दशैंमा बिहुँमा नौमती गुञ्जियो, धिमी पहिलो

भरत सापकोटा/काठेखोला

बाग्लुङ जिल्लाको काँठेखोला गाउँपालिका वडा ६ बिहुँ हटियामा नौमती बाजा प्रतियोगिता गरिएको छ ।

प्रथम पुरस्कार ग्रहण गर्दै धिमी नौमती बाजा समूहका सदस्य ।

बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रको आयोजनामा भएको प्रतियोगितामा काठेखोला गाउँपालिका वडा नम्बर १ धिमी पञ्चेबाजा समूह प्रथम भएको छ । प्रतियोगितामा सत्यावति पञ्चेबाजा समुह काठेखोला ५ राहाले द्धितिय र बिहुँकोट पञ्चेबाजा समुह काँठेखोला ५ तृतिय भएका थिए । प्रतियोगितामा प्रथम हुने धिमीले खसी जितेको छ । द्धितिय र तृतिय हुनेले क्रमशः नदग ६ हजार र ४ हजार प्राप्त गरेका थिए।

समाजमा मौलिक सँस्कृतिको रुपमा रहेको नौमती बाजाको संरक्षणमा सम्वद्ध सबैको ध्यान र चासो अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको केन्द्रका अध्यक्ष कृष्णप्रसाद कंडेलले आदर्श अनलाइनलाई बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल कोशिकी करातेका प्रमुख संरक्षक डन्डपानी कंडेलले नेपालीको मौलिक सँस्कार सँस्कृतिको सरंक्षणमा नौमति बाजा अपरिर्या रहेको र यसको संरक्षणमा खेलकुद केन्द्रले देखाएको अग्रसरता सह्रानिय भएको बताउनुभयो ।

नौमती बाजा प्रतियोगितामा धेरै टिम सहभागी हुने बताईए पनि तीन समूहले मात्र सहभागिता जनाएका थिए । कार्यक्रममा प्रथम पुस्कार खसी वडा नम्बर ६ का सन्देश कंडेल, द्धितिय पुस्कार रु ६ हजार, बलबाहादुर क्षत्री मुकेश र तृतिय पुस्कार वडा ५ मा रहेको सापकोटा ब्रदर्शले प्रायोजन गरेका थिए।

कार्यक्रममा पुर्व सासंद गोबिन्द्प्रसाद कडेंल ,काठेखोला ५ का वडा अध्यक्ष शिव प्रसाद कंडेल ,गाउंकार्यपालिका सदस्य टिका संगम विक, लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम संयोजक हरि सापकोटाको स्वागतमा संचालित कार्यक्रम केन्द्रका अध्यक्ष कृष्णप्रसाद कंडेलको अध्यक्षता र सचिव सन्तोष पुनले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *