नेपाल पुलिस क्लबलाई कालिका कपको उपाधि

आदर्श अनलाइन, बागलुङ
चैत्रेदसैँ मेलाका अवसरमा आयोजना गरिएको ‘कालिका कप खुल्ला पुलिस भलिबल प्रतियोगिता’ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिस क्लवले घुम्टे गलकोटलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो र तेस्रो सेट जितेको गलकोटले दोस्रो, चौथो र पाँचौ सेट गुमायो । गलकोटले पहिलो सेट २५–१८ र तेस्रो सेट २२–२५ ले जितेको थियो । पुलिसले दोस्रो २५–१८, चौँथो २५–२३ र पाँचौ १५–९ ले जित्यो ।

उपाधि जितेको पुलिसले तीन लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने गलकोट घुम्टेले एक लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगितामा १३ समुहको सहभागिता रहेको थियो । मेला गत चैत १३ गतेदेखि संचालन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *