खुल्ला पुरुष भलिबलको उपाधी कास्की आदर्शलाई

आदर्श अनलाइन, कतार

सर्वाधिक पुरस्कार राशीको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि कास्की आदर्श समाज कतारले उचालेको छ ।

इस्लाम धर्मालम्बीहरुको दोस्रो ठुलो पर्व बकर इदको अवसर पारेर कास्की आदर्श समाज कतारको आयोजना र गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद बिभागको सहकार्यमा सम्पन्न अन्तर नेपाली खुल्ला पुरुष भलिबलको उपाधी आयोजक कास्कीले उचालेको हो ।

१४ टिमको सहभागिता रहेको प्रतियोगितामा बिजेता बनेको कास्कीले नगद पाँच हजार कतारी रियल संगै ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै दोश्रो स्थान हासिल गर्न सफल युथ कलब–३८ ले नगद दुईहजार पाँच सय कतारी रियल, तेश्रो भएको स्याङ्जा सहयोग समाज कतारले नगद एक हजार रियल र चौथो बागलुङ सेवा समाज कतारले नगद पाँच सय संगै ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको कास्की आदर्श समाजका कतारका उपाध्यक्ष एवं खेल संयोजक अमृत विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा सर्बोत्कृस्ट खेलाडी कास्की आदर्श समाजका बिशाल बिक, उत्कृष्ट स्पाइकर युथ क्लब –३८ का सरोज थापा, उत्कृष्ट ब्लकर कास्की आदर्श समाजका राजेन्द्र पोख्रेल , उत्कृष्ट सटर कास्की आदर्श समाजका मनोज खड्का र उत्कृष्ट डिफेन्स स्याङ्जा सहयोग समाजका संजु सुनार लाई प्रदान गरिएको छ ।

राष्ट्रिय रेफ्री मनोज खड्का एवं राष्ट्रिय खेलाडी बिशाल बिक नेपाल देखि आएको प्रतियोगितामा चर्को गर्मिका बाबजुत पनि उल्लेख्य दर्शकको सहभागीता रहेको कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देवकोटाले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *