म्याग्दीमा मोना कप भलिबल प्रतियोगिता

आदर्श अनलाइन/म्याग्दी
जिल्लाको बेनीमा आइतबारदेखि प्रथम मोना कप भलिबल प्रतियोगिता सुरु भएको छ ।

म्याग्देली नेपाली प्रवासी संघ ९मोना०को आयोजनामा वडा स्तरीय पुरुष र खुल्ला महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।

मोना विश्वका विभिन्न देशमा छरिएर रहेका म्याग्देलीहरु आवद्ध साझा संस्था हो । १४ समूह सहभागि पुरुष भलिबलको पहिलो चरणको खेल सकिएको र ६ समुह सहभागि महिला भलिबल सोमबारदेखि सुरु हुने आयोजकले बताएका छन् ।

बेनी–३ भकिम्लीले वाकओभर दिएपछि रघुगंगा–२ भगवती र रघुगंगा–३ पिप्लेले वाकओभर दिएपछि बेनी–९ घतान सिधै दोस्रो चरण खेल्ने अवसर पाएका प्रतियोगिताका अफिसियल उदय सुन्दासले जानकारी दिनुभयो ।

मंगला–२ बाबियाचौरलाई पराजित गर्दै ज्यामरुककोट, बेनी–९ काफलबोटलाई पराजित गरेर अन्नपूर्ण–६ घार, रघुगंगा–८ कुइनेले बेनी–६ अर्थुङ्गेलाई पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको पुरुषतर्फ बिजेता र उपबिजेतालाई ट्रफि, मेडल, प्रमाणपत्र सहित नगद असी हजार र पचास हजार रुपैयाँ पुरस्कार दिइने संयोजक तेजेन्द्र बानियाले बताउनुभयो ।

यसैगरी महिला भलिबलमा बिजेता र उपबिजेतालाई पचास हजार र तीस हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल असोज १६ गते अन्नपूर्ण–६ स्थित घोडेपानीमा हुने मोनाका अध्यक्ष चक्र थापाले बताउनुभयो ।

मोनाका उपाध्यक्ष तथा खेलकुद विभाग संयोजक योगकुमार फगामीले खेलाडीलाई प्रोत्साहन र प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगिताको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको थियो । सांसद थापाले संघीय सरकारबाट बेनीको खुल्ला मञ्च खेलमैदान निर्माणमा चालीस लाख र रत्नेचौर खेलमैदान निर्माणमा पचास लाख बिनियोजन भएको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *