मुस्ताङ जाने पर्यटकको बागलुङ पनि रोजाईको गन्तव्य

मुस्ताङ जाने क्रममा बागलुङ आएका पर्यटक, होटल पिस प्यालेसमा तस्विर खिचाउँदै ।
आदर्श अनलाइन/ बागलुुङ

गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष-२०१९ सकिनै लाग्दा र नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार भइरहेको बेला पर्यटकीय जिल्ला मुस्ताङ जाने पर्यटकको चाप बढ्न थालिसकेको छ ।

विशेष गरी भारतीय तिर्थयात्रीको महत्वपूर्ण धार्मिक गन्तव्य बनेको मुस्ताङको मुक्तिनाथ पुग्ने पर्यटकहरुलाई बागलुङका धार्मिक स्थलहरुले समेत आर्कर्षित गर्न थालेको छ ।

जिल्लामा आकर्षक गन्तव्य स्थलका रुपमा रहेका नेपालका एक सय पयर्यटकीय गन्तव्यको सुचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोटमा नयाँ संरचना निर्माण गरे सँगै मुक्तिनाथ पुग्ने तिर्थालु र पर्यटक जिल्ला भित्रिन थालेका हुन् । बागलुङ कालिका मन्दिर तथा पञ्चकोट परिसरमा रहेको पार्किङ स्थानमा मुक्तिनाथ दर्शन लेखेका सवारी साधनहरुको बाक्लै देखिन थालेको छ । मुस्ताङको मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा कालिका भगवती मन्दिर र पञ्चकोट दर्शनका लागि आएको नारायणगढका पर्यटक प्रयास योगीले बताउनुभयो । सामाजिक सञ्जालमा पञ्चकोटको तस्विर देखेपछि आर्कषित भएर बागलुङ आएको योगीको भनाई छ ।

बिगतका बर्षहरुमा सिधै जाने प्रचलन रहेकोमा पछिल्लो समय मुस्ताङ पुग्ने पर्यटकको बागलुङ पनि आकर्षक गन्तव्यको रुपमा रोजाईमा पर्न थालेको बागलुङ पर्यटन विसका समितिका उपाध्यक्ष राज थापाले बताउनुभयो । बागलङ जिल्लामा पर्यटन विकास समिति र सम्वद्ध निकायहरुको सक्रियता, होटलहरुको स्तरिकरण र प्रचार प्रसारका कारण मुस्ताङ पुग्ने पर्यटक बागलुङ आउन थालेको थापाको भनाई छ । मुस्ताङ जाँदा या फर्कने क्रममा तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटक बागलुङ कालिका तथा पञ्चकोट दर्शनका लागि आउनेक्रम बढेको छ पञ्चकोट व्यवस्थापन समितिले बताएको छ ।

नेपालका विभिन्न स्थान, भारत तथा अन्य देशवाट घुम्नका लागि आउने पर्यटक समेत बागलुङ नपसेर सिधै जाने गर्दै आएकोमा पछिल्लो समय कुडुँलेमा निर्माणाधिन शालिग्राम संग्राहलय, सर्वसिद्धिधाम पञ्चकोटको अलौकिक संरचनाको प्रचार प्रसारका कारण धार्मिक पर्यटकका लागि बागलुङ गन्तव्य बन्न थालेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

म्याग्दी तथा मुस्ताङ भ्रमणका लागि आएका पर्यटक फर्कदा छोटो समय मिलाएर कालिका, पञ्चकोट र शालिग्राम संग्रहालय अवलोकनका लागि आउने गरेको होटल व्यवसायी समिति बागलुङका अध्यक्ष निलेश राजभण्डारी बताउनुहुन्छ । गत वर्ष पर्यटन सिजनमा मुस्ताङ आउने जाने पर्यटकहरु होटल अभावकै कारण समेत बागलुङ बस्न आएको पाइन्छ’ राजभण्डारीले भन्नुभयो, ‘यो सिजनमा बागलुङका स्तरिय होटल खाली बस्नु पर्दैन भन्ने हाम्रो आँकलन छ ।’ मुस्ताङ जाने पर्यटकहरुलाई एक दिन र रात मात्र भएपनि बागलुङ बसाल्न सकिएमा पर्यटन व्यवसाय र प्रर्वद्धनमा ठूलो टेवा पुग्ने राजभण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *