म्याग्दी कप : तेश्रो दिन सकिदा सम्म सेमी प्रवेशमा अझै तीन टिमको अन्यौल


अमृत बास्कुने, म्याग्दी

हिमाली जिल्ला म्याग्दीको बेनीमा चैत १ गते देखि शुरु भएको म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको तेश्रो दिन सम्मको खेल सकिदा पनि सेमी फाइनल प्रवेश गर्ने बुद्ध युवा क्लब बाहेक अन्य टोलीको टुंगो हुन सकेको छैन ।

१० वटा क्लब सहभगी भएको लिग फुटबलमा तीन दिनको खेल सकिदा सम्म पनि कुनै पनि समूह अघिल्लो चरणमा पुग्ने पक्का हुन सकेको छैन । म्याग्दी कप–२०७९ व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सह–आयोजनामा जारी फुटबलमा समूह ए मा रहेका अर्थुङ्गे युनाइटेडले तीन खेल सकिदा सम्म तीन अंक मात्रै जोडेको छ भने मालिका फुटबल क्लबले अंक बिहीन भएर समूह चरणबाटै बाहिरिने पक्का गरेको छ । अन्य तीन क्लबहरु भने कुन चाँही बाहिरीने केही टुंगो छैन ।

बारी मण्डली क्लब, मनसुन क्लब र कालिपुल युनाइटेड क्लब मध्ये कुनै एउटा टोली बाहिरीने भए पनि कुन बाहिरीन्छ भन्न सक्ने अवस्था छैन । बारी मण्डली क्लबले तीन खेलमा २ जित र एक बराबर सहित ७ अंक बनाएको छ भने मनसुनले दुई खेलमा दुवै जीत सहित ६, अंक जोडेको छ । कालिपुल युनाइटेडले तीन खेलमा एक जीत एक हार र एक बराबरी सहित चार अंक जोडेको छ । मनसुन २ खेल खेल्न बाँकी छ भने कालीपुल र बारी मण्डली एकएक बाँकी छ ।

अर्को समूहमा बुद्ध युवा क्लबले सेमी फाइनलमा स्थान पक्का गरी सकेको छ भने जेपीसी दरवाङ बाहिरीने पक्का भएको छ । नव उत्साही क्लब दुई खेलमा तीन अंक, एभरग्रिन दुई खेलमा तीन अंक र पश्चिम म्याग्दी युवा क्लबले पनि दुई खेलमा तीन अंक जोडेको छ ।

समूह ए बाट कुन टिम सेमीफाइनल पुग्ने टुंगो नभए पनि समूह बि बाट बुद्धले सेमीफाइनलको टिकट काटेको भए पनि अर्को कुन टीम अगाडी बढ्छ भन्न सक्ने अवस्था छैन ।

प्रतियोगिताको समूह बिजेता र उपबिजेता टोली सेमीफाइनल प्रवेश गर्ने र फाइनल बिजेता टोलीले नगद एक लाख १५ हजार र दोश्रो हुनेले ७० हजार रुपियाँ नगद सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् ।

यो पनि पढ्नुहोस्