सांसद भन्दा क्रसर व्यवसायी शक्तिशाली !

आदर्श अनलाइन
बागलुङ

पछिल्लो समय कालीगण्डकी नदी दोहनको बिषयले देश नै तरंगित छ । बागलुङ क्षेत्र नम्बर १ का संघिय सांसद डा. सूर्य पाठकले मध्यरातमा आँफै नदी दोहनको प्रत्यक्षदर्शी बनेपछि भोगाई सहित संसदमा कडा प्रश्न राख्दा नदी दोहनमा जोडिएका व्यवसायीले मोवाइल र सामाजिक सञ्जाल मार्फत समेत खुल्ला चुनौति दिन थालेका छन् ।
‘मलाई क्रसर व्यवसायीले सोमबार साँझ फोन गरेर कति समय हिड्लास, पख्लास जस्ता विषयमा धम्की दिएका छन्,’ पाठकले आदर्श अनलाईनसँग भन्नुभयो, ‘म बालुवा तस्करसँग डराएको त हैन, तर देशमा सांसद भन्दा शक्तिशाली तस्कर रहेको अनुभुति भयो ।’ उहाँले यस बिषयमा जिल्लाका प्रहरी, प्रशासन, स्थानीय तह र निकायका जनप्रतिनिधिको मौनता पनि सोचनिय बिषय भएको बताउँनुभयो । ‘मैले प्रहरीसंग सुरक्षा मागेको छैन, नदी दोहनको विषय उठाउदा धम्की आउँछ भने म जनतालाई सोध्छु मैले गल्ती त गरिन ?’ पाठकले भन्नुभयो । कसले धम्की दिएको भन्ने प्रश्नमा सांसद पाठकले एकले नभई धेरै व्यक्तिको फोन आएको बताउनुभयो ।
पाठकले सांसदमा कालिगण्डकी नदी दोहनको विषयलाई लिएर कडा रुपमा प्रस्तुत भएपछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । यस विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टलाई जिज्ञासा राख्दा सांसद पाठकले जानकारी गराए सुरक्षा दिन तयार रहेको बताउनुभयो । ‘प्रहरी घटना स्थलमा ढिलो पुग्यो भन्ने आरोप छ’ भट्टले भन्नुभयो, ‘रातको समयमा खोलामा जाँदा ठूलो संख्यामा प्रहरी परिचालन गर्दा ढिलाई भएको हो ।’
नदी सिंचाई हुने वर्खा असार साउन र भदौंमा नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने भएपनि अवैध रुपमा कालीगण्डकी नदीको पर्वत र बागलुङ खण्डमा दोहन जारी छ । यस बिषयमा आवश्यक पहल कदम लिनुपर्ने जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, बागलुङ नगरपालिका कार्यालय भने मुकदर्शक देखिएका छन् ।
तल हेनुहोस् नदी दोहनका बिषयमा सांसद पाठकको फेसबुक स्टाटस
Surya Pathak ११ घण्टा अघि
म ठूला माफिया र दलालहरुको बिरुद्द संसदमा आवाज सहित लडिरहेको छु। सडकमा भुरा माफियाहरुसंग लडिरहेको छु। कहिले मलाई ठेक्दारले मुद्धा हाल्छु भन्छन कहिले बालुवा तस्करले धम्कि दिन्छ्न । म मदन भण्डारीको चेला हुँ । ९म आमाले जन्माउदा च्याय गरेर रोएर आएको हुँ० मर्दा हाँसेर मर्छु । म कहिलै प्रहरीसंग सुरक्षा माग्दिन , प्रहरी अघि पछि लागेर हिड्दिन । बाग्लुङका चोकचोकमा एक्लै हिड्छु । मैले जिवनको जोखिम मोलेर राजनितिमा आएको हो । माफियाहरु जे सक्छौ त्यही गर, प्रहरी प्रशासन पनि तिमिहरुले नै किनेका छौ । जहाँ तिमिहरुको बोल बलाउछ।
तल हेनुहोस् नदी दोहनका बिषयमा क्रसरी व्यवसायीको स्टाटस
Biplab Hamal १४ घण्टा अघि
गरेर खाएक‍ो रिस नगर।बगेर खेर गएको बालुवालाई सदुपयोग गरि बिकास निर्माणमा सहयोग पुर्याउ ।हावा कुरा गरेर समय बर्बाद नगरौ ।जुनसुकै फोरममा बार्ता गर्न तयार ।पंचायतका प्रधानपंच भीमनाथको हत्या भएजस्तो ब्यबसायीको हत्या गर्न नखोज ।गिटी,बालुवा भारतबाट ल्याउन पर्ने भयो अब १
Bashyal Babu Moh १३ घण्टा अघि
माननीय सुर्य पाठकले काली गण्डकी मा सन्चालित क्रोसर उधोग ले गिट्टी बालुवा उथखन्न को बिरोध गर्नु भयछ खुसी लाग्यो उहालाइ काली गण्डकी हेर्नी फुर्सद पनि भयछ।तर प्रतेक बर्ष काली गण्डकी ए जलविद्युतमा बालुवा सफाइ गर्दा करोडौं रुपैया खर्छ भयको देख्नु भयन्छ।
प्रतेक बर्ष मुस्ताङ को बालुवा बगेर जान्छ बिहार पुग्छ के अब निर्माण सामाग्री बिहार बाट ल्याउनी माननीय जिउ काली गण्डकी मा एउटा दुइटा होइन सयौ क्रसर उधोग सन्चालन गरिनु पर्छ ।
९ अलिकती युवाले रोजगार पायका थिय सबै बन्दा गर्देउ माननीय जिउ तिम्रै छ पालो बिहार बाट बालुवा ल्याउ अनि देश बिकास गर०

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *