बिषादीयुक्त आयात रोक्न गलकोटमा ‘एक घर, एक करेसावरी’

–आदर्श सञ्चार अनलाइन
बागलुङ

जिल्लाको गलकोट नगरपालिका–३ नम्बर वडा कार्यालयले यो आर्थिक वर्ष देखि ‘एक घर एक करेसावारी’ कार्यक्रमलाई अनिवार्य गरेको छ ।
विषादी तरकारीको आयत रोकी अर्गानिक तरकारी उत्पादन गरी सेवन गर्ने उद्देश्यका साथ ‘एक घर एक करेसावारी’लाई वडा भित्रका प्रत्येक घरलाई अनिवार्य गरिएको छ । करेसावारीलाई अनिवार्य गर्दा शारिरिकरुपमा व्यायम हुने तथा अर्गानिक तरकारी घरमै उत्पादन हुँदा विषदी जन्य तरकारी सेवन हटेर जाने भन्दै वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको गलकोट नगरपालिकाले जनाएको छ ।
वडा कार्यालयको बजार क्षेत्र भन्दा बाहिरकालाई अनिवार्यरुपमा ‘एक घर एक करेसावारी’ निर्माण गर्नका लागि प्रत्येक घरलाई तरकारीका छ प्रकारका विउँ निशुल्क उपलवध गराएको वडा अध्यक्ष विरजंग भण्डारीले बताउनुभयो । ‘प्रत्येक घरलाई साग, मुला, केराउ, सिमि, धनिया तथा प्याजका विरुवा निःशुल्क वितरण गरेका छौं’ भण्डारीले भन्नुभयो ‘एक घर एक करेसावारीले स्वस्थ शरिरमात्र हैन घरलाई समेत शुन्दर राख्नेछ ।’ वडा भित्रका ५०० घरधूरीले अनिवार्यरुपमा करेसावारी निर्माण गर्नुपर्नेछ त्यसका लागि कृषि प्राविधिकको समेत व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।
हटिया बजारसम्मै तराईका जिल्लाहरुको तरकारी आयातहुन थालेपछि यो वर्ष ‘एक घर एक करेसावारी’ निर्माण गर्नका लागि वडा कार्यालयले रु. तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । वडा नम्बर तीनले शुरु गरेको ‘एक घर एक करेसावरी’ अभियानलाई नगरपालिकाभर वनाउने योजनामा रहेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।
घरघरमा तरकारीको विउँ उत्पादन गर्ने र तरकाली खेती तथा प्रराङ्गारिक मल उत्पादनका लागि प्रत्यक्षरुपमा प्राविधिक सहयोग गर्ने कृषि प्राविधिक रुद्र पाठकले बताउनुभयो । विषाती तरकारीको सेवन गर्नाले मानिसको मस्तिष्कमा असर गर्ने, मुटु तथा अन्य रोगको संक्रमणहुने भएकाले यसलाई घटाउनका समेत एक घर एक करेसावारी अनिवार्य गरिएको हो । अनिवार्य करेसावारी नवनाउने र उत्पादन नगर्ने घरलाई नगरपालिकाद्वारा प्रदान गरिने अनुदान तथा सहयोग कट्टी गर्नेसमेत गरिने वडा कार्यालय हटियाले जनाएको छ । वडा कार्यालयले अर्को आर्थिक वर्षमा एक घर एक करेसावारीलाई थप बजेट विनियोजन गर्ने योजना बनाएको छ । वडा कार्यालयले ल्याएको योजना निकै प्रशंसायोग्य भएको गलकोट नगरपालिकाका–३ का अगुवा कृषक धन बहादुर अधिकारीले बताउनुभयो । अधिकारीले पैसा संग विष साटेर खाने प्रविृतिको अन्त्यका लागि घरमै अर्गानिक तरकारी उत्पादनमा लागनुपर्ने सुझाव समेत दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *