आदर्श अनलाइन, बागलुङ
नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङको आयोजनामा तेस्रो लखनकप विविध खलकुदा तथा सांस्कृतिक कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार नेपाल मगर संघ बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङबीच मैत्रीपूर्ण भविबल प्रतियोगिता खेलेर कार्यक्रम उद्घाटन गरिएको हो । कार्यक्रम उद्घाटन गर्दै नेपाल मगर संघ बागलुङका पूर्व अध्यक्ष गणेश थापामगरले खेलकुदले नयाँ प्रतिभा उजागर गर्नका लागि टेवा पुग्ने बताए ।
‘अहिले विश्वमा खेलक्षेत्रबाट वर्चश्व कायम गर्ने होडबाजी चलिरहेको छ,’उनले भने,‘नेपाल जस्तो मुलुलकलाई खेल क्षेत्रमा अगाडि बढाउनका लागि यो प्रतियोगिताले पनि प्रतिभा पहिचान गरी नयाँ खेलाडी उत्पादनका लागि सहयोग पुग्नेछ ।’ नेपाल मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुनको अध्यक्षतामा भएको उद्घान कार्यक्रम नेपाल मगर विद्यार्थी संघका गण्डकी प्रदेश उपाध्यक्ष सागर घर्तीले सञ्चालन गरेका थिए ।
मैत्रीपूर्ण भलिबल प्रतियोगिता नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङको समुहले ३—२ को सेटमा जितेको छ । पहिलो र दोस्रो सेटमा लगातार हार व्यहोरेको पत्रकार महासंघ बागलुङले तेस्रो सेटमा पुनरागमन गर्दै आफ्नो पक्षमा पारेको थियो । चौथो सेट पनि जित्दै महासंघले खेल जित्ने आशालाई जिवित राखे पनि अन्तिम तथा पाँचौ सेटमा १३—१० को अवस्थामा सम्हालिन नसक्दा खेलमा हार व्यहोर्न पुग्यो । खेलमा पहिलो सेट नेपाल मगर संघ बागलुङले २५—२१ र दोस्रो सेट २५—२१ मै जित्यो ।
तेस्रो सेटमा पुनरागमन गर्दै नेपाल पत्रकार महासंघ बागलुङले २५—१८ मा जित्दा चौथो सेट २५—१९ मा हात पा¥यो । पाँचौ तथा अन्ति सेटमा पनि पत्रकार महासंघ १३—१० को स्थीतिमा रहँदा नेपाल मगर संघ बागलुङले १८—१६ मा आफ्नो पक्षमा पा¥यो । दोस्रो दिन अन्गर्तत प्रतियोगितात्मक कार्यक्रमहरु सुरु हुनेछ । पुरुष भलिबल प्रतियोगितामा अहिलेसम्म १३ समुहको सहभागिता रहेको र शनिबार बिहान ८ बजेभित्र आईपुग्ने समुहलाई खेलमा सहभागी बनाईने भलिबल संयोजक किशोर थापाले बताए । महिला भलिबल प्रतियोगिा भने १३ गते सञ्चालन हुनेछ ।
पुरुष भलिबल विजेता समुहले नगद ८१ हजार एक सय ८१ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने समुहले नगद ४१ हजार एक सय ४१ नगर पुस्रकार पाउनेछ भने सेमिफाईनल पुग्न टिमले नगद १० हजारका दरले पाउनेछन् । महिला भलिबलको प्रथम हुनेले नगद ३० हजार, द्वितीय हुनेले नगद १५ हजार रुपैयाँ पाउनेछन् । खुला ताराखेल प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार, द्वितीय पुरस्कार नगद २५ हजारको व्यवस्था गरिएको छ । मगर समुदाय भित्रको मात्रै सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार तृतीय हुनेले ५ हजार नगद पुरस्कार पाउने भएका छन् ।
४० वर्ष माथिमा मगर समुदाय भित्रको मात्रै खुला नृत्य प्रतियोगितामा हुनेछ । त्यसमा भने पुरस्कारको घोषणा गरिएको छैन । यसलाई प्रतियोगितात्मक नभई निर्णायकले विभिन्न समुहमा हेरेर पुरस्कार दिने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । मगर समुदायका लागि मात्रै खुला छेलो फाल्ने प्रतियोगिता पुरुषतर्फ प्रथम पुरस्कार नगद ८ हजार, द्वितीय पुरस्कार नगद पाँच हजार र तृतीय पुरस्कार नगद तीन हजार राखिएको छ । महिला छेलो फाल्ने प्रतियोगिता मगर समुदाय भित्रको लागि मात्रै प्रथम पुरस्कार पाँच हजार द्वितीय पुरस्कार तीन हजार र तृतीय पुरस्कार एक हजार पाँच सय राखिएको छ ।
मगर समुदाय भित्रका मात्रै पुरुष रस्साकस्सी बिजेताले नगद १० हजार र उपविजेताले नगद पाँच हजार पुरस्कार पाउनेछन् । मगर समुदाय भित्रको मात्रै महिला रस्साकस्सी प्रतियोगितामा प्रथम हुनेले पाँच हजार द्वितीय हुनेले नगद दुई हजार पाँच रुपैयाँ पुरस्कार पाउनेछन् । दर्ता शुल्क तीन सय रुपैयाँ मात्रै राखिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ बढि खर्च लाग्ने र विभिन्न व्यक्ति संस्था र स्थानीय सरकारसंग सहयोग मागरिएको नेपाल मगर संघ जिल्ला समन्वय समितिका कोषाध्यक्ष प्रकाश थापामगरले जानकारी दिए ।
फागुन १५ को दिन बिहान जातिय पहिचान र भेषभुषा संस्कार संस्कृति सहित बिहान १० बजे नेपाल मगर संघको भवनबाट ¥याली सुरु भई बागलुङ बजार परिक्रमा गरेर कालिका पिकनिक स्पोटमा पुगेर सभामा परिणत हुनेछ । फागुन १५ को दिनमा सबै मगर समुदायलाई आफ्नो भेषभुषामा ठिक १० बजे ¥यालीमा सहभागी हुन मगर संघ बागलुङले आह्वान समेत गरेको छ ।
उक्त अवसरमा विभिन्न संघ संस्थामा नेतृत्व गरिरहेका मगर समुदायका व्यक्तित्व, नेपाल मगर संघको प्रथम महाधिवेसनमा बागलुङबाट प्रतिनिधि भएकाहरु र केन्द्रीय सदस्यमा निर्वाचित यामबबहादुर श्रीसलाई सम्मान गर्ने कार्यक्रम राखिएको नेपाल मगर संघ बागलुङको प्रचार प्रसार संयोजक संगम घर्तीमगरले बताए ।