लोकमार्गको खहरे खोलामा पक्की पुल निर्माण

आदर्श सञ्चार अनलाइन
बागलुङ

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगतको बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा मोटरेवल पुल निर्माण गरिएको छ ।

बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा मोटरेवल पुल निर्माण भएपछि सवारी साधन तथा पैदल यात्रुलाई सहज भएको छ ।

वर्खाका निकै ठूलो खोला बग्ने खहरेखोलामा सवारी साधन आउजाउ गर्नका लागि निर्क समस्या भएका कारण १८ महिना अगाडी पुल निर्माण थालिएको मध्यपहाडी लोकमार्गले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्डमा निर्माण भएका आदा दर्जन पुल मध्य अन्तिम पुल खहरेखोलामा निर्माण गरिएको आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिनुभयो।

पुल निर्माण अगाडि वर्खाको समयमा खोलामावाट निकै जोखिम मोलेर सवारी साधन तथा पैदलयात्रुहरु आवत जावत गदै आएका थिए । पुल निर्माण संगै सवारी साधन तथा पैदलयात्रुहरुलाई एकैसाथ सहज भएको स्थानीयहरुले बताएका छन् । खहरे खोलामा झुलुङ्गे पुल समेत नहुँदा पैदलयात्रीहरुलाई खोला तर्नुपर्ने बाध्यता थियो । १८ महिनामा सक्ने गरी जयबाबा/ओखलढुङ्गाा/बिएमए निर्माणसेवाले ठेक्का मार्फत पुल निर्माण गरेको हो । समयमानै मोटरेवल पुल निर्माण नहुँदा यात्रुहरुले समस्या भोगिरहेको सन्र्दभमा खहरेखोला मोटरेवल पुन भने समयअवधि भित्रै सकिएको छ ।

२० मिटर लम्बाई तथा ११ मिटर चौडाई रहेको उक्त पुल रु.२ करोड ८९ लाखमा निर्माण गरिएको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि बिमलेश आचार्यले बताउनुभयो । ‘लोकमार्गले निर्माण गरेको पुलको डिजाइनमा समस्या नभएको भए १० महिनामै सकिन्थ्यो’ आचार्यले भन्नुभयो ‘पुरस्कारको छनौटमा परेको पुल डिजाइन सच्चाउदा समयअवधि भित्र मात्र निर्माण गर्न सकियो ।’ पछिल्लो समय मध्यपहाडी पुष्पलाल लोकमार्गले गति लिन थालेको छ । आगामी असार सम्म लोकमार्गको बागलुङ खण्ड कालोपत्रे गर्नेगरी काम अगाडि बढेको लाकमार्ग आयोजनाले जनाएको छ । अहिले  खहरे खोला नजिकैको चट्टान कटानका लागि लोकमार्गको बागलुङ खण्ड दैनिक ८ घण्टा बन्द गरिदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *