आदर्शद्वारा एक करोडको दैवी प्रकोप कोष घोषणा

आदर्श अनलाइन/बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले एक करोड रुपैयाँको आदर्श दैवी प्रकोप तथा सामाजिक सुरक्षा कोष घोषणा गरेको छ ।

संस्थाले आइतवार बागलुङमा आयोजित एक कार्यक्रमका बीच सहकारीको समुदाय प्रतिको उत्तरदायित्व बहन गर्न कोष स्थापना गरिएको हो ।

अन्र्तराष्ट्रिय सहकारी महासंघले प्रतिपादन गरेको सहकारीको सात सिद्धान्त मध्ये समुदाय प्रति चासो अन्र्तगत सहकारीले शेयर सदस्य र समुदायको हितमा हुने काम गर्न कोषको स्थापना गरिएको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले बताउनुभयो । २०८५ साल सम्म एक करोड रुपैयाँ कोषमा पु¥याउने लक्ष्यका साथ घोषणा गरिएको कोषको संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले व्यक्तिगत रुपमा पाँच हजार रुपैयाँ कोषमा प्रदान गरेर गरेर शुभारम्भ गर्नुभयो । कोष घोषणाको अवसरमा मात्रै संस्थाका सञ्चालक, शेयर सदस्य तथा कर्मचारीवाट ७५ हजार रुपैयाँ संकलन भएको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

शेयर सदस्यद्वारा बार्षिक रुपमा १ सय ५० वा जम्मा एक पटक न्युनतम पाँच सय रुपैयाँ अनिवार्य रुपमा कोषमा जम्मा गरिनेछ । स्वेच्छिक रुपमा रु. पाँच सय देखि पाँच लाख सम्म कोषलाई सहयोग गर्न सकिनेछ । यो आर्थिक वर्षमा कोषलाई वृद्धि गरी रु.१० लाख पु¥याइने संस्थाका सम्पादक रामबहादुर जिसीले बताउनुभयो । न्यूनतम १० लाख रुपैया जम्मा नभएसम्म यो कोषको ब्याज पनि खर्च गरिने छैन । कोषमा १० लाख पुगेपछि मात्र कोषको व्याजबाट आउने रकम मध्ये ७५ प्रतिशत संस्थाको शेयर सदस्य र २५ प्रतिशत रकम गैर–शेयर सदस्यलाई प्रदान गरिने छ ।

कोष मार्फत संस्थाको कार्यक्षेत्र भित्र हुने दैवी प्रकोप लगायत विपन्न वर्गका जनताको शिक्षा, स्वास्थ्य, रोजगारीका साथै खाना बस्नका लागि सहयोग गरिनेछ । यसका लागि छुट्टै कार्यविधि समेत बनाएर गैर–कार्यक्षेत्रमा समेत सहयोग गर्न सकिनेछ । विपत्तीमा परेका जनतालाई सहयोग गर्दा स्थानीय तह, सामाजिक संघ संस्थाहरु, समुदायसंगको सहकार्य र समन्वयका आधारमा गरिने सम्पादक जिसीको भनाई छ ।

५ सय भन्दा कमको रकम दान पेटिकामा राखिनेछ । त्यस भन्दा बढी रकम दिने सदस्य तथा अन्य दाताहरुलाई रसिद उपलब्ध गराइनेछ । १ हजार भन्दा बढी सहयोग गर्ने सदस्य वा दाताको नाम संस्थाको फेसबुक पेजमा राखिनेछ । त्यस भन्दा माथि पनि फरक फरक सम्मानको व्यवस्था गरिएको छ ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जिसीको अध्यक्षता, सहसचिव सरस्वति खड्का परियारकोे स्वागत मन्तव्य र सचिव ललिता थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *