यूएईसँग नेपाल ४८ रनले पराजित

आदर्श अनलाइन, काठमाडौँ
ईसीसी क्रिकेट विश्वकप लिग–२ को युएईमा जारी त्रिदेशीय शृंखलामा नेपाल घरेलु टोली युएईसँग ४८ रनले पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पाछ्याएको नेपालले ३५।१ ओभरमा सबै विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो ।

यस प्रतियोगितामा नेपालको यो पाँचौं हार हो । नेपाल यसअघि पनि २२ फेब्रुअरीमा सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पनि युएईसँग ६८ रनले पराजित भएको थियो । त्यो हारसँगै नेपालको ट्वान्टी–२० विश्वकप यात्रा टुंगिएको थियो ।

जितसँगै युएईले १६ खेलबाट २० अंक जोडेको छ । युएई अंक तालिकाको दोस्रो स्थानमा छ । २८ खेलबाट ३६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । नेपालले १० खेलबाट १० अंक जोड्दै छैटौं स्थानमा छ । नेपालभन्दा तल पीएनजीमात्र छ । पीएनजी अंकबिहीन छ । नेपालले बुधबार पीएनजीलाई दुई विकेटले हराएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *