अखिल छैठौको जिल्ला अध्यक्षमा पाण्डे

आदर्श अनलाईन, बागलुङ

अखिल छैठौं बागलुुङको जिल्ला अध्यक्षमा पुनः इन्द्रमणी पाण्डेय निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न २३ औं जिल्ला सम्मेलनले पाण्डेको अध्यक्षतामा ११ सदस्यीय पूर्ण, दुई वैकल्पिक र दुई सल्लाहकार गरी १५ सदस्यीय जिल्ला समित निर्वाचित भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ ।

जिल्ला समितिको उपाध्यक्षमा नवराज पौडेल, सचिवमा दिपेन्द्र पौडेल, सह–सचिवमा सिता सापकोटा, कोषध्यक्षमा हिरा वहादुर दलार्मी रहनुभएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल छैठौका केन्द्रीय अध्यक्ष विमल पोखरेलले सर्वसुलभ र जनवादी शिक्षाको लागि अखिल छैठौमा आवद्ध विद्यार्थीहरु संगठीत भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार गौरिश्वर पाण्डेय, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल, युवक संकका केन्द्रिय कोषाध्यक्ष भिमसेन वन लगायतले बोल्नुभएको थियो । शुक्रबार देखि शुरु भएको कार्यक्रम इन्द्रमणी पाण्डेको अध्यक्षता, हिरा दर्लामीको स्वागत तथा दिपेन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *