स्लो बाइक रेसमा खत्री र गोतामे प्रथम

साधना पन्त
बागलुङ

जिल्ला सदरमुकाममा जारी जेसीज सप्ताहको तेस्रो दिन सोमवार स्लो बाइक रेस प्रतियोगिता गरिएको छ ।

तिव्र गतिमा सवारी चलाउदा हुने दुर्घटना न्युनिकरण गर्ने सन्देश सहित आयोजित प्रतियोगितामा पुरुष तर्फ बेनी नगरपालिकाका सुरज खत्री बिजयी हुनुभयो । खत्रीले निर्धारित दुरी सबै भन्दा ढिलो १ मिनेट १४ सेकेण्डमा पार गर्दै उपाधि जित्न सफल हुनुभएको हो ।

महिला तर्फ बागलुङ नगरपालिका १ का मिना गोतामे प्रथम हुनुभएको छ । गोतामेले निर्धारित दुरी जम्मा ३६ सेकेण्डमा पार गर्दै पुरस्कृत हुनुभएको हो । प्रतियोगितामा ७३ जनाले सहभागिता जनाएको प्रतियोगिता संयोजक सुराक शाक्यले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले गर्नुभयो । उद्घाटन पछि बोल्दै भट्टले तिव्र गतिमा सवारी चलाएर स्मार्ट देखिने युवाहरुको गलत सोचबाट गम्भिर दुर्घटना हुने गरेकाले यस्ता कार्यक्रमले सकरात्मक सन्देश र सोचका लागि सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सत्यदेवी स्मृति कोषका संरक्षक शैलेन्द्रकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जेसीज सप्ताहका बारेमा मुल संयोजक आकृति भण्डारीले प्रकाश पार्नुभएको कार्यक्रम बागलुङ जेसीजका शाखा अध्यक्ष एञ्जिल शाक्यको अध्यक्षता र संयोजक सुराक शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *