नेकपाका नगर इन्चार्ज पक्राउ

आदर्श अनलाईन, बागलुङ
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।

बागलुङको गल्कोट नगरपालिका–११ मझुवा का २८ वर्षीय सुदर्शन नेपालीलाई असोज १३ गते उनकै गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत डिएसपी झविन्द्र प्रसाद भट्राईले जानकारी दिनुभयो ।

नेकपाको गल्कोट नगर इन्चार्ज समेत रहेका नेपालीले स्थानिय व्यवसायीलाई डर धम्की देखाएर चन्दा असुली गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *