दशैंमा गाउँमा चहल पहल, बजार सुनसान

बागलुङ बजारको जिपपार्कमा विहान देखिएको दृश्य ।
आदर्श अनलाइन
बडादशैंको दिन नजिकिँदै गर्दा धौलागिरीका चारै जिल्लाका बजार सुनसान बन्न थालेको छ ।

पछिल्लो साता उल्लेख्यय संख्यामा बढेको दृश्य देखिने बजारमा किनमेल गर्नेको भीड पनि पातलिँदै गएको छ । बागलुङ बजार, पर्वतको कुश्मा, म्याग्दीको बेनी, मुस्ताङ को जोमसोम बजारमा मानिसको चाप निकै देखिएको छ ।

विशेष गरी शुक्रबारदेखि बजारको भीडभाड तुलनात्मक रुपमा कम हुँदै गएको छ । बिद्यालयमा लामो बिदा भए पछि छोराछोरी पढाउन आएका देखि बिभिन्न कार्यालय, सघं संस्थामा जागिर खानेहरु समेत घर फर्किन थालेका छन् । आइतबारदेखि सार्वजनिक बिदा समेत भएकाले बजार सुनसान बन्न थालेकोे हो । ‘बाहिरबाट गाउँ जानका लागि आएकाहरुका कारण केही चहल पहल शुक्रबार सम्म देखिन्छ,’ स्थानीय व्यवसायी रुपा थापाले भन्नुभयो, ‘बजार सुनसान जस्तो भइसक्यो, यहाँ पसलमा समय व्यतित गर्न पनि गाह्रो र कहिले गाउँ जाउँ जस्तो भइरहेको छ ।’

बागलुङ जिल्लाको तंग्राम फापरखेतमा पिङ हाल्दै युवाहरु ।

दसैंको बेला बजार सुनसान हुने र गाउँमा चहल पहल बढ्ने भएकाले बजारमा बस्नै मन नलाग्ने स्थानीय, व्यवसायीको भनाई छ । जिल्ला भित्रका विभिन्न बजारमा अध्ययन र पेसा, व्यवसाय गरेर बस्ने तथा जिल्ला बाहिर रहेकाहरू पनि गाउँ पुगेपछि गाउँमा भने चहलपहल बढेको छ । ‘दिनदिनै बजार सुनसान हुँदै गएको छ, किनमेल गर्न आउनेको संख्या पनि घट्दै गएको छ, सदरमुकामका सुरेश थापाले भन्नुभयो, ‘किनमेल गर्नेहरू पनि पहिल्यै काम सकेर गाउँ लागिसकेका छन्, अब मन आत्तिसकेको छ ।’

अहिले गाउँघर तिरबाट आउने गाडीहरु रित्तै शहर बजार फर्किन थालेका छन् । शहर बजारबाट भने भरिभराउ यात्रु बोकेर सवारी साधन गन्तव्य तर्फ लाग्ने गरेका छन् । दोहोरो यात्रु नभए पछि सवारी धनी र चालकहरुले दोहोरो भाँडा लिने गरेका छन् । महंगो भाडाँ तिर्दा समेत सवारी नपाउने समस्या चरम बन्दै गए पछि नागरिकले चुपचाप पैसा तिरेर यात्रा गर्न बाध्य भएका छन् ।

दशैंका बेला चाप बढेपछि सवारी साधनका लागि फ्रि क्यूको व्यवस्था गरिएको छ । बर्र्षाै पछि गाउँ फिरेका र पुख्यौली गाउँ सम्झेर गएकाहरुले दशैंको पुरानो मौलिकता हराउदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । गाउँघरमा पहिले पहिले गाउँ, टोल बस्ती बस्तीमा भेटिने पिङ, चमच्चा देख्न अहिले मुश्किल पर्ने गरेको उनीहरुको गुनासो छ । तर, गाउँ घरमा भएका युवा, स्थानीय समाजसेवीहरुले भने दशैंमा गाउँ आउनेहरुलाई हर्ष,उल्लास र रमाईलो होस् भन्ने अभिप्रायले ठाउँ ठाउँमा दशैं, मेला, उत्सव र महोत्सवका कार्यक्रम आयोजना गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *