ढोरपाटनकी झेक्री बिकलाई आश्रमको अभिभावकत्व

धनबहादुर विश्वकर्मा/ ढोरपाटन

जिल्लाको ढोरपाटन नगरपालिका वडा न. ८ बोबाङ नौघरटोल घर भएकी २६ वर्षकी झेक्री बिक । जसको दुवै खुट्टा चल्दैनन् । १५ बर्ष देखि शारिरिक रुपमा अशक्त विकलाई मानव सेवा आश्रम बागलुङको जिम्मा लगाइएको छ ।

वडा नं. ८ का स्थानीय एवं नयाँ पुस्ता नेपालका अध्यक्ष कुशल बिश्वकर्माले पाँच बर्षदेखि उहाँको लालनपालन गर्दै आउनुभएको थियो । शारिरिक रुपमा अशक्तताका कारण परिवारले समेत रेखदेख गर्न नसकेको अवस्थामा उहाँको सहज जीवनयापनका लागि आश्रममा लगिएको नयाँ पूस्ता नेपालका अध्यक्ष बिकले जानाकारी दिनुभयो ।

आश्रमकी अभियन्ता सुमिरा लामाले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको रोहबरमा नयाँ पुस्ता नेपालका अध्यक्ष मार्फत आश्रमका तर्फबाट अभिभावकत्व ग्रहण गर्नुभएको हो । सहयोगीको सहयोगले बिकको लालनपालन गर्दा थुप्रै समस्या देखिएकाले मानव सेवा आश्रमको जिम्मा लगाइएको नयाँ पुस्ता नेपालका अध्यक्ष बताउनुहुन्छ । अध्यक्ष बिश्वकर्मा झेक्रीलाई लिएर मानवसेवा आश्रम पुगेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *