उमप्रमुख संग महिला कार्यक्रमको वजेट विभाजन

शर्मिला बस्नेत, गल्कोट ।
गल्कोट नगरपालिकाले उपप्रमुख संग महिला कार्यक्रमको लागि विनियोजित गरेको रकम सात वटा शिर्षकमा विभाजन गरिएको छ ।

उपप्रमुख संग महिला कार्यक्रमको सञ्चालक समितिको बैठकले नगरपालिकाले विनियोजीत गरेको २० लाख रुपैया महिला शसक्तिकरणका लागि विभिन्न शिर्षकमा विभाजित गरेर काम गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार हिंसा पीडित, एकल महिला राहत अनुदान कार्यक्रमको लागि रु. २ लाख ५० हजार, महिला सीप विकास तालिम कार्यक्रमको लागि रु ५ लाख, महिला सहकारी संस्था समुहलाई सहुलियत कर्जाको लागि रु. ७ लाख, महिला सहकारी संस्था समुहलाई अनुदानको लागि रु. १ लाख ५० हजार, महिला सशक्तिकरण क्षमता विकास तालिम को लागि रु.२ लाख, उपकरण खरिद तथा वितरण रु.१ लाख र अन्य विविध कार्यक्रम रु. १ लाख गरी २० लाख बजेट शिर्षकगत रुपमा विभाजन गरिएको छ ।

नगरप्रमुखको अध्यक्षता रहने उपप्रमुख संग महिला कार्यक्रमको कार्यसञ्चालनको लागि ४ जना कार्यपालिका सदस्य, कार्यक्रमको उद्यमशिलता र सीप विकासको क्षेत्रमा काम गरेका २ जना महिला र नगरपालिकाको योजना अधिकृत सहित ९ जना सदस्य रहने व्यवस्था रहेको छ । बैठकमा बजेट विभाजन संगै कार्यविधिको बारेमा पनि जानकारी गराईएको थियो ।

उक्त कार्यविधिले गल्कोट नगरपालिकालाई महिलामैत्री नगरपालिका बनाउने, लैंगिक हिंसालाई न्युनीकरण गर्ने, महिलाहरुको क्षमता अभिबृद्धि गरी आर्थिक रुपमा सबल एंव सक्षम बनाउने तथा महिलाहरुको विकास मार्फत जीवनमा सकारात्मक परिर्वत ल्याउने उद्देश्य सहित सोही कार्यविधिले महिलाहरुका लागि सिप विकास, उद्यमसिलता, कृषि व्यवसायिक, घरेलु उद्यमशिलता, रोजगारमुलक कार्यक्रम मार्फत क्षमता विकास गरी आत्मनिर्भर गराउने कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै गरी चेलीवेटी बेचविखन विरुद्धको जनचेतना मुलक कार्यक्रम, घरेलु हिंसा न्युनीकरण दाईजो विरुद्धको कार्यक्रम, कानुनी सचेतना तथा एकल महिलाको सम्पत्ति अधिकार लगाएतका विषयमा विपन्न गरिव र एकल महिलालाई प्राथमिकतामा राखी कार्यक्रम संचालन गरिने व्यवस्था समेत गरिएको छ । कार्यविधिले महिला सहकारी संस्था, समुह वा संस्थामार्फत उद्यमशीलता र व्यवसायिक कार्य गर्न ईच्छुक महिलाहरुको लागि ३ प्रतिशतको व्याजदरमा सहुलिएत कर्जा उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

त्यस्तै बैठकले स्वीकृत कार्यक्रम संचालनका लागि सूचना प्रकाशन गर्ने र लक्षित महिला समुहहरुलाई जानकारी गराई तत्काल कार्यक्रम सुरुवाट गर्ने निर्णय समेत गरेको छ । बैठक नगरपालिकाका उप प्रमुख तथा संचालक समितिका अध्यक्ष रेणुका काउचा मगरको अध्यक्षता नगर प्रमुख भरत शर्माको विषेश उपस्थिति तथा प्रशासकीय अधिकृत तुल बहादुर वि.क.को सहजीकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *