कृषिता अधिकारी ( निशा)
दुई अक्षरको माया भन्ने शब्द कति प्यारो हुन्छ । कति मायालु हुन्छ । माया न हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ । केवल मात्र मनले महशुष गर्न सकिन्छ । यो संसारमा मानिसलाई जीउन सिकाउने खुसी हुन र दुखी हुन सिकाउने पनि माया नै हो । भनिन्छ, नि मायाले नै संसार अडिएको छ जहाँ मायाको आभाषले हामी मानिसको संसार मगमगाई रहेको सुखमय बनिरहेको छ । माया नभएको भए सायद यो संसार फिक्का हुन्थ्यो होला, मानिस मानिसमा एकता प्रेम साथ सहयोग हुँदैनथ्यो होला ।
मलाई लाग्छ माया जिवन जिउने आधार हो, जिन्दगी बिताउने चौतारी हो र माया सांसारिक भुलभुलैया पनि हो । चाहे जतिसुकै जति मायाको परिभाषा गरौँ माया शब्द त्यत्ति नै अनमोल छ मूल्यवान छ । यदि हामीले बुझ्न् जाने मायाले नै हाम्रो जीवन परिवर्तन गरिरहेको हुन्छ । आफ्नो घरपरिवार प्रतिको माया, साथीभाईसंगको माया प्रेमिसंगको माया र श्रीमान् श्रीमतीसंगको माया त्यत्ति नै महत्त्व हुन्छ ।
अर्कोतिर मानिसहरूले भने जस्तै माया निःस्वार्थ छ भनौ भने मायामा स्वार्थ पनि हुन्छ, जहाँ समय बिताउने माध्यम जहाँ धन पैसाको माध्यम बनाएर माया प्रेम जस्तो गहिरो चोखो निर्मल र स्वच्छ प्रेमको हत्या पनि गरिरहेका हुन्छन । हुन त यदि प्रेममा छलकपट, धोका भएन भने पनि मानिसले साचो प्रेमको अर्थ बुझ्दैन हुँदैन र यहि मायामा हजारौ मानिसले आफ्नो भबिष्य बर्बाद गरेका छन् ।
हामीले हाम्रो समाजमा यस्ता जोडिहरु पनि देखेका छौ प्रेमकै कारण हत्या हिंसा र आत्मदाह समेत गरेको । प्रेम त केवल महशुस गर्ने कुरा होनि जबरजस्ती माया गर वा गर्नै पर्छ भनेर बाध्यता पार्ने कुरा पनि त होइन ? हाम्रो समाजमा यस्ता कैयौं घटना घटेका छन् जहाँ एकहोरो प्रेमले हजारौं महिलाहरु एसिड आक्रमण तथा हत्या समेत भइरहेको छ । यहाँ प्रेमको बारेमा कुरा गर्दै गर्दा अस्ति भर्खर मात्र स्कुले विद्यार्थीले समेत आफ्ना हातखुट्टा घुमाउन परिरहेको अवस्था छ । जसले गर्दा सिंगो जीवन नै बर्बाद भएको छ तर सकारात्मक रुपमा पनि माया प्रेमले हजारौँले सुखद जिन्दगी जिएका पनि हुन्छन ।
मायामा असफलता पछि हजारौले नशाको साहारा लिन बाध्य पनि छन् । कोही मानसिक सन्तुलन गुमाएका पनि छन् । यो संसारमा मायालाई जसले जसरी परिभाषित गरेपनि, जस्तो उत्तर दिन खोजेपनि चोखो माया, मायामै परिणत हुन्छ । चाहे जतिसुकै समय परिवर्तन होस माया गर्ने मान्छे कोशौ टाढा नै किन नहोस यदि उस्ले साचो माया गरेको छ भने उसलाई गर्ने माया परिवर्तन हुँदैन ।
तर समयसंगै आफ्नो रङ फेर्ने मान्छेहरु पनि यहाँ हजारौं हुन्छन् जब आफुलाई आवश्यकता पर्दा माया गरेझैं गर्छन । आफ्नो आवश्यकता पूरा भएपछि नचिनेझै गरि हिड्छन् । एक अञ्जान व्यक्ति जसरी र भन्छन कि पृथ्वी गोलो छ पहिलाको जस्तो हुँदैन अब समय परिवर्तन भैइसक्यो होला समय परिवर्तन तर यदि मन देखि नै माया गरेका मायालु जोडिहरुले के आफ्नो प्रेम चटक्कै भूल्न सक्छ होला र कुनै दिन त्यहि मायालु प्यारो लाग्ने असाध्यै मन पर्ने जब समय परिस्थितिले अर्कैको हुन्छ तब त्यो माया चटक्कै बिर्सिने कस्तो खालको स्वार्थि समाज छ हाम्रो किन यसरी हाम्रो समाजमा हजारौं प्रेमिले भावना संग खेल्दै आइरहेका छन ?
हामीले हाम्रो समाजमा देखिरहेका हुन्छौं नि माया गर्छु बिहे गर्छु भनेर लिभिङ दुगेदरमा बसेर पछि अलपत्र बनाएर छाडेका हुन्छन के साच्चै माया प्रेम समय बिताउने माध्यम मात्र हो त ? कतिपय यस्ता सम्बन्धहरुपनि छन जहाँ प्रेमी अथवा प्रेमिकाले चाहे जति समय दिन नसकेर छुट्ने गर्दछ। सुरु सुरुमा दिन रात केहि नभनी बोल्ने गर्छन। अनि समय बित्दै जादा कहिले काही अरु बेला जस्तो समय दिन सकिएन भने मायामा संख्या गर्न थाल्छन। मायामा विस्वास निकै जरुरि हुन्छ होइन र !
वास्तवमा भन्ने हो भने कोहि मानिस यस्ता पनि हुन्छन आफ्नो प्रेम प्राप्तका लागी अरूलाई दुख दिन चाहदैनन् र बरू बिछोडिनु परेपनि र सधै तड्पिएर जिउनु परे पनि पिडालाई नै स्विकार गर्दछन । तर कोही मानिस भने आफ्नो प्रेम नपाएर आफुखुसी मर्न तयार हुन्छन भने त्यो चोखो प्रेम होईन र त्यो केवल स्वार्थपन र अकास्मात आएको निर्णय मात्र हो तर चोखो प्रेम गर्नेहरूले हरेक कुरा स्विकार गर्न सक्नुपर्दछ ।
माया त अन्तर हृदयमा निहित पवित्र शब्द हो नि न माया लाउछु भनेर नै लाइन्छ न माया गर्छु भनेर नै गरिन्छ माया बस आफै हुन्छ मनको गहिराइ बाट नै वास्तबमा चोखो माया नै त्यो हो जुन निस्वार्थ र हरेक दुःख र सुख पीडालाई स्विकारका लागी गरिएको हुन् । वास्तवमा भन्ने हो भने तेही नै हो चोखो माया हो जुन समय परिवर्तन भए पनि माया परिवर्तन हुदैन गित नै छ नि पूरानो हँुदैन माया जुनि जुनिलाई पनि ।
जसले आफ्नो जिन्दगीको तन मन धन सबैकुरा उसलाई नै सुम्पिन्छ र आफ्नो प्राण रहुन्जेल सम्म उसलाई नै पर्खेर आफ्नो जिन्दगीको सम्पूर्ण समय सक्छ नि हो उसैलाई भनिन्छ एक असल र चोखो माया गर्ने सच्चा प्रेमि केवल हाम्रो जिन्दगीको चोखो माया पबित्र जहाँ पबित्र मन हुन्छ त्यहाँ अबस्य चोखो प्रेम हुन्छ ।
साच्चै नै माया प्रेम नै जीवनको पूर्णता हो । तर माया को साथैसाथै घृणा पनि यो जगतको शृष्टिसँगसँगै आएको भावना वा स्वभाव पनि हो त्यो स्वभाव हामी सबैमा हुन्छ तर घृणा हामीले केवल असत्य र अन्यायलाई मात्रै गर्नुपर्दछ भने छैन माया प्रेम पनि विभिन्न प्रकारका उपमाहरुसँग जोडिएको छ जसमा संसार यो जगतलाई गर्ने माया, जीवनलाई गरिने माया, मानबलाई गरिने माया, नातागोतालाई गरिने माया, आमा बुबालाई गरिने माया, सन्तानलाई गरिने माया आदि फरक फरक हुन्छ तर माया भनेको भित्र मनदेखि गर्नुपर्दछ । दुईदिन मिठो वोलेर कसैको जीवनमाथि खेलवाड गर्नु भनेको एकदमै पाप हो किनकि आज कसैको जीवनमाथि मजाले खेलवाड गरेका तस मान्छे भोलि त्यहि पापले जल्नेछन पश्चतापमा तड्पिनेछन अवश्य । मलाई लाग्छ माया भनेको पाउनु मात्र माया होइन, गुमाउनु पनि माया हो ।
जसरी भगवान श्री कृष्णले हिन्दु धर्मका कथाहरूमा राधाको प्रेममा परेर १६ हजार १ सय ७ जनालाई बिहे गरे । तर, उनले चाहेको र माया गरेको राधालाई कहिलै आफ्नो बनाउन सकेनन् । भगवान शिवकै कुरा गर्ने हो भने शतिदेवीले पनि त शिवको लागि आफ्नो देह त्याग गरेकि थिइन नि होइन र ?
जसरि शतिदेविको पिताले शिवको बारेमा गरेको आलोचना सहन नसकेर अग्नि कुण्डमा हाम फालेर देह त्याग गरिन् । त्यसपछि भगवान शिव आफ्नी पत्नी शतिदेविको मृत शरीर बोकेर तीनवटै लोक बौलाएर हिँडेको कथा पनि सुनेकै हौ नि ।
तसर्थ माया दुई अक्षरले वनेको शब्द हो । जहाँ संसार अटेको हुन्छ । नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल मात्र महसुस् गर्न सकिन्छ । जब मानिसहरु महसुस् गर्ने शव्द खोज्न थाल्छन् । तब एकान्तमा आफै हराउछन् । मायामा मान्छेहरु पागल हुने गर्छन् भने कोहि मायामा बाचिरहेका हुन्छन् । भनिन्छ, जाने अमृत हो नजाने विष हो त्यसैले माया गर्नूपर्छ तर क्षणिक होइन समय विताउने माध्यम होइन माया त यस्तो होस न जहाँ युगौयुग बाचिरहोस समय परिवर्तन भए पनि माया परिवर्तन नहोस र माया गर्ने मायालु जोडिहरु नछुटिहुन यदि छुटिएर टाढा गए पनि माया नमरोस प्रगाढ होस अमर होस दुई अक्षरको माया …..