मुस्ताङको कोरला बोर्डर पार गर्न खोज्ने विदेशी पर्यटक पक्राउ

आदर्श अनलाइन/मुस्ताङ

छिमेकी जिल्ला डोल्पा हुँदै मुस्ताङको उत्तरी कोरलानाका स्थित नजिकको बोर्डर पार गर्न खोज्ने एक विदेशी पर्यटक सहित नेपाली पथप्रर्दशक सोमबार पक्राउ परेका छन्।

चाईना बोर्डर पार गर्न खोज्दा ६४ वर्षीय जापानिज पर्यटक योसिदा योस्की र ३४ वर्षीय पंक तामाङ पक्राउ पर्नुभएको हो ।

कोरलानाका स्थित चिनियाँ सुरक्षाकर्मीहरुले अवैध रुपमा सीमापार गर्दै गरेको देखेपछि उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका जापानिज पर्यटक योस्की र पथप्रर्दशक तामाङलाई मंगलबार नै चिनियाँ सुरक्षाकर्मीले ईलाका प्रशासन कार्यालय लोमान्थाङलाई बुझाएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो।

उनकाम अनुसार मुस्ताङ र डोल्पाको सीमाक्षेत्र शान्ता बस्ती हुँदै मुस्ताङको कागबेनी आइपुग्नुपर्नेमा डोल्पाको अर्को नाका हुँदै उत्तरी चाइना बोर्डर पुगेका थिए। ईलाका प्रशासन कार्यालय लोमान्थाङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङको पहलमा पक्राउ परेका जापानिज पर्यटक योस्की र प्रथपर्दशक तामाङलाई जिल्ला प्रशासन कार्यालय जोमसोममा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो। उहाँका अनुसार पक्राउ परेका उनीहरुलाई उपल्लोम मुस्ताङमा लाग्ने पर्यटन शुल्क ५ सय अमेरिकी डलर र नेपाली रुपैयाँ २ हजार जरिवाना असुल गरेर छोडिनेछ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र भन्दा माथि उपल्लो मुस्ताङ जान विदेशी पर्यटकलाई ५ सय डलर शुल्क सहित रुट परमिटको आवश्यकता पर्दछ। एक्यापको निषेधित तथा नियन्त्रित क्षेत्र उपल्लो मुस्ताङमा जान सरकारले पर्यटकले विशेष परमिट शुल्क लिने गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिनुभयो। परमिट बिना उपल्लो मुस्ताङ गएको र चाइना बोर्डर पार गर्न खोज्दा जापानिज पर्यटक पक्राउ परेको उहाँको भनार्इ छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *