स्याङजा सिरुवारीको भगिनी गाउँ बागलुङ भकुण्डे

याम बहादुर थापा मगर
भगिनी सम्बन्धको प्रारम्भ

नेपालको गाउँमा मितेरी गाउँको प्रचलन भन्दा भनि मित लगाउने चलन व्यापक छ । मित बाबा, मितज्यु, मित आमाको बारेमा प्रचलन रहि चिनजानको साथीलाई अति नजिकको साथी, आफन्त बनाई सामाजिक परम्परा, आर्थिक परम्परा एक आपसमा बुझने र बुझाउने परम्परा हुन्छ । सुख र दुखको परिववेशमा साइनो लगाएका परिवार बिच घरायसी सस्कृति आदानप्रदान गर्ने गरेर अनुभव साटासाट गरेर सामाजिक सम्बन्ध विस्तार र विकास गर्ने गरेको पाइन्छ । तर नेपालका विभिन्न देश विदेशका गाऊँ शहर विचमा भगिनी सम्बन्ध स्थापना गरेर नजिकको सम्बन्धमा स्थापित गरेको पाउन सकिन्छ । नेपालमा भएका विदेशी शहरको भगिनी सम्बन्धहरु विशेष गरि नेपालमा पर्यटकहरु आउने प्रचलनको शुरुवात भन्दापनि नेपालीहरु विदेश भ्रमण मात्र गर्न जाने माध्यमको रुपमा विकास भएको पाउन सकिन्छ । भगिनी सम्बन्धका माध्यमबाट नेपालका पर्यटकीय स्थलहरु बढी मात्रामा प्रचार प्रसार भै विदेशी डलर भित्रीने खालको बहुसख्यामा पर्यटक आउन अझै बाँकी रहेको आभास हुन्छ । अर्कोतिर नेपाल भित्रकै नगरपालिका, गाउँपालिका बिच भएको मितेरी सम्बन्धले आन्तरीक पर्यटकको अनुभव लिनमा सहज र क्रियाशिल भएको पाउन सकिन्छ । नेपालका ऐतिहासिक स्थल,होमस्टे लगायतका स्थलहरु ब्राण्डको रुपमा स्थापित गर्नमा भगिनी सम्बन्धका स्थापना हुन सकिन्छ । भगिनी सम्बन्धका कार्ययोजना, दस्तावेज,सस्थागत विकास,नीति, कानुन, कार्यविधीहरुलाई जिवन्त बनाई रोजगारको कारखाना खोल्नमा ध्यान दिई आर्थिक विकासमा टेवा दिने पर्यटन विकास गराउनमा कम्मर कस्नको लागि ढिला गर्नु हुँदैन ।

नेपालको पँच वर्षिय योजनाका लक्ष्य,उद्धेश्य, आवधिक बजेट तथा योजना, मन्त्रालय, प्रदेश स्तरीय पन्चवर्षीय योजना तथा प्रदेश स्तरका पर्यटन मन्त्रालय, पर्यटन तथा उद्योग कार्यालय, समग्र पालिकाहरुको संरचनाहरुका बारेमा पर्यटनलाई बहुत लोभ लाग्दो तरिकाले सम्बोधन गरिएपनि व्यवहारिक रुपमा कार्यान्वयन भै समृद्ध रिजल्ट आउनमा धेरै भन्दा धेरै ढिला भएको अनुभव हाम्रो अगाडी खडा भएको छ । कतै डुब्लीकेशन भएर बर्बादी त कतै सही स्थानमा सही स्रोत साधनको अभावमा बर्बादीलाई सरक्षण गर्नमा ध्यान गनुपर्ने देखिन्छ ।

विदेशी शहरहरुसँग नेपालका शहरहरुको भगिनी सम्बन्धका सन्दर्भहरु
नेपाललको विभिन्न गाउँ,शहरको नेपाल भित्रकै समस्तरको गाउँपालिका बिचको समन्वय र विकासका लागि भगिनी सम्बन्ध स्थापित भएको पाइन्छ । नेपालका मुख्य शहरहरु विश्वका विभिन्न शहरहरुसँग भगिनी सम्बन्ध अर्थात मितेरी साइनो स्थापित गरेर सांस्कृतिक, सामाजिक, कला, पर्यटन प्रर्वद्धन, ऐतिहासिक महत्वका पुरात्ताविक वस्तुहरु, बुद्ध जन्मेको स्थान लुम्बिनी, पशुपति नाथ मन्दिर, मुक्तिनाथ मन्दिर तथा हिमालहरुको प्रचार प्रसार गरेमा नेपालका नै डलरको खेती गर्न सकिन्छ भन्ने विश्लेष्ण गरेको पाइन्छ । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका टुकुचे गाउँको भगिनी सम्बन्ध नेपालमा पहिलो पटक जापानको टोगा गाउँसँग भएको पाउन सकिन्छ । त्यसैगरि मुस्ताङ जिल्ला कै घरम्जोङ गाउँपालिकाको जापानको शहरको भएको छ । लोमाङथाङ गाउँपालिकाको अमेरिकाको.शहरसँग भगिनी सम्बन्ध भएको छ । पोखरा महानगरपालिकाको चिनको शहरसँग पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री हँदा सम्बन्ध स्थापित भएको थियो । लन्डनको ब्रेकन सिटी को भगिनी सम्बन्ध कास्कीको धम्पुस सँग स्थापित भई सहकार्य भएको छ । त्यसै गरी बेलायतको लन्डन बरो अफ बार्नेट विच पोखरा शहरको भगिनी सम्बन्ध भएको पाइन्छ । ताङताङि गाऊँको भगिनी सम्बन्ध बेलायतको शहरसँग भएको पाइन्छ । तनहुँको आदिकवि भानुभक्त क्याम्पसले मितेरी गाउँको खोजी गर्र्दै रिऋिष गाउँलाई स्थापित र प्रचार प्रसार गर्न खोजेको पाइन्छ ।

नेपालको धुर्कोट गाउँपालिका गुल्मी जिल्ला, बन्दीपुर गाँऊपालिका तनहुँ र ताराखोला गाउँपालिका बागलुङ विच त्रिपक्षीय भगिनी सम्बन्ध स्थापना भएको पाइन्छ । बागलुङ जिल्लाको बागलुङ नगरपालिका र रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका विच समेत भगिनी सम्बन्ध अर्थात मितेरी सम्बन्ध गाँस्ने काम भएको छ । बन्दीपुर गाउँपालिका तनहुँ र गोरखाको बारपाक गाउँ विच समेत भगिनी सम्बन्ध स्थापना भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका नगर प्रमुख मनमोहन चौधरीले स्पेन देशको विश्व सम्पदा सुचीमा सुचिकृत काथेरेस नगरपालिका बिच भगिनी सम्बन्ध नगर प्रमुख लुइस सलपर जुलियनले गरेको पाइन्छ । त्यसैगरी भक्तपुर नगरपालिकाको वि.स.२०७३ साल साउन ३० गते चिनको स्वशासित क्षेत्र तिब्बतको शान्नान शहर बिच भएको पाइन्छ ।

नेपालको राजधानी रहेको काठमाडौ शहरको भगिनी सम्बन्ध धेरै देशका शहरहरुसँग स्थापित भएको पाउन सकिन्छ । चीन देशको नान्जी ( नान्जिङ ) शहर, थाइल्यान्ड देशको बैकंक शहरसँग, अमेरिका देशको बोन्डा शहरसँग, अमेरिका कै फ्रेडरिक बर्ग शहरसँग, चीन देशको छेन्दु शहरसँग, दक्षिण कोरिया देशको सोल शहरसँग, चीन देशको ग्वाङझाओ शहरसँग, भारत देशको वाराणसी शहरसँग, चिन देशको सेन्जेन शहरसँग, चिनको स्वशासीत क्षेत्र तिब्बतको ल्हासा शहर सँग, उत्तर कोरिया देशको पेङवाङ शहर, बर्मा देशको यगुन शहरसँग, बेलारुस देशको मिन्सक शहरसँग, चीन देशको सियान शहरसँग, जापान देशको मात्सुमोनो शहर, अमेरिका देशको रोचेस्टर शहरसँग, अमेरिका देशको युजेव शहरसँग भएको पाउन सकिन्छ । बुटवल उपमहानगरपालिकाको सियान शहरसँग भगिनी सम्बन्ध भएको छ । काभ्रेपञ्चालोक जिल्लाको बनेपा नगरपालिकाको सेघाछे शहर सँग भएको पाइन्छ ।

ललितपुर महानगरपालिकाको चेओखन शहर बिच भगिनी सम्बन्ध स्थापित भएको पाइन्छ । बागेश्वरी नगरपालिकाको जापान देशको ओत्सुकी शहर बिच र ललितपुर महानगरपालिकाको चीनको चिनख्वा शहर बीच भगिनी सम्बन्ध भएको पाइन्छ । त्यसैगरी ललितपुरको जुम्लाको चन्दननाथ नगरपालिका बिच भगिनी सम्बन्ध भएको छ । ललितपुर महानगरपालिकाको भगिनी सम्बन्ध गुल्मी जिल्लाको मालिका गाउँपालिकासँग भएको पाइन्छ । चीनको स्वाशासित क्षेत्र तिब्बतको शातल शहरको भक्तपुर नगरपालिकासँग भएको देखिन्छ । रुसको डर्बेन्ट शहरको भगिनी सम्बन्ध भक्तपुर शहरसँग भएको छ । भक्तपुर नगरपालिकाको सहकार्य चीनको लशान नगरको विचमा मितिनी सम्बन्ध भएको थियो । रुपन्देही जिल्लाको भैरहवा शहरको मितेरी सम्बन्ध बाओजी शहरको भएको अवस्था छ । सियान शहरको चीनको र बुटवल शहर बिच भएको पाइन्छ । मोरग जिल्लाको बिराटनगर शहर र न्यर्योक शहर अमेरिका बिच भगिनी सम्बन्ध स्थापित गर्नका लागि प्रस्ताव भएको छ । इलाम नगरपालिका र धरान महानगरपालिका बिच भगिनी सम्बन्ध भएको जानकारी प्राप्त भएको छ । धरान महानगरपालिका र पोखरा महानगरपालिका बिच समेत भगिनी सम्बन्ध स्थापना भएको छ । चितवनको भरतपुर महानगरपालिका र जापानको योकोसुका शहर विच मितेरी सम्बन्ध स्थापना भएको छ ।

माथि उल्लेख गरिएका भगिनी सम्बन्धहरु बाहेक आगामी दिनहरुमा अझै धेरै पालिकाहरु बिचमा गर्न बाँकी छ । एक आपसको पारस्परिक सम्बन्धलाई स्थापित गर्दै नविकरण गर्दै पर्यटनका विषयमा अनुशिक्षण गर्नमा ढिला गर्नु हुँदैन ।

बागलुङ भकुण्डेको होमस्टे पर्यटन उद्योग बामे सर्दै प्रवेश गर्दै
भकुण्डे नाम गरेका स्थानहरुको बारेमा सोध खोज गर्दा नेपालका हाल सम्म मैले केही जिल्लाका प्रसिद्ध स्थानहरु मध्ये नै पाएको छु । भकुण्डे नामलाई पर्यटनको हिसाबले जन जनको जिब्रोमा बागलुङ जिल्लाको भकुण्डेलाई नै परिचित गराउने बाटोमा लाग्नुपर्दछ । हल्ला खल्ला गरेर बागलुङ जिल्लाको भकुण्डेमा बाह्रय तथा आन्तरिक पर्यटकहरुको आगमनमा वृद्धि गर्नको लागि पर्न जरुरी देखिन्छ । गाउँले बस्तीहरु बसाइ सराइको कारणले रित्तिदो क्रममा छ । नयाँ घरहरु नबन्ने परम्पराको थालनी भैसकेको छ । छोडेर गएका पुराना घरहरु गाउँघरमा भत्कीन थालेको अवस्था छ । त्यसैले म्याग्दी जिल्लाको बेनी नगरपालिकामा पर्ने ज्यामुरकोटमा भकुण्डे नाममा स्थान, भुगोल र चिरपरिचित गाउँ रहेको छ । ज्यामरुकोट भकुण्डेको लागि आजभोलिका मानिसहरुले अधिकांशले भकुण्डे भनेर म्याग्दी जिल्लाका मानिसहरुले मात्र जान्ने, बुझने गर्दछन् । त्यसैगरि स्याङजा जिल्लाको बालिङ भकुण्डे रहेको छ । बालिङ भकुण्डेका मानिसहरु तुलनात्मक रुपमा शैक्षिक क्षेत्रमा अगाडी भएको पाइन्छ । त्यसैगरी लमलुङ जिल्लाको भकुण्डे गाउँ विकास समिति रहेको हाल संघियताको कारणले भकुण्डे टोल, गाउँको नाममा परिणत भएको पाइन्छ ।

त्यसैगरी काभ्रेपाञ्चोक जिल्ला समेत भकुण्डे रहेको छ । अर्को भकुण्डे गाउँ विकास समिति बागलुङ जिल्लाको रहेको छ । जुन भकुण्डे गाउँका बारेमा अहिले पछिल्लो चरणमा होमस्टे सचालन भै पर्यटन प्रवद्र्धनमा सफलता हासिल गर्नमा अगाडी बढी रहेको छ । पर्यटन व्यवसायमा बागलुङ कालिका माई, पञ्चकोट, गोल्डेन ब्रिज कालीगण्डकी, ढोरपाटन, गाजाको दह, साग्दीको मन्दिर, नौडल्ले पहाड, घुम्टेको लेक, टेउवा मुर्ति सग्रलाहय, गाइघाट झरना, भैरवस्थान मन्दिर, बलेवा एयरर्पोट, पैयुथन्थाप माई, हाडीकोट, भकुण्डे भ्युटावरमा आउ जाउ गर्ने पर्यटकहरुलाई भकुण्डे गाउँको होमस्टेमा समेत आवगमन गराउनका लागि पहल गर्नुुपने अवस्था छ । पर्यटनलाई डलरको खेतीको व्यापार भन्छन् तर भकुण्डेका मानिसहरुको बसाइ सराइ तिव्र गतिमा भएको, जनसख्या तिव्र गतिमा घटेको, उत्पादन हुने जग्गा जमिन बाँझो हुने क्रम बढेकोले पुर्वाधार विकासको रुपमा रहेको खानेपानी, मोटरबाटो, भवन, कृषि, पशुपालनमा उद्यमशिलतासँग जोडेर नवप्र्रवतनमा लाग्नुपर्ने सोच अगाडी ग्रासरुट तरिकाले भकुण्डेमा बढाउन जरुरी भएको छ ।

भकुण्डे र सिरुवारीको मितेरी सम्बन्धको पटकथा
स्याङजा जिल्लामा क्याप्टेन रुद्र बहादुर गुरुङले लगाब, योगदान र परिश्रम बढाएर सिरुवारीलाई होमस्टे ( घरबास) का कारण भ्रमण गराउनमा थुप्रै आन्तरीक र बाह्रय पर्यटक भित्राउन सफल भए । सिरुवारी गुरुङ बस्ती भएकोले लमजुङ जिल्लाका घले गाऊँ , भुुजुङ गाऊँ, सिग्दी गाउँ, राइनासकोट गाऊँ जस्तै बढी परिचित हुन पुग्यो । राज्यका पर्यटन सम्त्रन्धी निकायहरुले नियमित अनुगमन र पुर्वाधार विकासले यात्रालाई सहज बनाई दियो । बागलुङ भकुण्डेको धौलेचउरमा पनि होमस्टेको विकास र विस्तारको सस्थागत अभियानको प्रतिफल रुद्रमान गुरुङ स्मृति पार्कको सोच आयो । होमस्टेको तालिम,गोष्ठी,भ्रमण हुँदा नेपालमा होमस्टेका सस्थापक स्व. रुद्रमान गुरुङ भएको जानकारी हुन आएपछि उहँको थप जिवनीहरु समेत अध्यययन हुन थाल्यो । भारतीय सेनाबाट अवकाश पाएपछि नेपाली काग्रेसको राजनीतिबाट सांसद समेत भएको पाइन्छ । भकुण्डेका होमस्टे अभियन्ताहरुलाई विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदा उच्च सम्मान र प्रशंसा अकल्पनीय रुपमा गरेको र सम्मानको समयमा उत्पन्न भावनाको उजागर पछि भकुण्डे गाउँमा पर्यटनका थप पुर्वाधारु निर्माण गर्न लागि अपप्र्यात स्रोत तथा साधनहरु भएपनि निरन्तर लागि लाग्न पुग्दछन् । होमस्टेको अनुभव आदान प्रदान गर्ने, होमस्टेको भावी योजना निर्माण गर्ने, सशक्तिकरण गर्ने, एक आपसमा स्थलगत भ्रमण गर्ने शिलशिलामा नयाँ र नौलो ऐतिहासिक पार्क स्थलको रुपमा रुद्रमान गुरुङ स्मृती पार्क बनाउनमा सोच आएको र घना मगर बस्तीहरुको बिचमा समेत गुरुङ समुदायको नेपालका होमस्टेका पिताको शालिक अनावरण गरेर पर्यटकीय गन्तव्य बनाउने सोच र योजना बनेको होमस्टे संचालक खिम बहादुर थापाले बताउनुहुन्छ ।

खासमा नेपाल भित्रका विभिन्न शहर, पालिका र नगरपालिका भित्र भगिनी सम्बन्ध स्थापना गर्ने समयमा बढी मात्रामा नगर प्रमुख, गाउँपालिका अध्यक्ष नै बढी अग्रसर भएर लागि परेको होमस्टेका इतिहासका पानाहरु र भगिनी सम्बन्धमा खोजी गर्दा देखिन्छ । सिरुवारी र भकुण्डे मात्र नभैकन अरु थुप्रै गाऊँ शहर र प्रदेशहरुका पालिका विच भगिनी सम्बन्ध स्थापना गर्न पाएमा अझै एक आपसमा अनुभव र ज्ञान आदान प्रदान भै सस्थागत विकास र विस्तार गर्न सकिने कुरालाई उजागर गर्न सकिन्छ । भकुण्डे घुम्न आउने पर्यटकलाई सिरुवारीको बारेमा जानकारी दिने र सिरुवारीमा आउनेलाई भकुण्डेका बारेमा विस्तृत जानकारी गराई पाहुनालाई बढी भन्दा बढी लोभ्याएर आर्थिक उर्पाजन गर्न सकिन्छ । पर्यटकलाई पालो सिस्टममा रुपान्तरण गर्न सकेमा पक्कै पर्यटकको फोलो बढन् सक्छ । कतै कतै त पर्यटनलाई सकारात्मक हल्ला र प्रचार प्रसारको व्यापार समेत भन्ने भएकोले सो गर्नमा निरन्तरता दिनमा कन्जुस्याई गर्नु हुँदैन ।

अतिथि सामुदायीक होमस्टे बागलुङ र सिरुवारी सामुदायिक हामेस्टे स्याङजा विचको मितेरी सम्बन्ध कायय गर्ने सम्बन्धी समझदारी पत्र २०८० सालको अनुसार वि.स. २०७३ साल देखि दर्ता भएर ९० शैयामा पाहुनालाई स्वागत दिन तम्तयार रहेको छ । मिति २०८० चैत्र २८ गते भगिनी सम्बन्ध स्थापना भएकोले नेपाल भरका सामुदायिक होमस्टेका असल अभ्यासलाई अवलोकन, भम्रण गरेर आदान प्रदान गनुृपर्दछ । एक आपसमा होर्डिङ बोर्ड निर्माण गरेर जनस्तरमा जानकारी दिने सम्झौता भएको छ । भकुण्डे गाऊँ समुन्द्र सतह ८५० मिटर देखि २३५० मिटरको उचाईमा अवस्थीत रहेको छ भने सिरुवारी गाउँ समुन्द्र सतह देखि१६१० मिटरमा अवस्थीत भएको छ । आधीखोला गाउँ पालिकाको वडा नं. १ मा अवस्थीत सिरुबारी सामुदायिक होमस्टे २०५४ कार्तिक २३ गते अगुवा श्री रुद्रमान गुरुङले संचालन गरेको पाउन सकिन्छ ।

आगामी दिनहरुमा पर्यटकको लागि पर्यटनमा लागि
विकाससँगै विनाश आउने संभावनालाई मध्यनजर गदौ पर्यटकसँग आउने विभिन्न खालका विकृतिहरुलाई निस्तेज गर्नमा ध्यान पुरयाउनु पर्ने देखिन्छ । सरुवा रोगहरुको आगमन हुने, बढी मात्रामा मादक पदार्थ,दुव्र्यसनको पारखीहरु पर्यटक भएर आउने, मौलिक कला सस्कृतिलाई अतिक्रमण गर्ने गरेर बाह्रय कला,सस्कृति भित्रिने, अनुसन्धान तथा खोजका लागि हुने गतिविधिहरु हाम्रा लागि अनुदान, सहयोग घातक हुने परिपाटी प्रति सजक हुनु पर्दछ । आगामी दिनहरु थप थुप्रै नेपाल भित्र र बाहिरका शहर प्रति बफादारी र हितैषी भावना अनुसार भगिनी सम्बन्ध स्थापित गर्नमा पहल गरेर धेरै भन्दा धेरै सकारात्मक सोच सर्कुलेसन गर्नमा पाइला चाल्नुको विकल्प छैन । पर्यटन सस्कारको सँगै पुर्वाधार,शिक्षा र स्वास्थ्यमा समेत ध्यान पुरयाउनमा समेत जानकारी दिनुपर्छ । होमस्टेको सकारात्मक सस्कार सबै गाऊँ बस्तीहरुमा पुरयाउनु पर्दछ । बढदो सामाजिक सञ्जालको सदुपयोग गरेर भाइरल भुगोल बनाउन आगामी दिनहरुमा लाग्नु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *