करेण्ट लागेर एक जनाको मृत्यु

आदर्श अनलाईन, म्याग्दी ।

घर निर्माणको क्रममा फलामको छडले विजुलीको तारमा छुदा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरकी दिलकुमारी विकको घर निर्माणको काम गरिरहेका दोलखाको शैलुङ गाउँपालिका–३ का २६ वर्षीय पेमा तामाङको बेनी अस्पताल म्याग्दीमा मृत्यु भएको हो ।

शुक्रबार विहान ९ बजे करेण्ट लागेर घाइते भएका तामाङलाई उपचारको लागि जिल्ला अस्पताल म्याग्दीमा ल्याइए लगत्तै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो ।

तामाङको परिवारलाई घटनाको बारेमा जानकारी गराईएको र पोष्टमार्टम पछि शव परिवारलाई बुझाईने शर्माले बताउँनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *