घटस्थापनाको दिन गण्डकी प्रदेशले दियो बिदा

आदर्श अनलाईन, पोखरा ।

गण्डकी प्रदेश सरकारले दसैंको घटस्थापनाको दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले वर्षमा दिनसक्ने ६ दिन विदामध्येबाट उक्त विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

उहाँले प्रदेशका विभिन्न संघ संस्थाहरुले घटस्थापनाको दिन असोज १२ गते विदा चाहियो भनेर विभिन्न क्षेत्रबाट माग समेत भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको जानकारी दिनुभयो । शुक्रबार सरकारका प्रवक्ता बस्नेतले बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *