सामुदायिक रेडियोको चूनौति र अवसर

राम सुवेदी
सामुदायिक सञ्चार अर्थात समुदायको रेडियो । आफ्नो समुदायमा आफ्नै नेतृत्वको सञ्चार माध्यम स्थापना गर्न जाँगर भरेकाहरुको सकरात्मक प्रयास पनि हो । सबैकोलाई मन पर्ने, आवश्यकता महशुस गरिएको अभियानका रुपमा यो स्थापित भएको हो । केन्द्रिकृत सञ्चारको अभ्यासकै क्रममा ग्रामीण क्षेत्रसम्म अर्थात देशका अति दुरदराजमा आवाज विहिनहरुको आवाजहरु मुखरित गराउन सामुदायिक सञ्चारको अहम भूमिका देखिन्छ । यसले सञ्चारको विकेन्द्रिकृत स्वरुपका रुपमा सामुदायिक रेडियो अभियानलाई देशभर पुरयाउन सफल रहेको छ । नेपालका सामुदायिक रेडियोहरुको व्यवस्थापन, प्रवद्र्धन र अभिमूखीकरणका लागि २०५४ सालमा (सामुदायिक रेडियो प्रशारक संघ नेपाल ) छाता संगठन स्थापना हुँदै, अहिले देशभरका ३८९ रेडियोहरु यसका गोलबन्द छन् ।

उत्साहको अभियान
नेपालको राजनैतिक परिवर्तनसँगै सञ्चार क्षेत्रमा पनि नयाँ सञ्चार अभियान सुरुवात भयो । समुदाय स्तरबाट सञ्चारमा लगानी गर्नु, आवद्धता र सञ्चालनमा सक्रियता देखाउनु सामुदायिक रेडियो अभियानको एक उत्साह अभियान थियो । त्यो क्रम अहिलेपनि छ । यद्यपी समुदाय स्तरका सबैपक्षको घूलनसहितका सामाजिक व्यक्तिहरुको यो अभ्यास नेपालका लागि नयाँ पनि थियो । तत्काल सञ्चालनर्था जे खालको जाँगर चल्यो, त्यसको दीर्घकालिन व्यवस्थापनमा केही समस्याहरु देखिन थालेका छन् । यसको समाधान पनि त्यहीं छ । नेपाल जस्तो भौगोलिक निकटता र विकटता दुवै परिवेश रहेको मूलुकमा राजनैतिक परिवर्तनसँगै सञ्चार क्षेत्रमा विस्तारित तीव्रतर सञ्चार माध्यमहरुको विकास, त्यसमा पनि सामुदायिक रेडियो सञ्चालनको लहर चल्नु सामान्य कुरा थिएन । सुगमदेखि दुरगमसम्म सामुदायिक सञ्चारमा योगदान पु्याउनु एक हिसावले सञ्चार क्रान्ति नै मान्नु पर्दछ ।

आवाजविहीनहरुको आवाज
जब सामुदायिक रेडियोहरुले आफ्नो सञ्चार अभियान सुरुवात गरे, त्यसले साँच्चीकै देशका दुरदराजमा रहेका आवाजहरु मुखरित गर्यो । रेडियो नेपालबाट परिचित समाजलाई एफएम रेडियो सञ्चालन र प्रशारणका कुरा सुरुसुरुमा नौलो नै थियो । स्थानीय स्तरका राजनीतिक दलका नेताहरुको विचार, सामाजिक व्यक्तित्वहरु बीच बहस, स्थानीय भाषा, संस्कृति र कलाको उजागर गर्ने स्थानीय स्तरको नजिकको सञ्चार माध्यमका रुपमा स्थापित सामुदायिक रेडियोहरु स्थानीयकै सहयोग र सहायताका सञ्चालित छन् । स्थानीय गतिविधिहरुलाई नै यि रेडियोहरुले प्राथमिकता दिने भएकाले यिनीहरु आवाज विहिनका आवाज पनि बन्ने गरेका छन् भनेर दावी गर्न मिल्छ । यसरी दुरदराजका आवाजलाई उजागर गर्ने विकेन्द्रिकृत सञ्चार माध्यम र सामुदायिक सञ्चारको आफ्नो मूल्य मान्यता अनुसारको कर्म निरन्तर गरिरहने एकमात्र विकल्प सामुदायिक रेडियोहरु नै रहेकोमा हाम्रो दावी रहन्छ ।

नागरिक सञ्चार जागरण
सञ्चार माध्यमले, विचारको सम्प्रेशण गर्छन् । समाज परिवर्तनका लागि अग्रणी स्थानबाट सत्य सूचनाले नागरिकलाई सूसुचित गर्छन् । नागरिक पहुँच बाहिरका कसुरा नागरिक समक्ष ल्याउने र नागरिकका आपफ्ना विचारको घुलन गराउने दोहोरो सञ्चार पनि यिनीहरुको भूमिकामा पर्दछ । काठमाण्डौको राजनीति र स्थानीय जनताको चासो चिन्ताका सवाललाई समेत नागरिक समक्ष सञ्चार गरिरहेको हुन्छ । यसले एकखालको जनस्तरमा जागरण ल्याएको मान्न सकिन्छ । नागरिक तहमा अथवा उनीहरुको पहुँचसम्म हाम्रा एफएम रेडियोहरु नपुगेका भए त्यो चेतनाको स्तरमा जागरण ल्याउने अर्को माध्यक भेट्याउन सायद गाह्रो पर्दथ्यो । गाउँगाउँमा खुलेका सामुदायिक रेडियो र यिनीहरुको सञ्चारले अवश्यक समुदायमा जागरण ल्याउन ठूलो योगदान प ुर्याएका छन् ।

राजनैतिक परिवर्तनको संवाहक
२०५४ सालयता विकसित भइरहेको सामुदायिक रेडियोहरुको सञ्चालन र प्रशारणले देशमा भएका राजनीतिक परिवर्तनमा समेत अब्बल भूमिका निर्वाह गरेका छन् । माओवादी जनयुद्धकालमा डोके रेडियोमार्फत अमूख स्थानबाट आफ्नो आन्दोलन र जनयुद्धका कुरा घुम्तीरुपमा राखिने गरेको अवस्था होस् या २०५९ तिर राजाले ‘कु’ गरेको समय यहाँका एफएम रेडियोहरुले परिवर्तित राजनीतिका लागि विभिन्न खालका कार्यक्रम वा बहशहरु चलाएको अवस्था किन नहोस् । २०६२/०६३ सालको जनआन्दोलनको सञ्चार संवाहकका रुपमा यिनै रेडियोहरुको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । त्यसपछिको युद्धरत दल र सरकारबीचको वार्ता सम्वाद र शान्तिसंझौतासम्म आइपुग्दा शहरदेखि गाउँसम्म राजनैतिक सञ्चार गरिरहने यिनै एफएम रेडियोहरु हुन् । हरक्षण, हर स्थानमा राजनैतिक बहश र छलफल गर्न सामुदायिक रेडियोहरुले भिन्नै रोलमोडेलको काम गरिरहेका थिए र अहिलेपनि निरन्तर आफ्नो भूमिकामा निरन्तर लागिपरेका छन् । संविधानको निर्माणका बेला होस् वा त्यसपसछि भएका संघ, प्रदेश र स्थानीय तहका निर्वाचनमा जनप्रतिनिधिका आकाँक्षीबीचको आन्तरिक बहश छलफलमा स्थानीय रेडियोहरुको बेग्लै भूमिका रह्यो । यसकारण नेपालको राजनैतिक परिवर्तन र नागरिकमा राजनैतिक सञ्चार ल्याउन सामुदायिक रेडियोहरुको अलग्गै योगदान छ ।

सूचना र सञ्चारको क्रान्ति
सूचनाको स्रोत व्यवस्थापन, तल्लो तहसम्म त्यसको सञ्चार र पहूँचमा एकखालको क्रान्ति नै ल्याउने सामुदायिक सञ्चार हो । एफएम रेडियोहरु खुल्ने र दुरदराजसम्म पहूँच विस्तार गरिरहँदा समुदाय स्तरबाट देशमा सबै जिल्लामा सञ्चालन गरिएका एफएम रेडियोहरुले एकैपटक देश सञ्चारित गरेका छन् । अहिलेको जस्तो ईन्टरनेट थिएन । सबैको पुहँचमा टेलिभिजन पुगेका थिएनन् । मात्र एक सञ्चार माध्यम रेडियो नेपालले सबैको पहुँचसम्म आफूलाई विस्तार गर्न सकिरहेको थिएन । त्यस बखत नेपालमा एकाएक विस्तारित एफएम रेडियो त्यसमा पनि समुदायका अगुवाहरुको अथक प्रयासमा दुरदराजसम्म पुर्याइएका सामुदायिक रेडियोहरुले नेपाली समाजमा सूचना र सञ्चारको क्रान्ति ल्याएका हुन् । सूसुचित गर्ने अभियान नै सुरु गरेका यि रेडियोहरुले अहिलेपनि आफ्नो स्थान कमजोर बनाएका छैनन् । अहिलेपनि सत्य, भरपर्दो र तथ्यपूर्ण सूचना थाहा पाउन यिनै एफएम रेडियोहरुलाई विश्वास गर्ने गरेका छन् । देशभर ७ सय भन्दा धेरै एफएम रेडियोहरु सञ्चालित हुँदैगर्दा ३ सय ८९ रेडियोहरु समुदाय स्तरबाट सञ्चालित भएका छन् ।

सूचनाको पुहँचमा बदलाव
सुरुवाति अवस्थामा जसरी एफएम रेडियो खुल्ने र प्रशारण हुने क्रम थियो । अहिले त्यो अवस्थामा बद्दाव आएको छ । जुन उत्साहले एफएमहरु खुले ति एफएमहरु अहिले बन्द हुने क्रममा देखिन्छन् । हिजोको जस्तो रेडियोप्रति सामाजिक व्यत्तित्वहरुको व्यवस्थापनमा समय नदिएको पाईन्छ । व्यवस्थापनमा भएका कमजोरी, कोरोना कहरपछि बिग्रिएको आर्थिक अवस्थाले स्रोतमा आएको बदलाव, अधिकतम रुपले प्रतिस्पर्धामा सञ्चालनमा आएका रेडियोहरुको दीगो व्यवस्थापनमा देखिएका समस्याले अव नयाँ खुल्ने होईनन् । भएका बन्दहुनेक्रम तीब्र बढीरहेको छ । सायद यसकै कारण होला ३ सय ८० वटाको संख्यामा खुलेका र सञ्चालनमा आएका सामुदायिक रेडियोहरु अहिलेसम्म आइपुग्दा ५७ वटा रेडियोहरु अहिले बन्द अवस्थामा रहेको पाइएको छ ।

वर्तमान संकटको विश्लेषण
हिमाली जिल्ला मुस्ताङमा सञ्चालनमा आएको एकमात्र सामुदायिक रेडियो मुस्ताङ सञ्चालनमा आएको ४ वर्षपछि प्रशारण अवरुद्ध भयो । रेडियोबाट आयआर्जन नहुने र जनशक्ति टिकाउन नसकिने समस्या त छँदैथियो, रेडियो प्रशारणमा ल्याउँदा खपत भएको विद्युत महशुल तीर्न समेत नसकेपछि उक्त रेडियो बन्द भयो । ‘रेडियो खोल्नेबेलाको जस्तो चासो, लगन र व्यवस्थापनमा आएको समस्या नै यो रेडियो बन्द हुनुको कारण रहेको’, रेडियो मुस्ताङका स्टेशन प्रमुख नारायण पौडेलको भनाई छ । यसलाई सञ्चालन गर्न आफ्नो मात्र प्रयासले नसकिएको उहाँको भनाई छ । उता गण्डकी प्रदेश कै मनाङमा रहेको एकमात्र रेडियो रेडियो मनाङ पनि अहिले सञ्चालनमा छैन । हिमाली जिल्लामा डोको रेडियोको रुपमा स्थापित सामुदायिक सञ्चार त्यसबेलाको महत्वका रुपमा बुचिmन्थ्यो । अहिले आन्तरिक व्यवस्थापनकै समस्या अल्झेको देखिन्छ ।

सानमुदायिक रेडियो प्रसारक संघका आवद्ध हुँदै यसको वर्तमान अवस्थाको गहन अध्ययन गर्र्दैगर्दा पछिल्लो समय सामुदायिक सञ्चार संस्थाहरु अनेकन जटिलताबाट गुज्रिरहेको पाइएको छ । एका तर्फ समुदायबाट परिचालित संस्था भधएकाले आन्तरिक व्यवस्थापनमा एकमना जुट्न नसकेका कारण समस्ूयामा छन् भने अर्कातिर राज्यको यथोचित नीति नआउँदा यसको भविश्य प्रति प्रश्नहरु उठ्नु स्वभाविक देखिन्छ । अकोराव प्रदेश समितिको रिपोर्ट अनुसार, गण्डकी प्रदेशका ४६ रेडियो मध्ये अहिले ६ वटा रेडियो बन्द छन् । कोशी प्रदेशमा ३९ रेडियो सञ्चालनमा रहेकोमा अहिले ५ वटा रेडियो बन्द भएका छन् । मधेश प्रदेशमा ४५ वटा रेडियोहरु सञ्चालनमा रहेकोमा अहिले ९ वटा रेडियो बन्द भएका छन् । यस्तै लुम्बिनी प्रदेशमा ७३ रेडियोहरु सञ्चालनमा रहे पनि अहिले १४ वटा रेडियो बन्द भएका छन् । कर्णाली प्रदेशमा ५० रेडियो सञ्चालनमा रहेकोमा अहिले ५ वटा रेडियोहरु बन्द छन् । बागमति प्रदेशमा सञ्चालित ६६ रेडियोहरु मध्ये अहिले ५ वटा रेडियो बन्द भएका छन् । उता सुदुरपश्चिम प्रदेशमा सञ्चालित ७० वटा रेडियोहरु मध्ये अहिले १३ वटा रेडियोहरु बन्द भएका छन् । अकोराव नेपाल अन्तरगत रहेका ३ सय ८९ वटा सामुदायिक रेडियोहरु मध्ये अहिलेसम्म ५७ वटा रेडियोहरु बन्दभएको देखिन्छ ।

यसरी रेडियोहरु बन्द हुनुमा कतिपय रेडियोहरुमा आफ्नो स्थानीय व्यवस्थापनमा समस्या देखिएको छ भने कतिपय आर्थिक व्यवस्थापन जुटाउन नसक्दा बन्द भएका छन् । केही रेडियोहरु नियमित नविकरण नभएका कारण बन्द भएका छन । केही भने प्राविधिक रुपमा सुरुमा खरिद गरिएको एफएम ट्रान्मिटर विग्रिएपछि पुनः खरिद गर्न नसकेका कारण बन्द भएका देखिन्छन् । तर अधिकतम रेडियोहरु कोरोना कहरपछिको आर्थिक संकट, दक्षजनशक्ति टिकाउन नसक्ने अवस्थाको सिर्जना तथा आफ्नो आन्तरिक व्यवस्थापनमा आएका समस्याकै कारण बन्द भएका देखिन्छन् ।

अबको बाटो
यसरी नै एफएम रेडियोहरु धमाधम बन्दहुँदै जाँदा स्थानीय स्तरमा सञ्चारको पुरकता कमजोर बन्ने छ । दुरदराजमा नागरिकको सामिप्यतामा सञ्चार हुनेछैन । सूचनाको पहुँच अपुग हुनेछ । स्थानीय स्तरको कला संस्कृति र मुद्धाहरु ओझेलमा पर्नेछन् । गाउँगाउँमा पुगेका स्थानीय सरकार र नागरिकबीचको सम्बन्ध बढाउने माध्यमको अपुग हुनेछ । यो अवस्थालाई मध्यनजर गर्दै, समुदाय स्तरको सहयोग, सहकार्य र सक्रियता अझ बढाउन उत्प्रेरित गर्ने योजना ल्याउनुपर्ने देखिन्छ । सरकारी तवरबाट उत्पन्न समस्याहरुको सहजीकरणमा ध्यान पुर्याउनुपर्ने हुन्छ । संघ÷प्रदेश र स्थानीय सरकारले समेत सामुदायिक रेडियोहरुलाई सहकार्यको माध्यम बनाउने नीति आवश्यक हुनेछ । सामुदायिक सञ्चार नीति पहिलो आवश्यकता ठानिएकाले त्यसकालागि आवश्यक पहल र पैरवी आवश्यक छ । त्यसकालागि सामुदायिक रेडियो सञ्चालक, अकोराव प्रदेश र संघले आवश्यक पहल कदमी अघि बढाउनु पर्ने छ ।
लेखक अकोराव नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *