जनप्रतिनिधीको पारिश्रमिकबाट विद्यालयमा शिक्षक !

थम्मन थापा/गलकोट

जिल्लाको गलकोट नगरपालिका वडा नं ७ का सदस्य लोकबहादुर थापाले आँफ्नो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग गर्नुभएको छ ।

प्रगति आधारभुत विद्यालय मल्म सप्ताहघाटमा अध्यापनरत एक शिक्षकलाई तलब भत्ता उपलब्ध गराउने गरि सहयोग गरेको वडा सदस्य थापाले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालय तर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गईरहेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक प्रयाप्त नहुॅदा र आर्थिक श्रोतको अभावले स्थानीय स्तरमा रहेका शिक्षकलाई तलब भत्ता व्यवस्थापन गर्न समस्या हुॅदै आएको छ ।

आँफ्नो कार्यकालको तलब आर्थिक वर्ष २०७६/७७ को सुरुवात सॅगै गत साउनदेखि लागु हुने गरि वार्षिक रुपमा विद्यालयलाई सहयोग प्राप्त भएको प्रगति आधारभुत विद्यालय मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताउनुभयो । विद्यालयमा अहिले सरकारी दरबन्दीमा १ जना र स्थानीय श्रोतबाट तलब व्यवस्थापन गरि १० जना निजी श्रोतका शिक्षक कार्यरत छन् भने दुई दरबन्दी रिक्त छन् ।

वि.सं २०४७ सालमा स्थापना भएको विद्यालयले शैक्षिक सत्र २०६९ देखि अङग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुॅदै आएको छ । जनप्रतिनिधी थापाको सहयोगले विद्यालयलाई आर्थिक भार केहि कम हुने विद्यालयका प्रधानध्यापक तुलबहादुर थापाले बताउनुभयो । विद्यालयमा अहिले वार्षिक झण्डै १० लाख ६८ हजार शिक्षकहरुको तलबको लागि खर्च हुने गरेको प्रधानध्यापक थापाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *