बेनी-जोमसोम सडक निर्माण ढिलाईमा संसदीय समितिको चासो

आदर्श अनलाइन/म्याग्दी
ब्यवस्थापिका संसद अन्तरगतको विकास समितिले बेनी–जोमसोम सडक आयोजनालाई तिब्रता दिन निर्देशन दिएको छ ।

एक दशक अघि ट्याक खुलेको सडक स्तरोन्तिमा भएको ढिलाइका विषयमा स्थलगत अनुगमनमा आएको संसदीय टोलीले कामलाई तिब्रता दिन निर्देश गरेको हो । समितिका सभापति कल्याणी खड्काले ब्यापारिक, पर्यटन, कृषि, धार्मिक हिसाबले महत्वपूर्ण सडक निर्माणमा भएको ढिलासुस्ति हटाएर तत्कालै कामलाई गति दिन निर्देशन दिनुभयो ।

जिल्ला समन्वय समितिले बुधबार बेनीमा आयोजना गरेको छलफलफलमा सभापति खड्काले भ्रमण वर्षको तयारी भइरहदाँ पर्यटकीय जिल्ला जोड्ने सडकको दुरावस्था हटाउन निर्देशन दिनुभयो ।

टोलीले बेनी देखि कोरला नाका सम्मको ११० किलोमिटर दुरीको सडक स्तरोन्नतिको बारेमा भएको प्रगति र ढिलासुस्तिका कारण पहिचानका लागि बुधबारदेखिनै स्थलगत निरिक्षण सुरु गरेको छ ।

ठेकेदारहरुको लापरबाहीका कारण बेनी–जोमसोम सडकमा ढिलासुस्ति भएको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले बताउनुभयो । मालढुङ्गा–बेनी खण्डको नक्साङ्कन कालीगण्डकीको पश्चिम किनारबाट हुनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले ठेकेदार कम्पनीले विभिन्न बैठक र छलफलमा जनाएको प्रतिवद्धता कार्यान्वयन गर्न नसकेको बताउनुभयो । नेकपाका अध्यक्ष गोविन्द पौडेल र नेपाली काँग्रेसका उपसभापति माधवप्रसाद रेग्मीले विभिन्न बाहनाबाजी गरेर सडकलाई अलपत्र बनाउन ठेकेदारले खेलाची गरेका बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनी–जोमसोम सडक आयोजनाका ठेकेदारले मजदुरलाई ज्याला र आपुर्तिकर्तालाई भुक्तानी नदिएको विषयमा दैनिक गुनासो आउने गरेको बताउनुभयो ।

७६ किलोमिटर दुरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिन तीन महिना बाँकी रहँदा पचास प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । कालोपत्रे गर्ने लक्ष्य सहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तिर्थयात्रीलाई सास्ति भएको छ ।

साँघुरो, जिर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । २०७४ असारमा चार वटा प्याकेज ९भाग० मा बिभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले दुई अर्ब पचास करोड रुपैयाँमा ठेक्का लिएका थिए ।

२०७६ मंसिर सम्म काम सक्ने ठेक्का लिएका निर्माण ब्यवसायीले हालसम्म करिब पचास प्रतिशत मात्र काम गरेका बेनी–जोमसोम–कोरला आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो ।

प्रतिवद्धता अनुसार उपकरण र जनशक्ति परिचालन गर्न नसकेपछि गलेश्वर नारच्याङ पुल खण्डको शर्मा–गजुरमुखी कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *