानसिक यातना भन्नाले शारीरिक यातनाको डर धाक देखाउने र धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलोज गर्ने, झुट्टा बात लगाउने, घरबाट निकाला गर्ने, आदि क्रियाकलाप गर्नु हो । वैचारिक, धार्मिक, साँस्कृतिक, प्रथा, परम्पराका आधारमा भेदभाव गर्नु रुप, रंग, शारीरिक बनावट तथा कुनै रोग लागेको आधारमा अपमानित गर्नु, मानसिक आत्महत्या गर्न दुरुत्साहन गर्नुलाई नै मानसिक यातना भनिन्छ ।

कुनै पनि महिलालाई दाइजो ल्याउन माग गर्ने, दाइजो ल्याउन दबाव दिने अथवा उसलाई दाइजो नल्याएको कारणबाट नीज महिलालाई गरिने घृणा, हेला, तिरस्कार वा दाइजो नल्याएको भनि दिइने यातनालाई पनि आर्थिक यातना भनिन्छ । जसका कारणले पनि आत्महत्या बढी रहेको छ । अहिले कति मानिस आफ्नो शारीरिक बनोटले गर्दा र अरुको सम्बोधनले गर्दा आत्महत्या गर्ने बाटोसम्म रोज्न पुगेका छन् । हो, आत्महत्या कुनैपनि कुराको विकल्प होइन र यसलाई हाम्रो बाध्यता बनाउनु पनि हाम्रो कमजोरी हो । आत्महत्याको बाटो रोज्नुभन्दा हिम्मतको बाटो रोजौ ।

बाहिरी मुलुकहरुमा आत्महत्यालाई पनि अपराध मानिन्छ। भारतमा नै पनि आत्महत्या गर्नु अपराधको रुपमा लिइन्छ । कसैलाई आत्महत्या गर्न बाध्य वा उत्प्रेरित गर्नु पनि अपराध हो। नेपालमा पनि मुलुकी अपराध संहिताको दफा १८५ कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भनिएको छ । र उपदफा (२) मा उपदफा १ बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ भनी व्यवस्था गरिएको छ ।

आत्महत्या गर्यो रे ! भनिन्छ तर किन आत्महत्या हुन्छ ? किन यस्तो बाटो रोज्नु पर्यो कसले बुझ्ने यो कुरा र यसलाई घटाउन के गर्न सकिन्छ भनेर चासो कसले गर्ने ? आफुलाइ जे कुराले असर पुर्याउछ अवश्य पनि त्यो कुराले अर्को मानिसलाई पनि तनाव बनाएको होला भन्ने कहिले सोच्ने हामी ? त्यो व्यक्ति जो दिनहुँ समस्याबाट गुन्जिरहेको छ, कसले बुझाउने उसलाई, कसले सम्झाउने ? यो समस्या अहिले मात्र होइन पुर्खादेखि नै आएको हो र यसको समाधानको बाटो छैन वा समाधानको बाटोतिर हामी लाग्दैनौ र के आत्महत्या मात्र कुनैपनि समस्याको समाधान होइन त्यसैले यो बाटो कसैले नरोजेको राम्रो । यो अबस्था कसैलाई नआओस । सरकाले पनि व्यवस्थित काम गर्न सकेमा प्रभावकारी रुपमा समस्या समाधान गर्न सकिने हुदाँ यस तर्फ ध्यान जान आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *