१८ बर्षमा सुत्केरी ! मुस्ताङबाट हेलिकप्टर मार्फत उद्धार

आदर्श अनलाइन/मुस्ताङ

मुस्ताङको जोमसोममा ज्याला मजदुरी गरी बस्दैआएकी १८ वर्षीया आईकुमारी बिकलाई शुक्रबार साँझ हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार सुत्केरी हुन नसकेकी बिक दम्पति परिवार केही महिनाअघि काम गर्ने शिलशिलामा मुस्ताङ पुगेका थिए ।

बिकको कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–६ घर हो । केही महिना अघिदेखि कलिलो उमेरकी सुत्केरी बिकको ७ महिनाको गर्भ रहेको र शुक्रबार उनलाई सुत्केरी व्यथा लागेको थियो । पेट, दम र रक्तचापबाट पीडित उनलाई शुक्रबार दिउसो जोमसोम अस्पतालमा पु¥याइएको थियो ।

अस्पतालले सुत्केरीलाई पोखरा लैजान सिफारिस गरेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार सुत्केरी बिरामीको अवस्था गम्भीर रहेकाले हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *