बागलुङ जिल्लाका भ्रमण गरेका स्थान श्रृङखला (४)

याम बहादुर थापा मगर
बागलुङ जिल्ला भ्रमण गर्ने शिलशिलामा बाँकी रहेका स्थानहरुको वर्णन र व्याख्या गर्नका लागि छुट भएका बारेमा लेख्ने बानीको श्रङखलामा आफुलाई लेख्ने बानीको विकास गराइ रुचि जागेको छ । आगामी दिनमा थप रचनात्मक लेख, नियात्रा, आत्मास्मरण र टिपनटापनग लेख्नलाई अभिरुचि बढेको छ । यस आलेखमा थप रमाइला र जिवनमा धेरै भन्दा भन्दा धेरै ज्ञान हासिल गरेका सवाल र अनुभवलाई लेख्ने प्रयास गरेको छु । बागलुङ जिल्लाको बुर्तिवाङ बजारबाट नजिक भएको अर्नाकोट डाँडा जानको लागि समय जुरेको छैन । किनकी अर्नाकोटको डाँडाबाट मेरा मित्र शिक्षक तथा पत्रकार लोकेन्द्र निरासीले पटक पटक लेखेको फेसबुक स्टाटस पढने गरेको छु । निशीखोला, तमानखोला, बडीगाढ र ढोरपाटन नगरपालिका लगायत विकास निर्माण र विद्यालयका गतिविधिहरु बारेमा कहिले सकारात्मक त कहिले नकारात्मक र सुधारका लागि सुझाव दिएर टिका टिप्पणी गरेको पाउथे । तमानखोला गाउँपालिकाको हिजा गाँऊ, स्याउला गाँऊ, खोलेस्बाङ, ढोमाई थान, भयरबोगा, बोङखानी गाँऊमा पुग्दा नयाँ र नौलो अनुभुति हुन्थ्यो । स्याउला गाँउको बस्ती अति भिरालो भौगोलिक बनावटमा भएकोले बाह्रै महिना जोखिमको बसाइ बस्नु पर्ने बाध्यता रहेको जस्तो लाग्यो । खानेपानीको व्यवस्था, विद्यालयको स्थापना गर्न, विद्युत वितरणमा बहुत ग्राह्रो हुने देखिन्थ्यो ।

बागलुङ जिल्लाको जलजला गाउँका पुरै स्थलहरुमा जान बाँकी रहेको छ । रणसिङकिटेनी गाऊँको आँधा भागमात्र पुगेकोले अरु भागमा जान बाँकी नै रहेको छ । धेरै जसो मानिसहरुले आफनै जिल्लाको भुगोल बारेमा जानकारी लिन नसकेको भन्ने सार्वजनिक रुपमा सामाजिक स्थलहरुमा कमेन्ट गरेको कारण लेख्नका लागि दबाब र प्रभाव महसुस गरी प्रस्तुत भएको हो । बागलुङ नगरपालिकाको वडा नं. ९ तित्याङको ठुलढुगामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादीको इलाका नं. १ को अधिवेशन हुँदा पहिलो पटक गएको थिए । तित्याङ गाऊँका थुप्रै महानुभावहरुसँग चिरपरिचित हुने अवसर मिलेको थियो । मैले इलाका सचिवको जिम्मेवारी लिएर अधिवेशन समारोह समाप्त भएको थियो । त्यस भन्दा अगाडि आठमुरे तित्याङको गाऊँमा बाबासँग गुन्द्री बुन्ने धानको पराल लिनको लागि घरायसी नाता पर्नेको घरमा आएको थिए ।

बागलुङ बजारमा सानामा साथीहरुसँग चैते दशैमा रमिता हेर्न आउने समयमा बहुत रमाइलो हुन्थ्यो । साँझ अबेर रातारात घरमा हिडेर जाने काम हुन्थ्यो । घरमा पुग्दा रातको बाह्र एक बजेको हुन्थ्यो । बाटो भरी रातमा खुब मानिसहरु हिडी रहेको हुन्थे । कतै झै झगडा हुन्छ कि भनेर आफु भन्दा पाका उमेरका साथीहरुले राम्रो बन्दोवस्त गरेर आएका हुन्थे । बागलुङ बजारमा मैले वि.स.२०५२ सालमा एस.एल.सी. परिक्षा दिएको पर्सिपल्टबाट नै कम्प्युटर तालिम सिक्नका लागि घरबाट आउने जाने गरी हिमालयन कम्प्युटर इन्स्टियुटमा सिक्न आए । एस.एल.सी. परिक्षा पास पछि महेन्द्र बहुमुखी क्याम्पस ( हाल धवलागिरी बहुमुखी क्याम्पस ) बागलुङमा प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन भकुण्डे अर्वाउदी गाउँबाट नै दैनिक आवतजावत गरेर पुरा गरे । स्नातक तहको पढाइ सुरु गर्ने समयदेखि बागलुङ बजारमा बसेर बिहानको समयमा क्याम्पसमा अध्ययन गर्न थाले ।

अबको तपशिलका पदचापहरुमा मैले बागलुङ जिल्ला भित्रै जन्मघर, उच्चशिक्षा प्राप्त क्याम्पस, विद्यालय स्तरमा पढाइका बारेमा भ्रमण गर्दै घुम्दै हासिल गरेका ज्ञान र शिक्षा लगायत अनुभव हासिल गरेका बारेमा टिपन टापन लेखनका उपशिर्षकलाई समेटेर आलेख अगाडी बढेको छ ल है ।

उच्च शिक्षा हासिलको यात्रामा पुस्तक
विहानको समयमा क्याम्पसको अध्ययन हुने भएकोले दिउँसोको समय खाली हुन्थ्यो । दिनभर कोठामा अध्ययन गरेर बस्ने बानी बसेको थिएन । ऐच्छिक रुपमा पढाईलाई लगाउँदै छिटफुट रुपमा जानेर वा नजानेर सहभागी हुन थालेको थिए । मैले साना किसान सहकारी संस्था लिमिटेड भकुण्डेमा सानो नोकरी समेत सुरुवात गरेको थिए । गद्य कविता, फिचर,समाचारहरु लेख्नमा रुचि राख्दथे । गाउँघरमा भएका समाचारहरु जिल्लामा प्रकाशित हुने धौलाश्री साप्ताहिक,धौलागिरी स्टार साप्ताहिक, न्यु धौलागिरी दैनिक, बागलुङ साप्ताहिक,धौलागिरी दैनिक लगायतका पत्रपत्रिकाहरुमा कुनैमा समाचार, कुनैमा कविता, कुनैमा फिचर समाचार, कुनैमा लेख, निवन्ध, गितहरु फोटो सहित प्रकाशन हुँदा अझै थप लेख्न प्रेरणा मिल्थ्यो । पत्रिकाका प्रकाशक, सम्पादक र समाचारदाताहरुसँग चियागफ हुने, कार्यक्रममा सहभागी हुँदै गर्दा आम रुपमा परिचित हुन थाले । रुचि अनुसारका पाठयक्रम बाहेकका थप पुस्तकहरु किनेर अध्ययन गर्ने सार्मथ्य मसँग थिएन । युवामञ्च मासिक, गरिमा, मधुपर्क मासिक, नवयुवा मासिक, मुल्यांंकन मासिक,हिमाल खबरपत्रिका, नेपाल साप्ताहिक भरसक किनेर अध्ययन गर्ने र नभए विद्यामन्दिर पुस्तकालय तथा क्याम्पसको पुस्तकालयमा गएर अध्ययन गर्ने बानीका विकास गर्न थालेको थिए ।

समाजशास्त्र मानवशास्त्रको स्नातकोत्तरको परिक्षामा दाजु ज्ञान बहादुर थापासँगको पुस्तक मैले अध्ययनका लागि लिएपनि अग्रेजी भाषाका भएकाले ति पुस्तक पढन म अग्रेजी भाषामा कमजोर भएका कारण सकेको थिइन । ति पुस्तक मैले फिर्ता समेत दिइएको छैन । सायद ति पुस्तकहरु अहिले पनि मसँग सुरक्षित छन् ।

सौजन्यमा पुस्तक उपहार प्राप्त गर्ने संस्कृति
नियमित पठनपाठन बाहेकका बाह्रय पुस्तकहरु पढनको लागि मलाई सौजन्य स्वरुप मेरो ठुलो बाबाको छोरा वा दाजु टेक बहादुर थापा मगरले दिनु भएको थियो । नेपाली साहित्यका निवन्ध, कथा , कविता लगायतका थुप्रै किताब निशुल्क प्रदान गर्नुभएको थियो । टेक बहादुर थापा दाजुको बानी बजारमा आउने फेसनका कपडाहरु पनि तुरुन्तै किनेर लगाउने र किताबहरु समेत औधी मात्रामा किन्ने बानी भएको कुरा धेरै पछि मात्र थाहा पाए । तर आफुले थुप्रै सहपाठीलाई पुस्तक बाँडेर भाइचाराको सम्बन्ध राख्न सिपालु हुनुहुन्थ्यो । पुस्तक पसलबाट किनेर सबै पुस्तकहरु आफुले अध्ययन गर्नु भए होला जस्तो मलाई अहिले लागेको छैन । किनकी टेक बहादुर थापा दाजुले योग्यता क्रमलाई स्नातक तहसम्म बल्ल पास गर्नुभयो । स्नातोकत्तर तह हुदै उहाँको पारिवारीक अनुकुल परिवेश अनुसार स्थायी प्राथमिक तहको शिक्षकमा मात्र सिमित हुनु पर्ने अवस्था हो जस्तो मलाई लाग्दैन । मुना मदन पुस्तक दाजुले दिएको पटक पटक अध्ययन गरेको थिए । निबन्ध, यात्रा संस्समरण लगायतका पुस्तक कुनै अधोपान्त पढे भने कुनै आधा पेज मात्र पढेर बिचमा नै छोडेका छन् । ंअग्रेजी भाषामा कमजोर भएका कारण WISDOM नामक पत्रिका प्रशस्त मात्रामा उपलब्ध भएपनि अध्ययन गर्न पछाडी परेको थिए ।

पत्रकारबाट निशुल्क पुस्तक पाएको क्षण
मैले त्रिभुवन माध्यमिक विद्यालय बलेवा पैयुपाटामा कक्षा नौ बाट दश कक्षामा दोश्रो स्थान हासिल गरेपछि पुरस्कार स्वरुप डापी उपन्यास किताब पाएको थिए । सो पुस्तक पढदै जादा शिलशिलाबद्ध अध्ययन गर्दा त्यति रस र मज्जा लागेन । तिन चार पटक अध्ययन गरेर बिच बिचमा छोडदै अध्ययन गरे । पुरा शुरु देखि अन्त्यसम्म अहिले समेत पढेको छैन । डापी उपन्यासको खास नाम पिडा भएको कुरा लेखकको अन्तर्वाताबाट जानकारी लिएको थिए । विद्यालयमा पुुरस्कार स्वरुप सामान्य ज्ञान, लोक सेवा आयोगका किताब लगायत विभिन्न पुस्तकहरु दिने प्रचलन पछि क्याम्पस पढने र प्रतिस्पर्धाको जाँच दिने समयमा बल्ल कति धेरै दिर्घकालीन सोच तथा प्रतिफलमुखी कामकाज रहेछ भन्ने अहिले अनुभुति हुन्छ । हरेक विद्यालयहरु पुस्तकलाई पुरस्कार स्वरुप विभिन्न खाले कार्यक्रमहरुमा विजेतालाई पुरस्कार दिने चलन चलाएमा पठन संस्कृतिलाई समेत टेवा पुग्ने हुन्छ ।

त्यस्तै गरी मैले विभिन्न पत्रपत्रिकाहरुमा लेख रचनाहरु लेख्दै गर्दा मलाई बागलुङ साप्ताहिकका सम्पादक बद्री प्रसाद शर्माले पारिजातका संकलित रचनाहरुको सम्र्पुण सेट सहित थप दुई तिन वटा पुस्तक उहाँको साप्ताहिक पत्रिकाको कार्यालयमा भेटघाटको लागि गएको समय उपलब्ध गराउनु भएको थियो । ल अब यामजीले यि पुस्तकहरु अध्ययन गरेर विश्लेषणात्मक लेखहरु लेख्नुपर्दछ भनी उत्प्रेरणामुलक तरिकाले भन्नु भएको थियो । तर बास्तविकतामा उहाँ र मेरो राजनैतिक विचार र दृष्टिकोण फरक फरक थियो । त्यस्तो माया र सदभावका साथ मैले लेख प्रकाशन गर्ने थुप्रै अरु पत्रपत्रिकाहरुका सम्पादक, प्रकाशकहरुले अध्ययन गर्नका लागि भनी पुस्तक प्रदान गर्नु भएन । पुस्तक संकलन गर्ने क्रममा मैले पछिल्लो समयमा राजनीतिक शास्त्र, साहित्य लगायतका पत्रकारिताका पुस्तकहरु संकलन गर्न थालेको थिए । लोक सेवा आयोग अन्तर्गतका खरिदार, नायव सुब्बा, शाखा अधिकृतका पुस्तकहरु खरिद गर्ने बानीको विकास वि.स. २०६४ साल पछि शुरु गरेको हो । समाचार पत्र दैनिक,साप्ताहिकमा लेखे वापत पारिश्रमिक स्वरुप रोयल्टी पाउँछन भन्ने अलि ढिलो जानकारी भयो । तर मैले लेख लेखे वापत रोयल्टी रकम हालसम्म समेत हात नपरेको अवस्था छ ।

मसँगको पुस्तक लगेर फिर्ता नदिने साथी
मैले बहुत संघर्ष गरेर अध्ययनका लागि किनेका पुस्तकहरु घरमा थुप्रिन थालेको थियो । आफुले लेखेका लेख रचनाहरु प्रकाशित भएका अकंको पत्रपत्रिकाहरु फाइल खडा गरेको थिए । खासै धेरै पुस्तकहरु त थिएन तर घरमा फुर्सद हुदा पढने पुस्तकहरुको दराजमा मेरा छिमेकी साथी बसन्त थापा मगरको आँखा परयो । उहाँ कोठामा रुमलिएर दराजमा भएका पुस्तकहरु आफनो रुचि अनुसारको झिकेर आफुले घरमा लगी पढेर फिर्ता गर्ने शर्तमा सात आठ वटा किताबहरु हात भरी लिएर बाहिर निस्कनु भयो । ति पुस्तकहरु कुनै कुनै त मैले पुरा पाना अध्ययन समेत गरेको थिइन । मैले डायरीका पानाहरु किताबको नाम र लेखकको नाम लेखी पुस्तक बहुत गह्रुगो मन गरेर दिए । नियमित भेटघाट नहुने भएकोले पुस्तक फिर्ता दिनु होला भन्थे तर अष्पष्ट जवाफ मन भित्र भित्रै दिदै पुस्तक फिर्ता गर्दैनथे । एकदुई पटक फोन गरेर समेत अनुरोध गरे । राजनीतिक पार्टीका नेता समेत भएकोले उत्तरदायित्व बहन गर्नुहुन्छ कि भन्ने मनमा लागेको थियो तर आजका मितिसम्म गह्रुगो गरेर दिएका पुस्तक अध्ययन गरेर फिर्ता ल्याउन सकेको छैन । जुन मेरो जिवनमा किताब प्रतिको लगाव गराउने काममा तुषारापात भएको थियो । त्यस घटना बाहेक क्याम्पस पढदाको समयमा नोट बुक लगेर साथीहरुले लगेर पनि भनेको समयमा फिर्ता गर्दैनथे । छिमेकी उदित कुमार थापाले थुप्रै विषयका पुस्तकहरु किन्ने र अध्ययन गर्ने बानी उहाँबाट सिक्नु पर्ने जस्तै थियो । तर उहाँले किन्न सिफारिस गरेका कुनै कुनै पुस्तकहरु किन्ने गर्दथे । उदित कुमार थापाले फिर्ता नगर्ने शर्तमा बौद्ध धर्म सम्बन्धी, ओशो ज्ञान सम्बन्धी र आदिवासी जनजाति तथा मगर समुदाय सम्बन्धी किताब मलाई दश एघार वटा जति पुस्तक अध्ययनको दायरालाई फराकिलो बनाउनको लागि निशुल्क प्रदान गर्नु भएको छ ।

माछापुच्छ्रे प्राथमिक विद्यालयलाई पुस्तक दान
मेरो जिवनसंगिनी रुपक देवी थापा मगरले माछापुच्छ्र्रे प्राथमिक विद्यालय लामीडाँडामा अध्यापन गर्ने शिलशिलमा कुनै कुनै विद्यार्थीहरुले लोक सेवा आयोग, शिक्षक सेवा आयोगका बारेमा जानकारी दिनको लागि सोध्ने गरेको बताउँथिन । मैले पनि आफुले लोक सेवा आयोगको खरिदार, नायव सुब्बा जस्ता पदहरुमा परिक्षा दिदा तयारीको क्रममा जम्मा भएका किताबहरु कोठामा संग्रहीत थिए । मैले पठन सस्कृतीलाई टेवा पुग्ने र जिज्ञासु युवाहरुको लागि दिने सोच थियो । मैले एक दिनको फुर्सदमा पुस्तकहरु छनोट गरि झन्डै विस थान विविध पुस्तक विद्यालयलाई दान गरेको थिए । तर अफसोच सो विद्यालयमा विद्यार्थी सख्या न्युन भएका कारण भैरव माध्यमिक विद्यालयमा मर्जर भएपछि ति पुस्तकहरु कुन कुन विद्यार्थीहरुका लागि उपयोग भयो होला भनेर जिज्ञासा बढेको छ ।

भैरव माध्यमिक विद्यालयाई पुस्तक दान
घरमा थुप्रै पुस्तकहरु कुनै पढन बाँकी कुनै पढी सकेका थियो । छुट्टै व्यवस्थीत कोठा नभएका कारण व्यवस्थापन गर्न पर्ने काम मध्ये थियो । कहिले यता कहिले उता गरेका पुस्तकका बोरालाई छुटाएर झन्डै पच्चिस थान पुस्तकहरु संकलन गरी मैले जिवन संगिनी रुपक देवी थापा मगरलाई भनी ति पुस्तकहरु चन्द्र तुलसी पसलमा छोडेर प्रध्यानाध्यापक किसान प्रसाद कोटालाई विद्यालय लैजान भनी विद्यालय सहयोगी रविलाल थापाले विद्यालयको पुस्तकालयमा लगेर सग्रंह गर्न भनेको छु । सायद ति पुस्तकहरुबाट थुप्रै विद्यार्थीहरु लाभान्वित हुने कुरामा विश्वस्त रहेको छु । आफु लगायत अरु साथीहरुले समेत हातेमालो गरेमा थप नयाँ नयाँ पुस्तकहरु विद्यालय परिसरमा प्रदान गरेमा समाजसेवी, राजनीतिक कर्मी लगायत भकुण्डे गाउँमा पठन संस्कृति भित्रिने संस्कारमा दिगो बन्न सक्दछ ।

त्यसभन्दा अगाडि करिब वि.स. २०७४ साल तिर भैरव माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुको सञ्जालमा आवद्ध हुने सबैका लागि अनुरोध गर्ने गरी भैरव माध्यमिक विद्यालयका लागि पुस्तकदान अभियान सञ्चालन भएको थियो । स्वत स्र्फुत तरिकाले थुप्रै महानुभावहरुले पुस्तक दान अभियानलाई साथ र सहयोग गरेका थिए । जसको सहजकर्तामा रुपमा प्रध्यानाध्यापक किसान प्रसाद सापकोटा, श्याम कुमार थापा मगर, म याम बहादुर थापा , यम बहादुर थापा – देउराली ), प्रेम बहादुर थापा लगायतको समुह थियो । भविष्यमा निरन्तर रुपमा अगाडी बढन नसके पनि राम्रो सुरुवात मानिएको थियो । भैरव माध्यमिक विद्यालयमा धेरै नै पुस्तकहरु सकलन भएको थियो ।

आगामी दिनमा चौतारेडाँडा विद्यालयलाई समेत आफुसँग भएका पुस्तक दान गर्ने सोच बनेको छ । तर मुर्त रुप पाँएको छैन । संविधान सभाका सभासद तथा सांसद नर बहादुर थापा मगरले आफुले संविधान निर्माणका क्रममा सकलन गरेका थुप्रै पुस्तकहरु ठुलै सख्यामा एक समारोहका बिचमा प्रदान गर्नु भएको थियो ।

अबका दिनमा पुस्तक प्रेमी बनाउनका लागि सुचना र प्रविधीको उच्चतम प्रयोग गरी अडियो बुक, इबुक, इपुस्तकालयका नवप्रर्वतन, खोज, अनुसन्धान लगाउनमा केन्द्रित भै भ्रमण गर्ने बागलुङ जिल्लाको सेरोफेरोलाई साँघुरो घेरामा सिमित हुन पुगेको छ । त्यसैेले भ्रमण आफनो ज्ञानका लागि निरन्तर गरी रहनका लागि प्रयास गरेमा जीवनशैली समेत खुशीयालीपुर्वक यापन गर्नका लागि बलियो आधार निर्माण हुन पुग्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *