पुरुष भलिबलको उपाधि गलकोटलाई

आदर्श अनलाइन, बागलुङ
सातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश भित्रका पालिका स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा ताराखोलालाई सोझो सेटमा हराउँदै गलकोटले उपाधि जितेको हो ।

बिहीबारको सेमिफाईनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाईनल प्रवेश गरेको ताराखोलाले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा ३-० सेटले गलकोटलाई उपाधि बुझाउन पुग्यो । फाईनल खेलका गलकोट नगरपालिकाले तीन सेट नै २५-२०, २५-२२ र २५-२२ अन्तरले आफ्नो पोल्टामा पा¥यो ।

गलकोट नगरपालिको फाईनल प्रवेशका लागि बिहीबार ढोरपाटन नगरपालिकालाई पराजित गरेको थियो । संघर्षपूर्ण उक्त खेलमा पाँचौ सेटमा जित हात पार्दै फाईनल पुगेको गलकोट नगरपालिकालाई उपाधिका लागि भने संघर्ष गर्नु परेन ।

ताराखोला गाउँपालिकाका खेलाडीबाट रोटेसन परिवर्तनमा भएको गल्तीले पनि गलकोटलाई उपाधिका लागि सघाउ पु¥यायो । उपाधि विजेता गलकोट नगरपालिकाले नगद एक लाख ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार जितेको छ । गलकोटलाई उपाधि बुझाएर दोस्रो स्थानमा चित्त बुझाएको ताराखोला गाउँपालिकाले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ पाएको छ ।

शुक्रबार नै तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा ढोरपाटन नगरपालिकाले होटल माउन्टेन भ्यू काठेखोलालाई पराजित गरेको छ । आफुलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गर्दै प्रतियोगितामा अगाडि बढेको ढोरपाटन नगरपालिका बिहीबार गलकोट नगरपालिकासंग संघर्षपूर्ण खेलमा पराजित हुँदै बाहिरिएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा ढोरपाटनले माउन्टेन भ्यूलाई ३—१ सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट लगातार जितेको ढोरपाटनले तेस्रो सेट गुमाउँदा चौथो सेट जित्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।

पहिलो सेट २८-२६ र दोस्रो सेट २५-१८ ले जितेको ढोरपाटनले तेस्रो सेट २५-२२ ले गुमाउन पुग्यो । तेस्रो सेट गुमाएको ढोरपाटन चौथो सेटमा पुनरागमन गर्दै २५-१२ मा सेट जित्यो र तेस्रो स्थान आफ्नो लागि सुरक्षित ग¥यो । प्रतियोगितामा तृतीय स्थानजोगाएको ढोरपाटनले ५१ हजार एक सय ११ रुपैयाँ र सान्त्वना भएको माउन्टेन भ्यूले २५ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको भलिबल संयोजक सञ्जय श्रेष्ठले जानकारी दिनुभयो ।

सातौं बागलुङ महोत्सवकै अवसरमा आयोजना गरिएको खेला महिला भलिबलको उपाधि भने नवमालिकाले जितेको छ भने निर्माण व्यवसायी संघ बागलुङ दोस्रो भएको छ । पुस ११ गतेदेखि सुरु भएको सातौं बागलुङ महोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु भएको थियो । महोत्सव शनिबार सकिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *