बागलुङ मनाइयो धान दिवस (फोटो फिचर)


–खेमराज गौतम, बागलुङ

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन छ ।

बागलुङमा पनी कृषि ज्ञान केन्द्रको आयोजना तथा मिरमिरे कृषि सहकरी संस्थाको संयोजनमा बागलुङ नगरपालिका–४ कुडुँले फाँटमा धान दिवस मनाइएको छ । धान दिवसका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले खेत रोपेर धान दिवसको शुभारम्भ गर्नुभएको थियो ।

खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।


विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *