प्रदेशको निर्णय : आसन ग्रहण २० मिनेट, कार्यक्रम डेढ घण्टा

गण्डकी प्रदेश सरकारले प्रदेशमा आयोजना हुने कार्यक्रमलाई व्यवस्थित बनाउने प्रयास थालेको छ ।

प्रदेशमा आयोजना हुने सार्वजनिक सभा समारोह लामो, अत्यास लाग्दो हुने र समय व्यवस्थापनका लागि यस्तो प्रयास थालिएको हो ।

यसका लागि सार्वजनिक निकायको औपचारिक कार्यक्रम वा बैठक समारोह संचालन ऐन निर्देशिका तयार गरेको छ । अब सार्वजनिक सभा समारोह गर्दा तीन दिन अघि नै बिषयबस्तुको बारेमा पुर्व जानकारी गराउनु पर्ने निर्णय गरेको सरकारका प्रवत्ता रामशरण बस्नेतले जानकारी दिनुभयो । बस्नेका अनुसार,समारोह सकभर अत्यन्तै छोटो गर्ने, २० मिनेट भित्र आसन ग्रहण गर्ने, प्रदेशले ३ जना भन्दा बढी वक्ता नै नराख्ने, एक घण्टा देखि डेढ घण्टा भित्र कार्यक्रम सक्ने निर्णय गरेको छ ।

कार्यक्रममा सकभर सार्वजनिक सभा समारोहमा प्रमुख अतिथि सहितका अतिथिलाई एकै साथ गरिने फूलमाला, खादा र अबिर मध्य सकभर कुनै प्रयोग नगर्ने अन्यथा प्रयोग गरि हालेमा कुनै एक मात्र प्रयोग गर्ने निर्णय गरेको छ।

सार्वजनिक सभा समारोह गर्दा प्रदेश सरकारले ल्याएको नियम अनुसार अन्य संघ संस्थाले पनि यसलाई अबलम्बन गर्न आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *