सरोजराज पन्त
लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड सुशासन बिना कुनै पनि देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक विकासका लक्ष्यहरू हासिल गर्न सकिँदैन । नेपालको संविधानले प्रधान रुपमा राखेको आकांक्षाहरू दिगो शान्ति, विकास, समृद्धि र सुशासन हो । यी चार आकांक्षामध्ये दिगो शान्ति, विकास र समृद्धि हासिल गर्न सुशासन र सदाचार बिना सम्भव देखिदैन । सुशासन साधन र साध्य दुबै हो । बेलायत, जापान, भुटान, बेल्जियम जस्ता विकसित देशहरुमा राजारानीलाई साथमा लिएरै संघीयता चलाइरहेको देखिन्छ ।
संघीयता लागू भएपछि पनि कतिपय पूर्वकालमा भएको विकासलाई आत्मसात् गरिएको छ । हाम्रो मुलकमा पनि पाँच विकास क्षेत्रका विवादरहित नामलाई आत्मसात् गरी प्रदेश किन बनाइयो अहिले यो सबै परिवर्तन हुनु हाम्रो मानसिकताको दुर्बलता हो भन्दै पछुतो मानेका पनि छन । संघीयतामाथि विभिन्न टीकाटिप्पणी आइरहेको सन्दर्भमा हजारौँ वर्षदेखि नेपाल भनेर चिनिने मुलुकको जगेर्ना गर्नमा हामी सबैको ध्यान जान जरुरी छ । बेलायत, जापान जस्ता मुलुकले संघीयतामार्फत देशको विकास गरिरहेका छन् । सभ्यता, नैतिकता र अनुशासनको पाठ नसिकेसम्म संभीयता सार्थक बन्न सक्दैन । सुशासन भनेको सरकारको दृष्टिकोण हो, जुन राज्यमा न्याय र शान्ति स्थापित गर्न निर्माण भएको हुन्छ ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न नेपालको संविधान २०७२ जारी भएको हो । नेपालमा रहेको एकात्मक र केन्द्रीकृत शासन प्रणालीको अन्त्य गरी राज्यको मुल संरचनाका रूपमा संघ, प्रदेश र स्थानीय तह बिचको सम्वन्ध सहकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रही तिनवटै तहले नेपालको राज्यशक्तिको प्रयोग गर्ने व्यवस्था संघीयतामा रहेको छ ।
सुशासनले व्यक्तिको मानव अधिकार र स्वतन्त्रताको रक्षा गर्दछ । सदाचार भनेको असल चाल, चलन, र व्यवहारमा बस्नु हो । संयुक्त राष्ट्रका अनुसार सुशासनलाई सहभागिता, कानूनको शासन, पारदर्शिता, जवाफदेहीता, सहमति अभिमुखीकरण, समानता र समावेशीकरण, प्रभावकारिता र दक्षता, र उत्तरदायित्वका आठ कारकहरूले मापन गर्छन् । शासनको अवधारणालाई विभिन्न व्यक्तिहरूले धेरै तरिकाले बुझ्दछन । सुशासन आदर्श समाजको परिकल्पना हो, जसमा सर्वसाधारणको इच्छा र आकांक्षाको सही प्रतिनिधित्व हुन्छ । सुशासन अनुसार हरेक राष्ट्र विकास निर्माणको खाका कोरिन्छ र यसलाई सफलताका साथ कार्यान्वयन गरिन्छ । सबैभन्दा राम्रो शासन नै सुशासन हो । विकसित राष्ट्र, विकासशिल राष्ट्र, विकासोन्मुख राष्ट्र तथा अल्पविकसित राष्ट्रमा सुशासनको अर्थ फरक फरक हुन्छ ।
नेपालमा स्थानमानव साँस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक सबैको धरोहर हो । मानवले हिमाली भेगमा सेताम्मे परेका हिरा जस्तै टल्कने हिमालहरु, पहाडमा जडिबुटीको खानी र तराईमा सुन जस्तै धन फल्नेसम्म परेका वस्तीहरुको संरक्षण गर्न सक्दछ । यति हुदाँ–हुदै पनि मानव भित्रको व्यवहार एकरुपता नहुदा कहिले आर्थिक अवस्था, रोजगारीको न्यून अवसर, राजनीतिक अवस्था, अज्ञानता, आर्थिक विपन्नता, भेदभावपूर्ण सामाजिक संरचना आदिले गर्दा मानव जीवनमा कष्ट पु¥याएको छ ।
नेपालको सबैभन्दा ठूलो समस्या भनेको नेपाललाई विदेशीको खेलाउन बनेको छ । यसले गर्दा नेपाल र नेपालीको स्वतन्त्रता, अखण्डता, विकासमा गहिरो असर पारेको छ । नेपालको वर्तमान शासन प्रणाली र नेपालीले भोग्दै आएको राजनीतिक, सामाजिक, आर्थिक र मानवीय समस्याहरु हुनुले सुशासन र सदाचारमा कमि भएको छ । सामाजिक समावेशीकरण, गुणवत्ता व्यवस्थापन, पारदर्शिता, जवाफदेहीता, नवीनता, आर्थिक अवसरहरु, प्रशासनिक पूर्वाधार, सुशासन, सदाचार, शिक्षा आदि राष्ट्र निर्माणका आधारहरु हुन् । सुशासनको अवधारणा मानव सभ्यता जत्तिकै पुरानो छ । शासन भनेको निर्णय लिने प्रक्रिया हो । मुलुकमा सुशासन कायम गर्न विधिको शासन, भ्रष्टाचारमुक्त समाज, आर्थिक अनुशासन, दण्डहीनताको अन्त्य, मानव अधिकारप्रतिको सम्मान, जनउत्तरदायी सरकार, आदि आवश्यक कुराहरु हुन । यो बहुआयामिक मान्यता र प्रक्रिया हो । सुशासनमा सामाजिक न्याय, सार्वजनिक स्रोतको दिगो उपयोग र व्यवस्थापन गरिन्छ । सामाजिक मर्यादा र कानुन अनुकूलको चरित्र नै सदाचार हो । सदाचारको मापन देश, काल, परिस्थिति, समाज, धर्म, र सांस्कृतिक मूल्य मान्यतामा निर्भर हुन्छ । आफूलाई तोकिएको काम इमान्दारी र निष्ठावान साथ गर्नु नै सदाचार हो । सत्य कर्म, सत्य वचन, असल रहनसहन, स्वस्थ खानपान, सहनशीलता सदाचारका गुणहरु हुन ।
नेपाल विकासन्मुख अथवा विश्वका सबै भन्दा गरिब र कम विकसित देशहरु मध्ये एक हो । आजसम्म सृष्टिको सुन्दर सृजनामा हामी एक्काइसौँ शताब्दीको पाइला चालिरहका छौं । समयको अबिछिन्न प्रवाहमा प्रवाहित हुँदा विश्वमा नयाँ सभ्यता र सिर्जनाका धेरै विकास भैइसक्यो । मानवीय मूल्य र मान्यताको ह्रास भएको छ । नैतिकता र अनुशासनको उपहास भएको छ ।
विकासका सवाहक भनिएका युवावर्ग अहिले धेरै समस्यामा परेका छन् । देशको अवस्था, बेरोजगारी, हत्या हिंसा, नातावाद, कृपावाद, मौलिक संस्कृतिको तहसनहस, भ्रष्टाचार जस्ता समस्याका बारेमा जति नै कुरा गरेपनि समाधान अभफै हुन सकेको छेन । विशेष गरी विकासशील मुलुकहरूमा भ्रष्टाचार ठूलो समस्याका रूपमा फैलिएको छ । राजनीतिक व्यवस्थालाई अपारदर्शी र अलोकतान्त्रिक बनाएको छ । नेपालमा भ्रष्टाचारको पीडामा सर्वसाधारण नागरिकले दिनका दिन भोग्नु परेको छ र नेपाल विकासमा पछाडि पर्नुको प्रमुख कारण भष्टाचार र ढिलासुस्ती नै हो । भष्टाचार बढ्नुका विभिन्न कारणहरु मध्ये आर्थिक, राजनीतिक, सामाजिक तथा साँस्कृतिक, प्रशासनिक, लोभ र व्यक्तिगत स्वार्थ आदि मुख्य हुन् ।
नेपालमा कानुनमाको राम्रोसँग कार्यान्वयन हुन नसक्दा पनि भ्रष्टाचारीले उन्मुक्ती पाएको छ । नागरिक समाज, सञ्चार माध्यम, तीनै तहको सरकार, सामाजिक संघ संस्था तथा निकायको पहलमा मात्र नेपालमा भष्टाचार नियन्त्रण सम्भव छ । मुलुक भित्रै रोजगारको प्रत्याभूति नहुदा युवायुवतीहरु खाडी मुलुकहरुमा कामदारको रुपमा जान बाध्य छन । बजारमा उपभोक्ताको अधिकार दयनीय छ ।
भष्टाचारले गदा लोकतन्त्र धरापमा परेको छ । लोकतन्त्रमा सरकारले सञ्चार क्षेत्रको रक्षा गर्नु पर्छ । प्रत्येक व्यक्तिले प्राप्त गरेका यस प्रकारका नैसर्गिक अधिकार र स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी जति कुशलता र इमानदारीका साथ सरकारले निर्वाह गर्न सक्छ । लोकतन्त्र समग्र रूपमा एउटा यस्तो मानवीय सभ्यता पनि हो, जसको सामाजिक व्यवस्थाको जग मानवता, समानता, न्याय र स्वतन्त्रता जस्ता मानवतावादी मूल्य मान्यताले बनेको हुन्छ । जनताको निकटस्थ हुने गरी शासन, विकास गर्ने, बहुमतको शासन, अल्पमतको कदर, अधिकारमा आधारित शासन विकास, सामाजिक संवेदनशीलता सहितको जनउत्तरदायी राज्य प्रणालीको विकास गर्ने, अवसरको सिर्जना, न्यायोचित वितरण, समान पहुँचको व्यवस्था मिलाएमा मात्र लोकतान्त्रिक शासन व्यवस्थालाई सफल बनाउन सकिन्छ ।
देशको मुहार फेर्न ल्याएको संघीयतामा विकास सुस्त र कछुवा गतिमा भएको छ । जनताका समस्याहरु दिन प्रतिदिन बढिरहेका छन् । धेरै मानिसहरु घरवारविहीन भएका छन । बेरोजगारी समस्या बढदो छ । मानिसहरु रोग, भोक, शोकले मरिरहेका छन् । वितृष्णाको कारण आत्महत्या दर निकै बढिरहेको छ । मानिसहरुका सपनाहरु चकनाचुर भएकाले शहरदेखि गाउँसम्म मानसिक रोगी बन्ने क्रम तिव्र गतिमा बढेको छ । यसको अर्थ राष्ट्र निर्माणका लागि स्रोत र साधन मात्र भएर हुदैन, त्यसको लागि दुरदर्शी दिगो सरकार, लगनशीलता, निती नियमको पुर्ण कार्यान्वयन हुनु पर्दछ । त्यसैले राष्ट्र निर्माणको लागि एक साधन मात्र भएर हुदैँन्, सबै कुराको मिलाएर काम गर्नु पर्दछ । देश विकासको लागि तेरो र मेरो नभनि राष्ट्र निर्माणका लागि एकजुट भई लाग्नु पर्नेमा त्यो हुन सकेको छैन । केन्द्रदेखि स्थानीय सरकार जता हे¥यो उतै सरकार तर तालमेल नभएर काम हुदैन । यो कसरी जनताको सरकार हो यदि नागरिकका सास्तीले कति पनि पिरोल्दैन भने । जनताको नाम बेचेर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा मपाईतन्त्र, ठालुतन्त्र, आफन्ततन्त्र, छाडातन्त्र भित्राए पछि कसरी जनताकालागि शासन हुन्छ, जनअपेक्षा पुरा हुन्छन र गणतन्त्र सस्थागत हुन्छ ?
समाजको विकास निर्माणमा पनि लोकतन्त्रको अहम भूमिका रहन्छ । यूवालाई जोश, जाँगर विकासमा लगाएर लोकतन्त्रको संस्थागत विकास गर्न सकेमा विकासको नयाँ मुहार देख्न सकिन्थियो । लोकतन्त्र रूपान्तरणको बाधक होइन, माध्यम हो । लोकतन्त्रले मानिसको जीवनसँग जोडिने रूपान्तरणलाई सम्भव बनाउँछ । राजनीतिक अधिकारको उपभोगमार्फत आम मानिस शासन सञ्चालनको प्रक्रियामा सार्थक रूपमा सहभागि हुने वातावरण दिगो रूपान्तरणको आधार हो ।
सूचनामाथि हामी जति बढी अधिकार राख्दछौं त्यति मात्रामा हामी छिटो र सजिलै सत्यको नजिक पुग्न सक्दछौं । अन्यथा सूचनाको अभावले हामीलाई समस्याग्रस्त मात्र होइन उदासीन र कर्मशून्यसमेत बनाउँछ । राष्ट्रमा शान्त, सुशासन, समृद्ध नभएर विकृति र विसङगतिमा मौलाएको छ । त्यसकारण समाजबाट यस्ता गतिविधि हटाउन जरुरी छ ।