किन रोज्ने बिबिए कार्यक्रम ?

सरोजराज पन्त
त्रिभुवन विश्वविद्यालयका आगिक सामुदायिक र .संस्थागत गरी २७ वटा क्याम्पसहरु रहेका छन् । यी क्याम्पसहरु मध्ये धवलागिरिको एक मात्र आगिक क्याम्पस धवलागिरि वहुमुखी क्याम्पस हो । बागलुङमाबि.स २०१९ सालमा स्थापना भएको यस क्याम्पसमा स्नातक र स्नाकोत्तर तहमा मानविकी, शिक्षा, व्यवस्थापन, बिबिए, विज्ञान संकायका विभिन्न विषयमा अध्ययन अध्यापन हुँदै आएको छ । यसैगरी स्नातकोत्तर तहमा समाजशास्त्र तथा मानवशास्त्र, पाठयक्रम शिक्षा, नेपाली शिक्षा, मानविकीमा नेपाली, व्यवस्थापन एमविएसको पठनपाठन भइ रहेको छ ।

यस क्याम्पसमा पठनपाठन हुने विषयहरुमध्येको एक उत्कृष्ट कार्यक्रम बिबिए हो । बि.स. २०७५ सालदेखि यस धवलागिरि बहुमुखी क्याम्पसमा बिबिए विषयमा अध्ययन अध्यापन हुँदै आएको छ । नेपालमा नयाँ विषयको पहिचान बोकेको बिबिएको पुरारुप ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन हो । यो सबैभन्दा धेरै खोजिने र रोजिनेमध्येको स्नातक पाठ्यक्रमहरू मध्यकोे एक महत्वपुर्ण विषय हो । यो व्यवसाय र व्यवस्थापनको क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूलाई व्यावसायिक आधारभूत कुराहरू र उनीहरूको व्यावहारिक अनुप्रयोगहरू उच्च प्रतिस्पर्धी व्यापार वातावरणको चुनौतीहरू लिनको लागि उपलब्ध गराउनको लागि डिजाइन गरिएको कोर्स हो ।

यो कार्यक्रमले अर्थशास्त्र, समाजशास्त्र, मनोविज्ञान, अपरेसन, मार्केटिङ, फाइनान्स, अनुसन्धान आदि जस्ता विषय क्षेत्रहरूमा विशेषज्ञता समावेश गर्दछ । बिबिए कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो रुचिको क्षेत्रमा ध्यान केन्द्रित गर्ने अवसर प्रदान गर्दछ । विश्वभर उद्योगहरू द्रुत गतिमा बढ्दै गएकाले, कडा प्रतिस्पर्धा र नवीनतम प्रवृत्तिहरूबाट आफुलाई अब्वल सावित गर्नका लागि बिबिए गर्न अति आवश्यक भएको छ ।

ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन एक व्यावसायिक पाठ्यक्रम हो । जसले विद्यार्थीहरूको बौद्धिक क्षमता, व्यवस्थापन, र नेतृत्व कौशल विकास गर्न मद्दत गर्दछ । उनीहरूलाई वास्तविक–विश्व व्यापार प्रशासन भूमिकाहरू, उद्यमशीलताका साथै चुनौतीहरू र आविष्कारहरूको सामना गर्न संगठनात्मक कार्यहरूको लागि तयार बन्न हरपल प्रेरित गर्दछ । यो चार वर्षमा कुल आठ सेमेस्टर सहितको पाठ्यक्रम हो । यसमा विद्यार्थीलाई व्यवसायका सबै पक्षहरू बारे सचेत गराउन सैद्धान्तिक र व्यावहारिक दृष्टिकोणहरू समावेश गरिएको छ । कोर्स पूरा भएपछि अवश्य पनि कसैले या त स्नातकोत्तर अध्ययन (एमबीए) को लागि बाटो रोज्न सक्छ वा छनोटका विभिन्न क्षेत्रहरूमा क्यारियर निर्माण गर्न छनोट गर्न सक्छ । वित्तीय व्यवस्थापन, मार्केटिङ, लेखा, व्यापार कानून, मानव संसाधन व्यवस्थापन, समाजशास्त्र, अर्थशास्त्र, व्यवस्थापन सूचना प्रणाली, संगठनात्मक व्यवहार ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशनमा केहि मुख्य विषयहरू हुन् ।

तालिम, केसस्टडी, औद्योगिक भ्रमण, अनुभव आदानप्रदान र इन्टर्नशिपको समायोजनबाट पाठ्यक्रममा निरन्तर सुधार भईरहेका कारण हाल नेपालमा बिबिए कार्यक्रम सबैभन्दा लोकप्रिय डिग्री बनेको छ । बिबिएको डिग्रीले विद्यार्थीको भविष्यमा नेपाल वा विदेशमा धेरै सम्भावनाहरू खोल्छ । बैंकिङ, रियल स्टेट म्यानेजमेन्ट, बिजनेस कन्सल्टेन्सी, मार्केटिङ, फाइनान्स म्यानेजमेन्ट, प्रोजेक्ट, आईटी फर्म, सरकारी कार्यालय आदि जस्ता बिभिन्न क्षेत्रहरूमा स्नातकोत्तरका लागि धेरै बिबिए रोजगारीका अवसरहरू उपलब्ध छन् । नेपालमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशनको दायरा अनन्त छ । नेपालमा, अधिकांश बिबिए स्नातकहरू प्रसिद्ध बैंकहरू, कर्पोरेट हाउसहरू र राष्ट्रिय र अन्तर्राष्ट्रिय परियोजनाहरूमा उच्च पारिश्रमिकमा काम गर्छन् । यी सबै बाहेक, बिबिए स्नातकहरूका लागि अर्को उत्कृष्ट विकल्प भनेको आफ्नै स्वव्यवसाय सुरु गर्नु हो । आफुस्वरोजगार भई अरुलाई रोजगार दिनु हो । नेपालमा धेरै बिबिए स्नातकहरू छन् जसले आफ्नो उद्यममा राम्रोसँग सफल भएका छन् । किनकि यस कार्यक्रमले विद्यार्थीलाई जीवन जीउने सबै आवश्यक सीपहरू सहित व्यवसाय सञ्चालनको समग्र ज्ञानले सुसज्जित बनाएको छ ।

नेपालमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशनमा भर्नाको योग्यता मापदण्ड लागि योग्य हुनको लागि कुनै उम्मेदवारले कम्तिमा दोस्रो डिभिजन वा १.८सीजीपीए सहित मान्यता प्राप्त शैक्षिक संस्थानबाट कक्षा १२ वा सो बराबरको परिक्षा उत्तीर्ण गरेको हुनुपर्दछ । आवेदकहरूले भर्नाकालागि आवेदन सहित तोकिएको प्रवेश परीक्षामा उपस्थित भै उत्तीर्ण हुनुपर्दछ । त्रि.वि अन्तर्गतका जुनसुकै परिक्षाकेन्द्रबाट प्रवेश परीक्षा उत्तीर्ण गरेतापनि यो विषय अध्यापन हुने क्याम्पसमा अध्ययन गर्न सकिन्छ ।

नेपालमा बिबिएको शुल्क संरचना संस्था र विश्वविद्यालयको आबद्धता अनुसार फरक छ । औसत लागत तीन लाख पचास हजार वा सोभन्दा माथि शुल्क लाग्दछ । शुल्कमा मासिक ट्युसन, आन्तरिक परीक्षा, शैक्षिक सुविधा, पुस्तकालय, कम्प्युटर ल्याब र यस्तै अन्य शुल्कहरू समावेश हुन्छन । विश्वविद्यालय दर्ता, परीक्षा आदिका लागि अतिरिक्त भुक्तानी गर्नुपर्ने हुन्छ । यस विषय अध्ययन गर्दा छ आकर्षक छात्रवृत्तिको व्यवस्था समेत रहेको छ । प्रवेश परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने छात्रछात्रालाई शत प्रतिशत छात्रवृत्तिको व्यवस्था रहेको छ । सरकारी बिद्यालयबाट एसइई र कक्षा १२ वा सो बराबरको परिक्षा उत्तीर्ण गरेकामध्ये प्रवेश परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने तीन जना छात्रछात्रालाई छात्रवृत्तिको व्यवस्था रहेको छ । यसैगरी हरेक सेमेष्टरमा लिइने अन्तिम परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने छात्रछात्रालाई पचास प्रतिशत छात्रवृत्तिको व्यवस्था रहेको छ ।

यदि तपाई नेपालमा उत्कृष्ट बिबिए कलेजहरू खोज्दै हुनुहुन्छ भने धवलागिरि बहुमुखी क्याम्पस बागलुङ उत्कृष्ट गन्तव्य बन्नेछ । पूर्वाधार र शैक्षिक पाठ्यक्रम भएको अग्रणी संस्थाहरू मध्ये एक हो । ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशनमा हरेक सेमेष्टरमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । त्रिविको स्थापित आङ्खिक क्याम्पसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री, क्यारियर विकासको लागि उत्कृष्ट सम्पत्ति र आजको विश्वव्यापी पुस्ताको लागि अन्तर्राष्ट्रिय एक्सपोजर प्राप्त गर्ने ठूलो अवसर दिदै आएको छ ।

ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन विद्यार्थीहरूलाई व्यापार र व्यावहारिक एक्सपोजरमा गहिरो ज्ञान, सीप सहित व्यवहारिक क्षमता प्रदान गर्न डिजाइन गरिएको हो । तिनीहरूले उच्चस्तरीय स्रोत सहितको इन्टर्नशिप कार्यक्रमहरूसँग परम्परागत कक्षाकोठा सिकाइ भन्दा माथि उठेर उत्कृष्ट सीप संयोजन गर्दछ । आफ्ना विद्यार्थीको सामाजिक अन्तरक्रिया र सक्रिय सहभागितालाई विभिन्न कार्यक्रमहरू, अभियानहरू र अतिरिक्त–पाठ्यक्रम गतिविधिहरू आयोजना गरेर प्रोत्साहित गर्दै आएको छ । विद्यार्थीहरूलाई कुशल पेशेवरहरूमा रूपान्तरण गर्न मद्दत गर्दछ । ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशनमा नियमित प्रशिक्षण सत्रहरू, कार्यशालाहरू, अध्ययन अनुसन्धान, विद्यार्थी क्लब गतिविधिहरू, अनुभव साझेदारी कार्यक्रमहरू, परियोजना कार्यहरू, औद्योगिक एक्सपोजर र कक्षाकोठा सिकाइका साथसाथै धेरै सह तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिन्छन् जसले सिक्नलाई अझ आर्कषक, रमाइलो र उत्पादकमुलक बनाउने गरेको छ ।

यस विषयमा अध्ययन गरेका विद्यार्थीहरुले उत्पादन पेशा, व्यवसाय, पूर्वाधारको प्रत्यक्ष रुपमा अध्ययन अवलोकन गर्ने, अध्ययन अनुसन्धान कार्यमा अगाडि बढाइ रहेका छन । क्याम्पस लगायत सबै तह र क्षेत्रका मानिस, सघसस्था, स्थानीय सरकारको सरसहयोगमा नतिजामुखी, व्यवहारिक शिक्षा दिने कार्य यस संकायले गरेको छ । मेहनती संयोजक, शिक्षणमा निरन्तर संंलग्न प्राध्यापकहरु, परिश्रमी, जुजारु र मेहनती विद्यार्थीहरु, आवश्यक स्रोत साधन उपलव्ध गरिदिने क्याम्पस प्रशासक, प्राध्यापक, कर्मचारी, स्ववियू लगायतका सवृद्द सम्पूर्ण संघसस्था, उद्योगपति, व्यापारी, शुभ चिन्तक सबैको अजस्र प्रयास मेहनत र सहयोगले यी काम सम्भव भएका छन । विभिन्न सम्भावनाहरु खोजीगरी असम्भवलाई सम्भव, वेरोजगारलाई रोजगार, अज्ञानतामा ज्ञानका भण्डार र सीपको दायरलाई फराकिलो बनाउने यस विषयका विद्यार्थीहरुलाई किताबी ज्ञान र कक्षाकोठामा सिमित नराखी आधुनिक पद्दतिबाट शिक्षण गरी देशमै उत्कृष्ट नतिजा हासिल गर्ने काम यस संकायले गरेको छ ।

आगामी दिनमा त्रिवि, यस क्याम्पस लगायत सबै तह र क्षेत्र, संघसस्था, स्थानीय सरकार आदिको सरसहयोगमा अझै परिस्कृत, अर्थपूर्ण, नतिजामुखी, व्यवहारिक शिक्षा दिन सकिने छ ।धौलागिरीको एक मात्र आंगिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पसले बिबिए पाँचौ सेमिस्टरमा शत प्रतिशत नतिजा हासिल गर्न सफल भएको छ । त्रिभुवन विश्वविद्यालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार धौलागिरि बहुमुखी क्याम्पसले शत प्रतिश नतिजा हासिल गरेको हो । २०७५ सालबाट बिबिए अध्यापन गराउन थालेको धौलागिरि बहुमुखी क्याम्पसले सबै सेमेस्टिरको परीक्षामा करिब ८० प्रतिशत मािथ नतिजा ल्याउन सफल भएको छ । यस पटक उत्कृष्ट अंक सहित नेपालको पहिलो क्याम्पस बनेको छ र पटक पटक प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन । बिगतदेखि गण्डकी प्रदेश र समग्र देशभर उत्कृष्ट अंक हासिल गर्न सफल रहेको छ ।

त्रिभुवन विश्वविद्यालयको देशभरको आकँडा विश्लेषण गर्दा पाँचौ सेमेष्टरमा गण्डकी प्रदेश स्थित त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसमा शतप्रतिश पास हुनेमा धौलागिरि क्याम्पस मात्रै हो । २०७५ सालबाट बिबिए अध्यापन गराउन थालेको यस क्याम्पसले सबै समेष्टरको परीक्षामा ८० प्रतिशत माथि नतिजा ल्याउदै आएको छ ।

धौलागिरि क्याम्पसको अरु संकायको नतिजाको तुलनामा बिबिएको नतिजा उत्कृष्ट रहनुले यो विषयमा विद्यार्थीको आर्कषण बढेको छ । त्यसैले बिबिएका सबै सेमेष्टरमा विद्यार्थीहरुको सफलता र नतिजाले विद्यार्थीहरुमा पठन संस्कृति बढाउन ठूलो उर्जा र प्रेरणाको रुपमा अवश्य काम गर्नेछ । अब अरु संकाय सुधार्न पनि बिबिएको सफलताले सहयोग र दबाब दुवै हुनेछ । पछिल्लो समय १२ पास गरे पछि आएलटिएस गरेर विदेशिने लहडको अन्त्यगरी स्वदेशमा पढेर केही गर्न सकिन्छ भन्ने सन्देश दिन ध.ब.क्याको बिबिए कार्यक्रम पूर्ण सफल रहेको छ । जसले कक्षा १२ पछिको अध्ययनको निरन्तरतामा होइन, विदेश जाने र पैसा कमाउने तर्फ चौतर्फी ध्यान केन्द्रित गर्ने गरेको पाइन्छ ।

हाम्रो समाज र अभिभावकले समेत पढेरकाम छैन बिदेश जाऊ कमाऊ र रमाऊ भनी प्रत्यक्ष अप्रत्यक्ष बढावा दिइरहेको समयमा आफनै समाजमा रहेको क्याम्पसको माथिल्लो कक्षा र संकायहरुमा पढन पाठन हुनु खुसीको विषय हो । यस परिस्थितिमा विद्यार्थी नयाँ विषय पढन पाउने र उत्कृष्ट नतिजा हासिल गर्न उत्प्रेरित गरी अध्ययन अध्यापनको वातावरण धौलागिरि बहुमुखी क्याम्पसले बनाएको छ । यस पवित्र शैक्षिक स्थलबाट दक्ष जनशक्ति तयार गर्ने गन्तव्य र केन्द्र बनाउन अध्ययनरत बिबिएका विद्यार्थीले निकालेको नतिजा त्रिवि र ध.ब.क्याको लागि उदाहरणीय कार्य बनेको छ । त्यसैले हालसालै कक्षा १२ मा उत्तीर्ण छात्रछात्राले यस उपलब्धिलाई पछाउन सकेमा भविश्य निर्माणमा सहज हुने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *