सर हजुरको पुस्तक प्रकाशन भयो कि ?

याम बहादुर थापा मगर
लेखन यात्रामा
लेख्नको लागि समय र विषयवस्तु हुनुपर्दछ । रुचि अनुसारको विभिन्न पुस्तकहरुको अध्ययन, खोज,अनुसन्धान र नयाँ तथा नौलो परिवेशको भ्रमण गरेर अनुभव आर्जन गर्न सक्नुपर्दछ । उच्च सर्वाधिक चलन चल्तीको सोच र इञ्छाशक्ति हुनु पर्दछ । सोचको उपजबाट प्रतिफल स्वरुप समाजको दर्णपका रुपमा लेखन कलालाई पाठक समक्ष प्रस्तुत गर्नु पर्दछ । हप्ता, महिनौ देखिको सोच र योजना मुताविक डायरीका टिपोटहरुमा लथालिङ छरपस्ट बुदाहरु श्रृङखला विहिन भावनालाई मुर्त रुप दिन समेत लेख्नका लागि आधार तय भएको हुन सक्दछ । लेख्न मोड र समय व्यवस्थापन समेत सृजना हुनु पर्दछ । अरु भन्दा फरक विषयवस्तु र लेखनी गर्नका लागि कल्पनाशिलता, नयाँ पुस्तक अध्ययन गर्ने बानीको विकास, लेख, आलेख र समाचारहरु सकारात्मक परिवेशहरु फोटो खिचेर, साउन्ड रेर्कड गरेर, भिडियोका रुपमा काबुमा राख्नुपर्दछ ।

जानी नजानी कविता, गित लेख्दै गर्दा लेख लेख्ने अभ्यासमा हस्त लिखित कापीका पानाहरुमा शुरुवाती लेखन अभ्यासमा लेख्न थाले । कापीमा लेखिएको सामाग्रीलाई कम्प्युटरमा टाइप गरी पत्रिकामा नाम, फोटो र ठेगाना सहित प्रकाशन हुँदा बहुत खुसी हुन्थे । जुन खुशीलाई शिकारु भएका कारण व्यक्त गर्न नसक्ने खालका थिए । लेख्नका लागि समय फुसर्द हुदा लेख्ने विचार र सोच निर्माण गर्दछु । तर लेखी रहनका लागि विषय वस्तु पाउन पनि समय र अध्याय बित्न पर्दो रहेछ । नियमित नोकरीको कामकाज हुँदा हुँदै थकान मनोभावना बोकेर साँझ पर्दा घरमा जार्दा घरपरिवार व्यवस्थापन गर्दा नयाँ सृजना हुने दिन भरीको थकान र तनावले सृजनात्मक क्षमतामा गिरावट आएको कहिले काँही महसुस हुन्छ । तर आफुसँग भएको डायरीका पानाहरुमा बुदागत टिपोटलाई विश्लेषणात्मक तरिकाले लेख्ने बानीलाई निरन्तरता दिनको लागि कहिलेकाँही नयाँ परिवेशको भम्रण समेत गर्न पर्ने महसुस भएको छ । बजारमा उपलब्ध भएका पुस्तक भन्दा पनि मैले पुस्तकालयमा भएकालाई छानी छानी अध्ययन गरेको छु । .इबुक, इपुस्तकालयको मोबाइल, इमेलमा प्राप्त डिजिटल कपी, क्युआर स्क्यान कपी र कम्प्युटरमा सर्च गर्दछु तर सुचना प्रविधिको महासागरमा नेपाली भाषामा प्रशस्त मात्रामा पाउन नसकेको तितो अनुभव छ । त्यसैले इबुक अध्ययन गर्ने शैलीलाई बढावा दिनको लागि अग्रेजी भाषामा दख्खल हुनु पर्ने बाध्यता आइ लागेको छ । गुगल अनुवादक प्रणालीलाई उसको फाइदा अनुकुल अभ्यस्त हुन नसकेकाले आगामी दिनमा त्यसलाई बढी मात्रामा प्रयोगमा ल्याउने सोच बनेको छ ।

भ्रमणको अनुभव आदान प्रदान
नयाँ परिवेश र भुगोलमा जानु आफैमा ज्ञान हासिल गर्नु हो । समयको व्यवस्थापन र आर्थिक लगानीको व्यवस्थापन गर्न सकेमा औपचारिक कार्यक्रमहरुमा सहभागी भएमा झन लेखन शिपका लागि मसाला र नयाँ परिवेश तयार हुन्छ । नयाँ परिवेशमा यात्राका लागि निहुँ चाहिदो रहेछ । यात्रामा मन खोल्ने साथीसँग अनौपचारिक तथा औपचारिक भाषाको प्रयोग गर्दा आउने मज्जा लिन सक्नुपर्दछ । आर्थिक पक्षलाई मध्यनजर गर्दा भ्रमण कार्यक्रम मादक पदार्थ सेवन नगर्ने हो भने थोरै खर्चमा धेरै टाढाका नयाँ गन्तव्यका दुरीहरु सहज भ्रमण गर्न सकिन्छ । नयाँ स्थानमा गएपछि हरेक कुरा नयाँ र नौला हुन्छन् । कुनै स्थानका समाचार र भाइरल गतिविधिहरु आफु गएको स्थानको हुँदा बहुत सजगताका साथ ध्यान दिई आत्म केन्द्रित गरेर जानकारी लिन खोज्ने मानिस हुन पुग्दछौ । सिक्न र जान्नका लागि नयाँ स्थानको भ्रमण जति आवश्यक छ । त्यति नै लेखन कलामा शब्द भण्डार निर्माणमा टेवा पुगेको हुन्छ । मेरो उमेरको सिढी बढदै जादा सक्रिय साथीहरुको सम्पर्क टुटदै जाने गरेको अनुभव छ । मलाई फुर्सद हुँदा साथ नयाँ र नौलो परिवेशमा पाइला राख्न मन लाग्दछ । नयाँ नौलो कला सस्कृति बुझन र अध्ययन गर्न मन लाग्दछ ।

मैले दैनिक रुपमा सामाजिक सञ्जालहरु हेरेपछि युटुवमा लोकदोहोरी गित बढी मात्रामा हेर्ने गर्दछु । त्यसपछि लोक गितहरु हेर्ने गर्दछु । त्यसपछि नेपालका रमणीय स्थलहरुका डकुमेन्ट्रीहरु हेर्न मन लाग्दछ । ति रमाइला विकट हिमाली तथा पहाडी भागहरुमा मन पनि कहिले जाने होला भनेर मनमा उमग सृजना हुन्छ । मैले तिन स्थानमा कसरी जाने भनेर गुगल म्याप समेत अध्ययन गर्न पुग्दछु । त्यसैगरी विश्वजगतका अमेरिका, अष्ट्रेलिया,जापान, फ्रान्स, जर्मनी, क्यानडा लगायत देशहरुको पर्यटकीय स्थलहरुका बारेमा हेरेर सुन्दरताको अनुभव भौतिक रुपमा उपस्थित भएर कसरी लिने होला भनेर हेर्न मन लाग्दछ । यात्रा सस्मरण बारेमा लेखेको किताबहरुको अध्ययन गर्ने बानीको समेत विकास हुने रहेछ । विश्वका विभिन्न देशहरुको पर्यटकीय स्थलहरुको अवलोकन गर्दा भने नेपालका पर्यटकीय स्थलहरुको विकटता र दुर्गमताको जीवनशैलीयापनका बढी मात्रामा बुझन सकिन्छ ।

नेपालको पुर्वाधार विकास नभईकन समेत पर्यटनका क्षेत्रमा विकास र विस्तार साथै प्रचार प्रसार भएको पाउन सकिन्छ । मलाई भ्रमण गर्न मन लागेको टकसेरा गाऊँ, महत गाऊँ, राराताल, जुम्ला, हुम्ला,डोल्पा, स्वर्गद्धारी प्युठान, कालापानी, दोधार चाँदनी, कोराला नाका आदि रहेको छ । ति स्थानका बारेमा युटुवमा पटक पटक भिडियो भने हेरि सकेको छु । अर्को सन्दर्भ यार्सागुम्बा टिप्न जादा हुने रमाइलो भिडका बारेमा छोटो प्रत्यक्ष यात्रा अनुभव लिन समेत विचार छ । विदेशमा यात्रा गर्न धेरै सोध खोज गर्ने लगानी बढी चाहिने र अग्रेजी भाषामा दख्खलता नभएको कारण हिम्मत गर्न नसकेको अवस्था छ । भारत,थाइल्यान्ड र मलेसिया र इन्डोनेसिया बालीमा समुहमा आबद्ध भएर जीवनसंगिनीसँग छोटो भ्रमण गरेको अवस्था छ ।

छोराछोरीलाई उत्प्रेरणा जगाउँनका लागि लेखन
मेरो छोरी रुयासा थापा मगरको उच्च शिक्षाको अध्ययनको शिलशिलामा धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा विविएस तेश्रो वर्षमा अध्ययन रहेको समय र छोरा हिम्मत थापा मगरले कक्षा १० मा एसईइको तयारीका साथ परिश्रमका साथ अध्ययन गरेको समयमा उनीहरुलाई पाठयपुस्तक बाहेक बाह्रय किताबहरु समेत अध्ययन गरी शब्द भण्डार बढाउनका लागि उत्प्रेरणा दिलाउनका लागि खाली समयको उपयोग गर्नका लागि केही सन्दर्भ भएपनि सिको गरुन भन्नका लागि लेखनका लागि समय खर्च भएको छ । उनीलाई दैनिक जिवनमा डायरी प्रयोगमा ल्याई आर्थिक, सामाजिक, राजनीतिक, उद्योग, इतिहास, साहित्य, पुर्वाधार विकास, वातावरण, मानवअधिकार, अपांग अधिकार, बाल अधिकार, महिला अधिकार, कानुनका विषयमा जानकार, विज्ञान र सुचना तथा प्रविधि लगायतका विषयमा जानकारी लिदै समाज विज्ञान बुझदै विश्व जगत बुझने अब्बल देशको नागरिक बनोस भन्ने मेरो छोरा छोरी बनुन भन्ने चाहानाले सार्थकता पाओस भन्नमा लागि समेत लेखन यात्रालाई अगाडि बढाएको छु ।

खासमा ठुला उद्धेश्य र लक्ष्यहरु केही नभएपनि सानो सानो लक्ष्य र उद्धेश्यका खातिर लेख्ने हुटहुटी जाँगेको अवस्था विद्यमान छ । मैले उनीको विचार र भावना बुझेर लेख्ने प्रयास गरेपनि भने र सोचे जस्तो छोराछोरीमा अनुभुत नभएको जस्तो लाग्दछ । आफुलाई रुचि भएका मोबाइलमा आउने टिकटक, युटुव,रिल आदिका विषयमा बढदो लगाव छ । ति सामाजिक सञ्जालमा आउने विषयवस्तुलाई टिपोट गर्ने बानीको विकास गर्न पटक पटक भनेपनि व्यवहारमा लागु भएको पाउन मैले नसकेको अवस्था छ । अवका दिनमा छोराछोरीमा अध्ययन रुचि स्थायी रुपमा जगाउनका लागि मात्र लेख्ने र अध्ययन गर्ने सोच विकास भएपनि पारिवारिक वातावरणमा सिमित नराखौ भन्ने भावना आएका कारण स्वअध्ययन गरेर केही मात्रामा भएपनि प्रभाव परोस भनी लेखकीय कामलाई निरन्तरता दिएको हो । मैले छोरी रुयासा, छोरा हिम्मत र जीवनसंगिनी रुपकदेवीलाई भनेर मात्र नभई लेखेर अध्ययन सामाग्री बनाई प्रकाशित भएका छन् । मैले पछिल्लो समयमा पारिवारीक विषयमा केन्द्रित भएपनि आम समुदायका लागि अभिप्रेरित हुने तरिकाले विषयवस्तु प्रस्तुत भएका छन् ।

पुस्तक प्रकाशन गर्नुभयो अर्गलका गणेश साथीले भन्दा
पुस्तक विभिन्न अध्ययन गर्दा विभिन्न समयमा आलेख लेखेको र सोलाई सकलन गरी पुस्तक प्रकाशन गरेका पुस्तकहरु अध्ययन गरे । समसायिक रुपमा संशोधित र परिकृष्त हुँदै जाने गरकोे पाए । म ताराखोला गाउँपालिकाको अर्गलमा अत्यधिक मगर बस्ती भएको भुगोल र मगर जातिको धर्म सस्कारका बारेमा जानकारी लिन इच्छुक भएकोले जानु पर्ने थियो । तर मेसो समयले साथ दिएको थिएन । म आफुले जानेको सकारात्मक सोच, पठन सस्कृति र उत्प्रेरणामुलक अनुशिक्षण सचालनको लागि बागलुङ जिल्लाका विभिन्न विद्यालयहरुमा स्वयंसेवक रुपमा सचालन गर्दै आएको थिए । यदि समय व्यवस्थापन र कार्ययोजना तय भएमा अर्गल माध्यमिक विद्यालय, ताराखोलामा पनि जाने सोच थियो । मुर्त रुप हालसम्म पनि पाएको छैन । आगामी दिनमा सहकार्य भएमा पक्कै पनि अनुशिक्षण संचालन गर्न सकिन्छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङको शहिद स्मृति पार्क निर्माणको शिलशिलामा अनुगमन गर्ने क्रममा अर्गल माध्यमिक विद्यालय, अर्गल ताराखोलामा अध्यापनरत प्रध्यानाधापक गणेश बहादुर घर्ती, शिक्षक सुर्य बहादुर घर्ती लगायतका साथीको समउपस्थितिमा सामुहिक फोटो खिच्ने क्रममा सरले पुस्तक प्रकाशन गुर्न भयो के रे भनेर प्रश्न गर्नु भयो । मैले अबका आमागी दिनमा छिट्टै प्रकाशित गर्ने सोचमा भएको जानकारी दिए । तर आजका दिनसम्म पुस्तक प्रकाशित गर्ने दिन जुरेको छैन ।

मैले पुस्तक प्रकाशन गर्न पर्यो भनेर प्रकाशक, सम्पादन, भाषा सम्पादनका जानकारी भएको नेपाल पत्रकार महांसघ बागलुङका पुर्व अध्यक्ष दिल शिरीषसँग दुई पटक बसाइमा छलफल गरे । फेरी अर्को पटक पुस्तक प्रकाशन गर्ने विषयमा पुनः बस्ने गरी बसाइलाई निरन्तरता दिन सकिएन । काठमाडौबाट नै प्रकाशन गर्नु पर्ने, मोफसलका लेखकmलाई राजधानीका प्रकाशकले महत्व नदिने, राम्रो पुस्तक प्रकाशनको लागि करिब एक लाखसम्मको लगानी गर्नुपर्ने हल्का जानकारी प्राप्त भयो । तर मैले स्वयले लगानी गर्ने औकात बनाउन बाँकी रहेको आत्ममुल्यांकन गरे । फेरी पुस्तक प्रकाशनको लागि सौजन्यकर्ताहरुको विषयमा मैले बहस चलाउन पुगेको छैनन । मैले व्यक्तिगत रुपमा किनेका पुस्तकहरु र विद्यामन्दिर पुस्तकालय, बागलुङबाट नियमित पाठक बनेर अध्ययन गरेका पुस्तकहरु विश्लेषण गर्दा मैले आफनो पत्रपत्रिकाहरु प्रकाशित कविता, लेखरचनाहरुको वर्गीकरण गर्दा तिन चार थरिका पुस्तकहरु प्रकाशन गर्न सकिने अनुभव प्राप्त भएको छ ।

नेपाल पत्रकार महांसघका पुर्व केन्द्रीय सदस्य तथा ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमसँग अनौपचारिक भेटघाटमा मैले पुस्तक प्रकाशनका लागि योजना बनाएको ढोरपाटन दैनिक प्रकाशक बनी दिनु पर्यो भन्ने प्रस्तावमा राम्रो डिजाइन गरेर निकाल्नु पर्छ । ल तपाईले प्रकाशन गर्ने सोच बनाउनु म सम्पादन गर्ने र आधा बजेट व्यहोर्ने बचनवद्धता पाए तर त्यसपछिका दिनमा नियमित अनुशरण नभएका कारण मुर्तता हासिल गर्ने किसिमले सार्थकता हासिल गर्न नसकेको अवस्था छ । मैले शुरुका पत्रकारिता र क्याम्पस अध्ययनका समयमा लेखेका फिचर तथा लेखरचनाको संगालोलाई एउटा पुस्तकमा आवद्ध गर्न सकिन्छ । दोश्रो कितावमा मैले निजामति सेवामा प्रतिस्पर्धा गर्दाको समयमा लोक सेवा आयोगका परिक्षाहरु तयारी गर्ने क्रममा थुप्रै लेखहरु स्तम्भकारका रुपमा प्रकाशन भएका सामाग्रीहरुलाई समावेश गरेर प्रकाशन गर्न सकिन्छ । तेश्रो किताब जव म अभिभावक हुने शिलशिलामा विभिन्न सामुदायिक विद्यालयहरु उपस्थित भै सकारात्मक सोच, पठन संस्कृति र उत्प्रेरणा विषयमा अनुशिक्षण गरेको समाचारहरु विभिन्न पत्रपत्रिका र वेवसाइटहरुमा प्रकाशित भएका छन् ।

त्यसपछि उत्प्रेरणामुलक लेख रचनाहरु शिलशिलाबद्ध लेख्ने अभ्यासलाई निरन्तरता दिदै आफनै परिवारको जिवनसंगीनी रुपकदेवीलाई चिठी, छोरी रुयासा निलमलाई चिठी र छोरा हिम्मतलाई चिठीको श्रृङखलाहरुलाई मात्र सकलन गर्दा पनि एउटा पुस्तकको आकारमा ढाल्न सकिन्छ भन्ने लागेको छ । त्यसैगरी मैले विभिन्न नयाँ र नौलो स्थानहरुमा भ्रमण गरेका सस्मरणहरु सकलन गरी किताब प्रकाशन गर्ने हो भने पुस्तकारको रुपमा प्रकाशन गर्न सकिन्छ । छिटफुटको समयमा विभिन्न समय र सन्दर्भमा फुर्सदको लेख्दा सृजना भएका रचना, लकडाउन डायरीको श्रृङखलाहरु र विभिन्न मितिमा प्रकाशित कविताहरुको सकलन गरेमा छुटाछुटै किताब निकाल्न सकिन्छ भन्ने लागेको छ । भोलिका दिनमा फुर्सदको समयमा लेख्ने बानीलाई कहिले जबरजस्ती त कहिले स्वइच्छाले लेखकीय चाहनालाई निरन्तरता दिने योजना छ । पुस्तकालयका नयाँ पुस्तकहरु अध्ययन गर्ने,नयाँ नयाँ स्थानहरुको भ्रमण गर्ने र विभिन्न सामाजिक सञ्जाल,युटुव लगायतका विभिन्न सुचना प्रविधिका माध्यमबाट समय व्यवस्थापनको बेलामा सृजना भएका विचार र सोचलाई लिपिबद्ध गर्दा थप किताबहरु सशोधन गरेर निकाल्न सकिने योजना बनेका छन् । सकभर किताब निकाल्ने चाहनालाई सौजन्य प्रदान गर्न इच्छुक महानुभावहरुलाई ह्रदय देखि नै स्वागत गर्न चाहान्छु ।

घरमा फुर्सदको समय व्यवस्थापनको शैली
म घरमा आउँदा जादा मोबाइलमा डाउनलोड भएको अन्तर्वाता, लोक गित, दोहोरी गित,नेपाल दर्पण, कायाकैरन लगायत इमेज टिभीको हट सिट, टिकाराम यात्रीको अध्यारोदेखि उज्यालो,यक्ष प्रश्न, हेर्ने कथा, देशान्तर बार्ता, प्रतिक प्रधानको युटुव , गण्डकी छडके,नेपाल वाच पोलीसी डाइलग, शैक्षिक अप्रेशन, कथा एक्प्रेस, थाहायात्रा टिभी, फ्राइसाइड का.िन्तपुर टिभी, समयभित्रको समय बबिता बस्नेतको, साझा कथा, मगर म्युजियम टिभी,सत्य सवाद, योहो बहस, मनोज गजुरीयल,थुप्र्रै अडियो बुक सुन्ने काम गर्दा समय बितेको पत्तै हुदैन । यदि हजुरहरुसँग यस्तै फरक शैलीका यस्तै सुचना प्रविधिलाई उपयोग गरेर गर्ने पछिल्ला कार्यक्रमको जानकारी दिनु भएमा आभारी हुने छ ।

थुप्रै फिल्म, लघु फिल्म लगायत टिकटक लगायत सामाजिक सञ्जालका राम्रा शिक्षाप्रद भनाई,चित्र, उखान टुक्का, रुचि अनुसारको पुस्तक अध्ययन हुँदाहुदै दैनिक कार्यालयको काम व्यवस्थापन गर्नु त दिन चर्या नै रहेको छ । कहिलेकाही युटुव च्यानल खोलेर आफु अनुकुलको भिडियो अपलोड गरु भन्ने सोच आउछँ । प्राविधिक ज्ञानको कमीका कारणले अगाडी बढन आँट आउदैन । एक जना कम्प्युटर इजिन्नियर भिम बहादुर वि.क.ले मलाई फोन गरेर तपाई नियमित लेख्नु हुन्छ । व्यक्तिगत वेवसाइट बनाउनुहोस । गुगलबाट पैसा पनि कमाइ पनि हुन्छ भनेर बार्तालाप भयो । तर निजी वेवसाइट बनाउने विषयमा मलाई ज्ञान र शिपको कमीले अल्पज्ञानमा निर्णय घात हुन्छ भनेर जोखिम लिन सकेको छैन । तर आजभोलि प्रत्येकका नाम पिच्छे युटुव च्यानल खोलेको पाउँदा मलाई पनि खोल्न मन लागेको छ । मेरो नामको वेवसाइट पनि अहिले नखोल्दा धेरै पछाडी परिने हो कि भन्ने लागेको छ ।

स्मृति प्रकाशन बागलुङको सस्थापक
म महेन्द्र बहुमुखी क्याम्पस बागलुङमा अध्ययन रहदाँको समयमा क्याम्पसमा आयोजना हुने अतिरित्त क्रियाकलापमा भाग लिन्थे । कहिले श्रोता मात्र समेत भनेर सक्रिय सहभागीता जनाएको थिए । सिकारु कलमको सृजनाहरु धौलागिरी स्टार साप्ताहिक, सुर्यश्री साप्ताहिक, धौलाश्री साप्ताहिक, न्युधौलागिरी दैनिक, बागलुङ साप्ताहिक, बागलुङपत्र साप्ताहिक, उषाकालीन साप्ताहिक, परिसुचन साप्ताहिकमा प्रकाशित हुँदै गर्दा ममा साहित्यीक यात्रामा जोडिने मौका मिलेको थियो । धवलागिरी साहित्य प्रतिस्ठान बागलुङका अध्यक्ष तथा साहित्यकार काजी रोशनसँगको चिनापर्जीले कार्यक्रममा निमन्त्रणा गर्नुहुन्थ्यो । एक बसाइको क्रममा काजी रोशनको प्रस्तावमा एक लेखकको पुस्तक प्रत्येक छ महिनामा एक किताब प्रकाशन गर्ने सोचका साथ स्मृति प्रकाशन नाम सस्था गठन गरेर पालैपालो पुस्तक प्रकाशन गर्ने सोचका साथ गठन भएको सुरुवातमा तिलाराम सापकोटा ( गुल्मी ) को पुस्तक प्रकाशन भयो ।

दोश्रो पटक किताब प्रकाशन गर्न धेरै जना साथीहरुको प्रस्ताव भयो तर अन्तमा ओम प्रसाद घायल ( बागलुङ ) को पुस्तक प्रकाशन भयो । ढिलो चाडो मेरो पनि पालो आउने वाला थियो । तर बिचमा पहिला पुस्तक प्रकाशन गरेका साथीहरुको निश्क्रियताले समय सयममा बैठक बस्न सकेन । झन मेरो पालो आउने होला भनी कविता,गितहरु बढी मात्रामा लेख्न थालेको थिए । तर अहिले मलाई कविता, गित त्यति रुचिको विषय बन्न थालेको छ । गद्य कविता, गित लेख्नका लागि अहिले अभ्यास बढी गर्नु पर्ने र विषयवस्तु अधुरो लाग्ने गर्दछ । उच्च शिक्षा अध्ययनको क्रममा लेखन यात्रालाई लेख,रचना, आलेखमा बढी मात्रामा लगाव बढेपछि कविता सृजना गर्ने वातावरण ओझेलमा परेको छ । पछि यात्रा आफनै परिवेश श्रृङखला सुरुवात गरेर साहित्यकारका बारेमा चर्चा परिचर्चा गर्ने क्रममा मैले पनि अवसर पाए । तर पुस्तक निकाल्ने पालो बहुत साथीहरुको आउन सकेन । सुरुवाती दिनमा राम्रो अभ्यास र सोच भएकोले अरु जिल्लाका साथीहरुले सुरुवात गर्नु पर्ने विचार आएको थियो । भने जस्तो र सोचे जस्तो नभएकोले पुस्तक प्रकाशन गर्ने सपना तुहेको थियो ।

किताब प्रकाशन गर्ने धोको
सायद अहिले म मोफसलमा बसेको र बढदो सुचना तथा प्रविधिको विकासले वेवसाइट, इबुक, एप्लीकेशन लगायतको विकासले अध्ययन सस्कृतिलाई गुगलमय बनाएको अवस्था छ । हात हातमा मोबाइलका कारण संसार लिएर मानिस हिडेको छ । अबका दिनमा इलाइब्रेरी, पुस्तकालयको विकास र विस्तार भएकोले पुस्तक पढने बानीको गिरावट बढदो क्रममा छ । मैले जेनतेन अझै आफनो औकात र क्षमता सहित प्रभावका आधारमा सौजन्यमा पुस्तक प्रकाशन गर्ने छु । काठमाडौ केन्द्रित प्रकाशकहरुको ढोका ढक्ढक्याउने असफल प्रयास पनि गर्ने नै छु । यदि कोही कसैले मोफसलका सृजनालाई स्थान दिन पनि सक्दछन भन्ने झिनो आशा रहेको छ । यदि प्रकाशक नभेटिएमा अवकाशको फुर्सदको समय श्रृङखलाबद्ध निकाल्ने धोको रहेको छ । लेखनका लागि अब धेरै भन्दा धेरै समय व्यवस्थापन गर्ने र उपन्यास लेख्ने सोच अमुर्त रुपमा आएको छ । पाँच दश वटा उपन्यासलाई एटुजेड गहिरो अध्ययन गर्र्ने र किताबको रुपमा उपन्यास लेख्ने धोको समेत पलाएको छ । उपन्यास लेखनका लागि विषयवस्तुमा विज्ञ हुनुपर्ने अवस्था विकास र विस्तार गर्दै अध्ययनलाई गहिरोसँग बुझनुपर्ने महसुस भएको छ । बाँकी अर्को आलेख भन्दै अन्त गर्न चाहान्छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *