एक क्याम्पस, दुई नाम ?

–धवलागिरि बहुुमुखी क्याम्पसको अशुद्व कथा

सुवास गौतम
बागलुङ

धौलागिरिको एकमात्र आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस अध्ययन र ज्ञानको केन्द्र हो । यही क्याम्पसमा नेपाली भाषामा सामान्यतयाः ख्याल गर्ने विद्यार्थीहरु क्याम्पस प्रवेशद्धार र त्यसबाट भित्र छिर्न साथ द्धिविधामा पर्छन् । कारण क्याम्पस गेट, कार्यालय बोर्ड र स्तम्भमा लेखिएको धवलागिरि क्याम्पसको फरक–फरक नाम ।

तत्कालिन राजतन्त्रको अन्त्यसँगै महेन्द्र क्याम्पसबाट नाम फेरेर बनाइएको धवलागिरि हो या धवलागिरी ? कतै ह्रस्व छ कतै दीर्घ । कुनैमा धवलागिरि, कुनैमा धवलागिरी छ । नेपालमै जारी भाषा विवादको एउटा परिदृश्य यहाँ प्रष्ट देख्न सकिन्छ ।

एउटै क्याम्पसमा प्रवेशद्धारमा एउटा र प्रवेश गरिसके पछि अर्कै तरिकाको भाषाले विद्यार्थीहरु अन्यौलमा पर्ने गरेको बताउँछन् । यसका बारेमा बेला-बेला विद्यार्थीहरुले क्याम्पस प्रशासन र प्राध्यापकहरुलाई प्रश्न समेत गर्ने गरेका छन् । यद्यपी, सुधार गरिएको छैन । ‘नेपाली भाषा, व्याकरण र शुद्धताको बिषयमा प्राध्यापक गुरुहरुले त सिकाउनु हुन्छ, यो विषय धेरै ठुलो र गहिरो जस्तो लाग्छ,’ क्याम्पसमा अध्ययनरत रविन्द्र सुवेदीले भन्नुभयो,‘क्याम्पसले एउटा नामकै विषयमा गरेको फरक–फरक भाषाको प्रयोगले व्याकरण जटिलता र प्राध्यापकहरु बिचको फरक–फरक बुझाईलाई सबैका माझमा देखाएको छ । यसमा एकरुपता भए विद्यार्थीमा द्धिविधा कम हुन्थ्यो जस्तो लाग्छ ।’

यस विषयमा क्याम्पसका प्राध्यापकहरुको पनि आ–आँफ्नै मत छ । एउटै क्याम्पसमा एउटै नाममा एकरुपता नल्याउनु समस्याको विषय भएको उनीहरु स्वीकार गर्छन् । धवलागिरि बहुमुखी क्याम्पसका दुई प्रवेशद्वारमा ‘धवलागिरी बहुमुखी क्याम्पस’ भनेर उल्लेख गरिए पनि भित्रका बोर्ड, स्तम्भ र अभिलेखहरुमा ‘धवलागिरि बहुमखी क्याम्पस’ लेखिएको छ । नाम भएका हिसावले दुवै लेख्दा गलत नहुने तर्क क्याम्पसको छ । तर, सवाल ह्रस्व र दीर्घको मात्र होइन, एकरुपता ल्याएर विद्यार्थी र आगन्तुक पाहुनामा हुने द्धिविधाको अन्त्यको हो ।

धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख डा.रामप्रसाद उपाध्यायलाई जिज्ञासा राख्दा नाममा केही समस्या भएको स्विकार गर्नुभयो । ‘हाम्रो क्याम्पसको नाम हिमालबाट नामाकरण भएको हुनाले धवलागिरि हो,’ उपाध्ययले भन्नुभयो,‘क्याम्पसले आधिकारिक रुपमा समेत धवलागिरिलाई लिएको छ, बाहिर गेटमा भएको धवलागिरीलाई अब तत्काल सच्चाइनेछ ।’ बाहिरका दुई वटा प्रवेशद्वारमा नाम लेख्दा संस्कृतलाई मान्यता दिएर लेखिएको हुन सक्ने उहाँको भनाई छ । क्याम्पस प्रमुख उपाध्यायले क्याम्पसको नाम संस्कृतबाट नभई हिमालबाट भएका कारण दशै अघिनै गल्ती सच्चाइने बताउनुभयो । आधिकारीक संस्थाको नाम तथा लोगोमा एकरुपता हुनुपर्नेमा आँफु पनि सचेत रहेको उपाध्यायको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *