सुभेक्षा पन्त
जीवन दुःखपीडाको भवसागर हो । दुख, सुख, हासो, खुसीको जीवनमा कहिले खुसीका अनुहारहरु देखा पर्छ्न त कहिले दुखी । आफ्नो आफ्नो दुख त सबैलाई हुन्छ नै होइन र ? अधिकारबाट कुनै जातजाति, लिङग, समुदाय, अल्यसंख्याक, पिछडिएको वर्ग, जनजाति आदि भनेर अधिकारबाट वन्चित भएका छैनन् । मानिसलाई मानवीय मूल्य र प्रतिष्ठताका साथ जीवनयापन गर्न आवश्यक पर्ने अधिकार सबै मानिसमा हुन्छ । आधारभुत अत्याबस्यक मानव अधिकारहरूमा: जीवन जिउने अधिकार, आफ्नै निम्ति काम गर्न पाउनु पर्ने अधिकार (दास हुन नपर्ने), सम्पति माथिको अधिकार, बोल्ने स्वतन्त्रताको अधिकार, ज्यानको सुरक्षा, कुनै देशको नागरिक हुन पाउनु, मताधिकार, उचित शिक्षाको अधिकार, स्वतन्त्र विचार राख्न पाउने अधिकार, स्वतन्त्र रूपमा विचार व्यक्त गर्न पाउने, रोजगार गर्न पाउने, संयुक्त राष्ट्र सङ्घिय मानवअधिकार (सन् १९४८ ) अनुसारका सम्पुर्ण अधिकार इत्यादि हुन ।
मानिसले आफ्नो मात्र सोच्ने यो समयमा हामीहरुको व्यवहारले अर्को मानिसको शारीरिक र मानसिक असर पर्छ भनेर किन सोच्दैनौ । हो, कसैको पनि रहर होइन कि आफ्नो रुप, रङ, क्षमता नराम्रो होस् । तर हाम्रो बोलिले उनिहरुलाई असर गर्छ भन्ने हामीलाई थाहा हुँदा हुँदै उनिहरुलाई होच्याउने गर्छौ । के सबै मानिसको उती नै हक हुदैन र बाच्ने, रमाउने तर यहा त छालाको रङले, कसैको शारीरिक बनावटले त कसैको बोल्ने तरिकाले हामीले उनिहरुलाई हर्ने नजर नै फरक बनाएका छौ । त्यो बच्चा जो जन्मेर केहि समय ढिलो बोल्यो, ढिलो हिड्याे भन्ने त्यो अबुझ बालकलाई अरु त अरु उनिहरुको आमा बाबाले पनि यो त लाटाे छ, याे त लाटी छे जस्ता भनाइ सुनाउछौ तर कसरी हामीले भन्न सक्छौ कि कोहि बोलेन, हिडेन भन्ने अरुभन्दा कमजोर छ ।
के यो संसारले मानिसको शारीरिक बनोटमात्र हेर्न हो वा मानसिक तेज पनि हेर्छ । अहिलेको २१ औ शताब्दीको युगमा धेरै मानिसलाई सामाजिक सन्जालले पनि प्रभाव पारेको हो कि भन्ने देखिन्छ। सामाजिक सन्जालमा गरिएका विभिन्न ब्यालक मेल, कमेन्टले गर्दा पनि मानिसलाई मानसिक रुपमा असर पुर्याएको हुन्छ । एउटा साथी जो अरुभन्दा फरक क्षमताको छ तर उसको हाइट, ओयट मिलेको छैन त उसलाई हामीले बोलाउदा गरेको नाना थरी सम्बोधनले के उसलाई असर गर्दैन होला त ? सबै मानिस एकै थरी हुदैनन् र सबैले एकै किसिमले कुनैपनि कुरालाई लिदैनन् । त्यसैले, हामीले गरेका कुनै कार्यले अर्को व्यतीको जिवनमा असर पार्न पनि सक्छ ।
घरपरिवारमा एकअर्काले दिइएको यातना, मायामा धोका,परीक्षामा असफलता, कष्टदायक वैवाहिक जीवन, अवैध गर्भ,कमजोर आर्थिक अवस्थाले गर्दा पनि आत्महत्याको बाटो रोजिरहेको पाइन्छ । कुनै कारणबाट हुन पुगेको मानसिक वा भावनात्मक चोट आदिलाई यातना भनिन्छ । कुनैपनि व्यक्तिलाई कुटपिट गर्ने, शारीरिक चोट पु¥याउने, तेजाव वा यस्तै प्रकारका अन्य पदार्थ छर्किने वा सो पदार्थले पोली, डामी, जीउ वा शरीरमा पीडा गराउने, अनुहारलाई कुरुप बनाईदिई कुनै पनि व्यक्तिलाई यातना दिनुलाई शारीरिक यातना भनिन्छ । र हाम्रो समाजमा मानसिक यातना पनि बढिरहेको छ । मानसिक यातना भन्नाले शारीरिक यातनाको डर धाक देखाउने र धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलोज गर्ने, झुट्टा बात लगाउने, घरबाट निकाला गर्ने, आदि क्रियाकलाप गर्नु हो । वैचारिक, धार्मिक, साँस्कृतिक, प्रथा, परम्पराका आधारमा भेदभाव गर्नु रुप, रंग, शारीरिक बनावट तथा कुनै रोग लागेको आधारमा अपमानित गर्नु, मानसिक आत्महत्या गर्न दुरुत्साहन गर्नुलाई नै मानसिक यातना भनिन्छ ।
कुनैपनि महिलालाई दाइजो ल्याउन माग गर्ने, दाइजो ल्याउन दबाव दिने अथवा उसलाई दाइजो नल्याएको कारणबाट नीज महिलालाई गरिने घृणा, हेला, तिरस्कार वा दाइजो नल्याएको भनि दिइने यातनालाई पनि आर्थिक यातना भनिन्छ । जसका कारणले पनि आत्महत्या बढी रहेको छ । अहिले कति मानिस आफ्नो शारीरिक बनाेटले गर्दा र अरुको सम्बोधनले गर्दा आत्महत्या गर्ने बाटोसम्म रोज्न पुगेका छन् । हो, आत्महत्या कुनैपनि कुराको विकल्प होइन र यसलाई हाम्रो बाध्यता बनाउनु पनि हाम्रो कमजोरी हो । आत्महत्याको बाटो रोज्नुभन्दा हिम्मतको बाटो रोजौ ।
आत्महत्या गर्यो रे! भनिन्छ तर किन आत्महत्या हुन्छ ? किन यस्तो बाटो रोज्नु पर्यो कसले बुझ्ने यो कुरा र यसलाई घटाउन के गर्न सकिन्छ भनेर चासो कसले गर्ने ? आफुलाइ जे कुराले असर पुर्याउछ अवश्य पनि त्यो कुराले अर्को मानिसलाई पनि तनाव बनाएको होला भन्ने कहिले सोच्ने हामी ? त्यो व्यक्ति जो दिनहुँ समस्याबाट गुन्जिरहेको छ, कसले बुझाउने उसलाई, कसले सम्झाउने ?
सफलता र असफलता बीचको दूरीले मानिसलाई आत्महत्याको बाटोमा पुर्याउछ । सबैभन्दा बढी झुन्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेहरू छन् । पछिल्लो दस वर्षमा ९ हजार ७ सय ९६ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन्। झण्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओ, ले जनाएको छ। प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन। एक जनाले आत्महत्या गर्दा अरू २५ जनाले आत्महत्याको प्रयास गरेको पाइन्छ। नेपालमा प्रत्येक महिना लगभग ३० जनाले आत्महत्या गर्छन् र यो विश्वमै सातौं उच्च दर हुन गएको छ। नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ ।
नेपालमा मनोसामाजिक अपाङ्गताको प्रमुख चुनौतिीको रूपमा पनि आत्महत्या विकरालरूपमा आएको छ ।मनोसामाजिक अपाङ्गता कुनै अपाङ्गता होइन, तर मानव आफैले, अर्को कुनै व्यतिले गरेको व्यवहारले, समाज र राज्यले खडा गरेको अवरोध हो । विशेषगरि मनोसामाजिक अपाङ्गताको जोखिम अन्य अपाङ्गता भएका व्यक्तिहरूमा धेरै मात्रमा हुने देखिन्छ ।त्यसैगरी, किशोर-किशोरी, युवा वर्ग, जेष्ठ नागरिकमा पनि यसले धेरै मात्रमा असर गरिरहेको छ । मनोसामाजिक अपाङ्गता हाम्रो देशमा गम्भीर समस्याको रूपमा अघि आएको छ । हामी जनमानसले यो बारेमा पनि ध्यानदिनु जरुरि देखिन्छ । मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो नागरिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू प्रयोग गर्नका लागि विभिन्न प्रकारका भेदभावहरूको सामना गर्नुपर्छ । यी अवरोधहरूले पनि मानव जीवनमा नकारात्मक असर पुर्याइ रहेको हुन्छ ।
बाहिरी मुलुकहरुमा आत्महत्यालाई पनि अपराध मानिन्छ। सदगुरुले “यो जीवन तपाईंले सृजना गर्नुभएको होइन, त्यसैले यसलाई समाप्त गर्ने तपाईंलाई कुनै अधिकार छैन” भन्नुहुन्छ । भारतमा नै पनि आत्महत्या गर्नु अपराधको रुपमा लिइन्छ । आत्महत्या गर्न खोजेर आत्महत्या भएन भन्ने पनि सजाय हुने व्यवस्था पनि कति देशमा रहेको छ । कसैलाई आत्महत्या गर्न बाध्य वा उत्प्रेरित गर्नु पनि अपराध हो। नेपालमा पनि मुलुकी अपराध संहिताको दफा १८५ कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भनिएको छ । र उपदफा (२) मा उपदफा १ बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना हुनेछ भनी व्यवस्था गरिएको छ ।
आत्महत्या गर्ने बाटोसम्म कुनै व्यतीलाई पुग्न कुनै न कुनै कुराले असर गरिरहेको हुन्छ । हामीले त्यस्तो असर पुर्याउने कार्य गरेको त छैनौ भन्ने कुराको ध्यान हामीमा हुनुपर्छ र आत्महत्यालाई सामान्य विसय बनाएर, सानो सानो विसयलाई लिएर आत्महत्या गर्नु पनि गलत नै हो । आत्महत्या विकल्प होइन ? कुनैपनि समस्यासङ लडेर आफ्नो पहिचान बनाउनु पर्छ ।
कतै हामीहरुको सानो गलतीले नै कसैलाई आत्महत्या गर्न वाध्य त बनाएको छैन ? यो समस्या अहिले मात्र होइन पुर्खादेखि नै आएको हो र यसको समाधानको बाटो छैन वा समाधानको बाटोतिर हामी लाग्दैनौ र के आत्महत्या मात्र कुनैपनि समस्याको समाधान हो त ?