सिर्जना पन्त/बागलुङ
‘१७ वर्षमा विहे भयो, २७ वर्षमा विधुवा भए । यही बिचको १० वर्षमा स्वर्ग र नरक जस्तो जीवन भोगाइको अनुभव काठेखोला गाउँपालिका–७ रेशकी ३१ बर्षिया गिता जिसीसँग छ । जिल्लाको काँठेखोला गाउँपालिका ६ सुल्डाँडामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित इक्वेल एक्सेस, स्टोरी किचन, युएन ओमनको संयुक्त आयोजनामा भएको ‘सामाजिक मुल्य, मान्यता, परिर्वतन र परम्परागत हानिकारक अभ्यास’बारे आयोजना गरिएको अन्तर पुस्ता सम्बाद कार्यक्रममा त्यही कहाली लाग्दो जीवनको कथा सुनाउँदा गिता भक्कानिनु भयो । अहिले जिसी आँफ्ना दुई सन्तान निसा र गणेशका साथमा हुनुहुन्छ ।
विहे भएको एक वर्षमै छोरी जन्मिइन् । पछि विस्तारै थाहा भयो छोरी अपाङ्ग रहेछन् । छोरीकै लागि भनेर ८ वर्ष उपचारका लागि भारतको बम्बईमा बस्नुभयो । ‘उपचारका लागि सकेको प्रयास ग¥यौ,’ गिताले भन्नुभयो,‘केही सिप नलागेर छ वर्ष पहिले घर फर्कियौं ।’ घर आएपछि मात्रै थाहा भयो भुकम्पले हल्लाएको घर मान्छे बस्न छोडे पछि खण्डर जस्तै भएको रहेछ । ‘छिमेकीको घरमा आश्रय लिएर घर मर्मतको काम अघि बढाउदै थियौ,’ उहाँले भन्नुभयो, ‘यही बेला एक्कासी श्रीमानको मृत्यु भयो, उहाँको मृत्यु हुँदा गर्भमा रहेको छोरो अहिले पाँच वर्षको भएको छ ।’
गिताले जीवनको दुखान्त घटनाको फेहरिस्त सुनाए पछि हलमा पुरै सन्नाटा छायो । श्रीमानको मृत्यु पछि क्षतबिक्षत हुनुभएकी गिताले समाज र संघ संस्थाको सहयोगमा छोराछोरी हुर्काउनु भयो । बढाउनु भयो । अनि पढाउनुभयो । तर, अझै पनि डाक्टरले सानो उमेरमा बच्चा जन्माएका कारण छोरी अपाङ्ग जन्मिएको भनेको कुराले गिताको मुटु विझाउ“छ । आफुले लहडमा गरे पनि अबका पुस्ताले कम उमेर बिहे गरेर यस्तौ नियती भोग्न नपरोस् भन्ने उहाको कामना छ ।
काठेखोला गाउ“पालिकामा बालविवाह र असमान ज्याला, त्यसको असर, प्रभाव र रोकथामका उपायको बारेमा जनप्रतिनिधी, प्रहरी, शिक्षक, विद्यार्थी, युवा क्लवका प्रतिनिधी, न्यायीक समिति, श्रमीक, स्वास्थ्यकर्मी र बालविवाहबाट प्रभावितहरुको बिचमा गरिएको कार्यक्रममा उनिहरुले आफ्नो भोगाई र समाजको अभ्यासको बारेमा खुलेर छलफल गरे । जनशान्ती युवा क्लवका सदस्य सन्तोष पुन (२८)ले परिवारको सामान्य निर्णय गर्दा पुरुषहरुकै अनुमति जरुरी ठान्ने प्रवृत्ति बिद्यमान भएको बताउनुभयो । ‘बुबा भारतिय सेनामा हुनुहुन्थ्यो, आमाले घरमा कुखुरा, बाख्रा, भैसी पाल्ने, आमाले कहिल्यै पनि बाबा वा मलाई नसोधी दुध बेचेको, कुखुरा, बाख्रा बेचेको मलाई यादनै छैन,’ उहाले भन्नुभयो, ‘मैले कति पटक आमालाई अब सोध्नु पर्दैन, हजुरले निर्णय गर्नुस् भनेर भन्दा पनि आमाले कहिलै मान्नुहुन्न ।’ महिलाहरु निर्णय गर्ने तहमा नपुग्नु, पुग्न नसक्नु र पुगेर स्वनिर्णय गर्न नसक्नुले महिलाहरु हिंसामा पर्ने, भेदभावमा पर्ने गरेको उहाको भनाई छ ।
कार्यक्रममा महिला र पुरुषले समान काम गरेपनि ज्यालामा भने विभेद गर्ने गरिएको बताईएको थियो । हामीलाई ज्यालामा मात्र होइन, समयमा पनि विभेद गर्ने गरिएको छ,’ काठेखोला गाउ“पालिका–१ कि २७ वर्षीया डिलकुमारी थापाले भन्नुभयो–‘पुरुषले दिनभर काम गर्दा ८ सय पाउ“छन्, हाम्लाई चार सय दिईन्छ ।’ काठेखोला गाउ“पालिकासंगै बागलुङका विभिन्न ग्रामिण भेगमा अर्मपर्म, हुद्दा लगाउने प्रचलन छ । महिलाले दुई दिन काम गरे बराबर पुरुषले एक दिन काम गरे पुग्ने गरेको तर गाउमै सिहंदरबारको रुपमा स्थानीय सरकार भए पनि कार्यक्रमका सहभागीले कहिले सम्म यस्तो अवस्था भोग्नुपर्ने भनेर प्रश्न गरेका थिए ।
सो अवसरमा काठेखाला गाउ“पालिकाका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक अर्जुन बहादुर खत्रीले मेलापात र अर्म–पर्ममा हुने असमान ज्यालाको बारेमा आफुहरुले अहिले सम्म विचारनै नगरेको बताउनुभयो । यस बिषयमा गाउ“पालिकाको बैठकमा छलफल गराउने र आवश्यक पहल कदमी अघि बढाउने उहाको भनाई थियो । ‘हामीले अहिले बालविवाह भएको छैन भनेर बालविवाहका बारेमा सोचेनौ, यथेष्ट छलफल गरेनौ, काठेखोला गाउपालिका उपाध्यक्ष अर्जुन खत्रीले भन्नुभयो,–‘वर्षाै पहिले भएका बालविवाहको दिर्घकालिन असर र प्रभावको बारेमा पनि सोच बिचार गरेर योजना कार्यक्रम बनाउनु पर्दोरहेछ ।’
अधिकारकर्मी टिका दाहालले कार्यक्रमको मुल्य मान्यता र खाकाको बारेमा जानकारी गराउनुभएको कार्यक्रममा सामाजिक मुल्य मान्यता, हानिकारक प्रथा र परम्पराको बारेमा अधिकारकर्मी सुनिता शर्माले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम इक्वेल एक्सेसका अनु उपाध्यायको स्वागत र इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तको सहजीकरणमा सम्पन्न भएको थियो ।