आईटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

आदर्श अनलाइन, बागलुङ
नवौं राष्ट्रिय खेलकुद अन्तरगत आईटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी च्याम्पियन बनेको छ । बागलुङ बजारमा बुधबार सम्पन्न आईटिएफ तेक्वान्दोमा १३ स्वर्ण, ८ जत र ३ काश्य सहित २४ पदकका साथ आर्मी पदक तालिकाको शीर्षस्थानमा रहयो ।

६ स्वर्ण, ३ रजन र ३ काश्य सहित १२ पदक जितेको बागमती प्रदेश दोस्रो, ५ स्वर्ण, ८ रजन र २ काश्य सहित १५ पदक जितेको गण्डकी प्रदेश तेस्रो स्थानमा रहे । यस्तै प्रदेश नम्बर १ ले ३ स्वर्ण, २ रजत र ५ काश्य, लुम्बिनी प्रदेशले १ स्वर्ण, ३ रजत र ८ काश्य, एपिएफ क्लबले १ स्वर्ण, ३ रजत र २ काश्य पदक जिते ।

यस्तै कर्णली प्रदेशले २ रजत र २ काश्य पदक जित्योभने नेपाल पुलिसले ४ काश्य र मदेश प्रदेशले १ काश्य पदक जित्यो । आईटिएफ तेक्वान्दो प्रतियोगितामा सुदुरपश्चिम प्रदेश पदक विहीन रहन पुग्यो । शनिबारदेखि बागलुङ नगरपालिका–१ रामरेखामा रहेको तेक्वान्दो संघको बाङ्गेचौर तेक्वान्दो कबर्डहलमा भएको प्रतियोगितामा आईटिएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेलहरु भएका थिए ।

प्रतियोगतामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० जना खेलाडीहरुले सहभागिता जनाएको आईटिएफ तेक्वान्दो संघका केन्द्रीय सचिव एवम् बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । उनले प्रतियोगितामा २९ स्वर्ण, २९ रजत र ३० काश्य सहित ८८ पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गरेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *