दुर्घटना अपडेटः पर्वत पहिरोमा मृत्यु हुने मोरङका सब इञ्जिनियर राई

पर्वतको खरेयामा लोकमार्ग माथिको पहिरो खसेर मृत्यु भएकाको पहिचान भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्र्तगतको पोखरा बागलुङ राजमार्गको खरेयामा सोमवार बिहान ११ बजेपछि एक्कासी पहिरो खसेको थियो ।

निर्माण कार्य चलिरहेका बेला सडक माथीबाट खसेको माटोको ढिस्कोले पुरिदाँ सब ओभरसियरको रुपमा काम गर्दै आएका मोरङ बेलबारी २ का २१ बर्षिय कमल राईको मृत्यु भएको हो । राईलाई तत्काल प्रहरी, स्थानीय वासिन्दाले डोजरको सहायतमा उद्धार प्रयास भए पनि सफल नभएको प्रहरीले जनाएको छ । ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *