बार्षिक समिक्षामा बागलुङका १३ सांसद अनुपस्थित

आदर्श अनलाइन
बागलुङ

बागलुङको जिल्ला स्तरिय बार्षिक समिक्षा आइतवारदेखि शुरु भएको छ ।

समिक्षाक कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख,उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत सहभागी छन् ।

जिल्लाको समग्र विकासको समिक्षा र भावी कार्ययोजना तय गर्ने महत्वपूर्ण कार्यक्रममा जिल्लाबाट प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने १५ सांसदमा १३ सांसद भने अनुपस्थित देखिए । समिक्षाको पहिलो दिन मञ्चमा दुई जना सांसद मात्र देखिए । जिल्लाबाट गण्डकी प्रदेश र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १५ सांसद मध्ये बागलुङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ निर्वाचित सांसद डा.सुर्य पाठक र सोही क्षेत्रको प्रदेश ‘क’बाट निर्वाचित इन्द्रलाल सापकोटा उपस्थित हुनुहुन्थ्यो ।

समिक्षा कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले संघिय र प्रदेश सरकारले योजना छनोट र सञ्चालनमा आँफुहरुलाई बेवास्ता गर्ने गरेको गुनासो राखे । उनीहरुले कुनै स्थानीय तहमा बढी र कुनै स्थानीय तह प्रदेश र केन्द्रको योजना, बजेटमा खाली हुनु दुर्भाग्यपूर्ण भएको भन्दै सांसदहरुको ध्यानाकर्षण गराए । तर, यो सुन्नेमा दुई जना सांसद मात्र देखिए पनि स्थानीय तहका प्रमुहरुले जिल्लाको यति महत्वपूर्ण छलफलमा नआउने सांसदहरुलाई कटाक्ष समेत गरे ।

‘अघिल्लो बर्षको जिल्ला स्तरिय समिक्षा कार्यक्रममा पनि देख्न पाएनौ,’ निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भन्नुभयो,‘प्रदेश र केन्द्रका योजनाबारे हामी बेखवर हुने अवस्था छ, यस्तो महत्वपूर्ण कार्यक्रममा जिल्लाका माननीय सांसद ज्यूहरुलाई किन देख्न पाउदैनौ ? सिधा गुनासो राख्न पाउँदैनौ ? जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले सबै सांसदलाई निम्तो गरिए पनि बिभिन्न कार्यव्यस्तता देखाएर नआएको बताउनुभयो ।

बार्षिक समिक्षा सोमवार सकिदैछ । आइतवार स्थानीय तहले आँफ्नो बार्षिक प्रगति प्रस्तुत गरेका छन् भने सोमवार सरकारी कार्यालय र गैरसरकारी संघ संस्थाले प्रगति बिवरण प्रस्तुत गर्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *