मानवीय सामाजिक गतिविधि

शुभेक्षा पन्त
प्रकृतिको विभिन्न सिर्जना मध्ये मानव जीवन सर्वोत्कृष्ट नमुना हो । मानव भएर यस धर्तीमा पाइला टेकिसकेपछि विभिन्न अवस्थाहरु परा गर्नु पर्दछ । सृष्टिको सुन्दर विहानीदेखि अहिलेसम्म विश्वका अनेकौँ राज्यले धेरै परिवर्तन गरेका छन् । मानव सभ्यताको विकास क्रममा अशान्ति र हिंसाले तहसनहस पा¥यो । विभिन्न राज्यमा कब्जा भयो र उनीहरु अरुको अधिनमा रहन प¥यो । विभिन्न निहुँ जस्तैः काला र गोरा, धनी र गरिब अनेकौँ कुरामा द्धन्द्ध हुन थाल्यो । स्वतन्त्रताका लागि अनेकौँ विकल्प सोचियो, अनेकौँ संघर्ष गरियो अनिमात्र विश्व यहाँसम्म आएको हो ।

यो विश्व ब्राहमणमा सृष्टिको संरचना अनुसार कयौँ महान् व्यक्ति जो आफ्नो लागि भन्दा बढि देशको लागि सोच्थे, उनहिरुको जन्म भयो जस्तैः गौतम बुद्ध, महात्मा गान्धी, महावीर पुन, मदर टेरेसा आदि हुन् । उनीहरु कै महान् सोच, विचारले गर्दा विश्व यहाँसम्म आएको हो । उनीहरुले आफु नखाई नखाई, नलगाई नलगाई देश र जनताका लागि सधै अगाडी बढे । सरल जीवन, उच्च सोच राखेर अगाडी बढे ।

मानिसले सकारात्मक सोच ग¥यौँ भने मात्र अगाडी बढ्न सकिन्छ । सकारात्मक सोच, उच्च विचारले नै राज्य परिवर्तन हुन्छ । विश्व परिवर्तन र सफलताका लागि मानिसको संघर्षसँगै सकारात्मक सोचको आवश्यक पर्छ । परिवर्तनका लागि हाम्रा पुर्खाहरुले स्वतन्त्रताको लडाई, हिंसा विरुद्धको लडाई गरेर सफलता पनि पाए तर त्यो केवल सकारात्मक सोच र उच्च विचारले मात्र सम्भव भएको हो । मानव भएर यस धर्तीमा जन्म लिई सकेपछि मेरो पनि यस धर्तीप्रति अवश्य नै केही दायित्वहरु छन् र ती दायित्वहरुलाई सफलता पूर्वक निर्वाह नगरेसम्म म यस धर्तीमा जन्म लिएको कुनै सार्थक छैन् भन्ने सोच गरेर आफ्नो लागि भन्दापनि देश विकासका लागि यो अनुपम समय खर्चनु पर्छ । अरुको देखासिखी गरेर भन्दापनि उच्च विचारका साथ प्रत्यक्ष एंव अप्रत्यक्ष रुपमा भएपनि देश परिवर्तनमा सहयोग पु¥याउनु पर्छ ।

आजका मानिस दिन र रात भरि व्यस्त छन, धन प्राप्त गर्न र भौतिकवादी लाभ जम्मा गर्नको लागि उनिहरुले मानवताका आधारभूत विचारहरू पनि बिर्सेका छन । के हामीले कहिल्यै विचार गरेका अहिले किन पहिलाका जस्तो, न्युटन, ग्यालिलियो, आर्किमिडीज वा आइन्स्टाइन जस्ता व्यक्ति किन छैनन भनेर, कारण यो हो, यी महान व्यक्तिहरू उनीहरूको जीवनको अवस्थामा कम ध्यान दिन्थे, र उनीह?ले उनीहरूको मन प्रकृतिको रहस्यहरू सुल्झाउन प्रयोग गर्थे । साधारण जीवन बिताउने मानिसहरू, सँधै निडर हुन्छन् ।

गान्धीजी जसले भारतलाई स्वतन्त्रताका लागि डो¥याएका थिए उनीले केवल कम्मरको लुगा लगाए, साधारण खाना खाए र जीवनका न्यूनतम आवश्यकताहरू पूरा गरे । तैपनि उनका विचारहरू गहिरा थिए । उनको विचारहरु राम्रोसँग परिभाषित थिए । सन्तहरूले हामीलाई स्पष्ट रूपमा देखाइदिएका छन् कि सत्य र एकाग्रताको मार्ग उच्च मूल्यका हुन्छन् । स्वामी विवेकानंद, स्वामी दयानन्द सरस्वती रमण महर्षिले साधारण जीवन बिताए तर उनीहरू महानताबाट परिचित छन् । बन्दुकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ ।

मानिसको सकारात्मक सोचले नै मानव जीवनमा धेरै उपलब्धि हासिल गर्न सकिन्छ । सकारात्मक सोचकर्ता हेनरी मैत्से भन्छन– “उसको लागि फुल सधैँ अगाडि हाजिर हुन्छ, जो फुल देख्न चाहन्छ । तर चाहना फुल देख्ने नै हुनुपर्छ ।” जोसँग सकारात्मक सोच छ । ऊ नै सफलताको शिखर चुम्दछ । जोसँग सकारात्मक सोच छैन, ऊ भाग्यलाई दोष दिएर टाउकोमा हात लाएर नै, उसले जीवन विताउनु पनेृ हुन्छ । एउटै विद्यालयमा एउटै कक्षामा पढेका सकारात्मक सोच भएका विद्यार्थीहरू भविष्यमा नेतृत्वको चुलीमा पुग्छन तर नकारात्मक सोच भएका विघार्थी परिवारको भार बनेका उदाहरण हामीले देखेका नै छौँ । पूर्वजन्म र पुनर्जन्ममा समेत विश्वास राख्ने गीतामा कृष्णले अर्जुनलाई भन्छन– “प्राण त्याग गर्ने बेलामा जे सोचिन्छ अर्को जन्ममा सोही भएर जन्मिन्छ । त्यसैले सकारात्मक सोच ।” नेपाली समाजमा हिजोआज सञ्चार माध्यममा होस् वा अन्य क्षेत्रमा होस् जतासुकै सकारात्मक भन्दा नकारात्मक कुरा देख्न र सुन्न पाइन्छ । सबैतिर केवल नकारात्मक कुराकै चर्चा बढी हुने गरेको छ । त्यसैले नकारात्मक कुरालाई हटाउन वा संसारलाई बदल्नु छ भने सुरुवात आफैँबाट गर्नुपर्छ । अर्काको देखासिकी र लहैलहैमा लाग्नु पर्दछ । हामीमा पछिल्लो समय सबै काम अरुले नै गरिदिए हुन्थ्यो भन्ने सोच हुन्छ । जुन सरासर गलत छ अरुले यो गरेन त्यो गरेन भन्नु भन्दा मैले चाहिँ के गरेँ, भन्ने कुरा सम्झनु पर्नेमा यो हुन सकेको छैन ।

साधा जीवन उच्च सोच भनेको भावना होइन, बिचार र दृष्टिकोण हो । जुन साधारण जीवन बिताउने र उच्च सोचबाट समाज र देशलाई माथि उठाउने कामका लागि महत्वपुर्ण हुन्छ । यदि हामी सबैले यस्तो जीवन बिताउने हो भने संसार अझ राम्रो बन्न सक्दछ । गान्धी सोच र चिन्तनबाट अगाडि बढन र चिन्ताबाट टाढा रहन सकेमात्र जीवनलाई सार्थक, प्रभावकारी अनि अर्थपुर्ण बनाउन सकिन्छ । हामी अत्यन्त सरल जीवन बिताएर गान्धी जस्तो बन्न सकेमा मात्र स्वतन्त्र जीवन जीउन सकिन्छ । अर्नि आफु भला त जगत भला’ भन्ने भनाइ आत्मसाथ गरी लक्ष्यमा पुग्न सकिन्छ । यसको लागि अहिंसाको बाटो अनुसरण गरी सदमार्गमा लाग्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *