महिला हक

शुभेक्षा पन्त
महिला हक अधिकारका नियम पारित भाका छन् अझैपनि नारीले दुख पाका छन् । कलेजका रमाइलो साथीहरु, दिनहरु चालिरहेको थियो । सधै सङै बस्ने, खाने साथीसग हिजो खाली समयमा केही समय बगैचामा बसिरहेको थियउ । साथीलाई निरास देखे । अनि के भयो साथी भन्दा साथीले पहिला त भन्न नै चाहिनु भएन पछि त्यो पिडा सहन नसकेर कुरा खोल्दै जानू भयो… हिजो घरबाट फोन आएको थियो । आमाले भन्नू भएको बहिनी पर सरि रे । बिचरा भर्खर १२ वर्ष लाग्दै गरेकि मेरि बहिनी कसरी बस्छे होला त्यो छाउगोथमा !

समाजले भनेका नानाथरी कुरा कसरी बुझ्छे, सहन्छे होला । त्यो पल्लो घरकि काकी जो म पहिलो पतक १५ वर्षमा पर सर्दा त, बहिस आए छ । यति छिटो भन्ने काकी, मेरि बहिनिलाई के भन्दै होलिन । बहिनि पर सरेको थाहा पाएर आएकी माथिल्लो घरकि भाउजुले हिजो नै आमालाई ठुली छोरीको बिहे गर्नु पर्यो भन्दै आउनुभएको थियो रे ! म भर्खर १८ पुगेर १९ मा लाग्दै छु । यो समाजमा भएको बालविवाह, छाउपडि, बलात्कार, दाइजो जस्ता अनेकौं महिलाले दिन दिनै भोगेका अथवा मेरो घरमा नै भैरहेका समस्या देखेर नै कानुन पढेर केही गर्छु सोचेको तर विडम्बना आज मलाई बालविवाहको लागि प्रस्ताव आउदै छ ।

के हामी महिला सधैं यही समस्या झेलेर बस्नु पर्ने हो, के मलाई पनि मेरो दाजुलाई जसरी पढेर जागिर खाने रहर , हक छैन ? के यहि समाजले के भन्छ, राम्रो÷नराम्रो कस्तो सोच्ला यहि भनेर नै मभित्रको आवाज कति कुन्थित बनाउ म! यहीँ भन्दै गर्दा आखाभारी भयो । हो, आज २१ औ शताब्दीमा आउँदा पनि विभेदकारी समाजदारा नै हामी पछि परिरहेका छौ । हामी एकजुट हुनुपर्छ पक्कै पनि यो मेरो साथीको घरको मात्र समस्या होइन । कति नारी आज यहि पिडा सहन नसकेर आत्महत्याको बाटो रोजेका छन् ।

हामी महिला शिक्षामा सचेत हुनुपर्छ । यदि हामी एउटा घरमा बत्ती बाल्छौं भने सम्पूर्ण सडक उज्यालो हुन्छ । हामी यसलाई मदर टेरेसाले गरेका कार्यहरूबाट प्रमाणित गर्न सक्दछौ ं। उनी एक शिक्षित महिला थिइन त्यसैले उनी विश्वका हजारौं व्यक्तिको जीवन बचाउन सफल भइन । जबसम्म महिलालाई उचित शिक्षा दिइदैन, अवस्था जस्तो छ त्यस्तै रहनेछ ।

त्यसैले खुलेर आफ्नो समस्या समाधान गर्न सबै लागौं । महिलाहरुमा पनि आँट, शक्ति छ भनि आत्म बिश्वास बढाउन र म गर्न सक्छु भन्ने भावना आफैँबाट सुरु गर्नुपर्छ । पछि परेर होइन, अघि बढेर र डटेर लडन अत्यन्त जरुरी छ ।
पढीलेखी मेरि चेली धेरै काम गर्नु छ,
यो देशको मुहारलाई छितै फेर्नु पर्ने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *