बागलुङमा राष्ट्रव्यापी मेयर कप फुटबल हुने

तस्बिरः मेयर कप फुटबल प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

आदर्श अनलाइन,बागलुङ

प्रादेशिक रुपमा शुरु गरिएको मेयर कप फुटबल अब राष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा आयोजना गरिने भएको छ ।

२०७४ सालमा पहिलो पटक गण्डकी प्रदेश स्तरिय मेयर कप फुटबल आयोजना गरेको बागलुङ नगरपालिकाले जिल्ला फुटवल संघ बागलुङको समन्वयमा यस पटकको प्रतियोगिता राष्ट्रिय स्तरको बनाएको पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

शहिद दिवसको अवसर पारेर आगामी माघ १६ गतेदेखि २२ गतेसम्म मेयर कप आयोजना गरिएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले नगर सभा मार्फत २१ लख ९६ हजार १ सय १० बजेट विनियोजन गरेको छ । बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगितामा देशभरबाट १२ देखि २० टिम सम्मले सहभागिता जनाउने अपेक्षा गरिएको संघका अध्यक्ष गुरुङले बताए ।

‘स्थानीय तहको निर्वाचनको पहिलो बर्ष शुरुवात भएकाले प्रादेशिक स्तरमा गरेका थियौ,’ बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले भने,‘प्रादेशिक रुपमा गर्दा प्रतिस्पर्धा र खेलको दायरा अझ साँघुरो भए जस्तो आभाष र अनुभूति भएकाले अहिले प्रतिस्पर्धाको दायरा फराकिलो बनाएका छौ ।’ उहाँले मेयर कप फुटबलले खेलकुदको माध्यमबाट खेल प्रर्वद्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने बिश्वास समेत व्यक्त गरे । प्रतियोगितामा देशभरका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले भाग लिन पाउनेछन् ।

प्रतियोगिताको उपाधि बिजेताले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख रुपैयाँ तथा सेमिफाइनल पुग्ने दुई समूहले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार र विधागत तर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान स्वरुप ५ हजारका दरले नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले २ हजार पाउनेछन् ।

नगरपालिकाले २०७४ सालमा गण्डकी प्रदेश स्तरिय मेयर कप फुटवल प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त प्रतियोगितामा वालिङ नगरपालिका स्याङ्जाले पोखरालाई पराजित गर्दै उपाधि जितेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *