पर्यटन प्रर्वद्वन गर्न ‘बेलढुंगा म्याराथुन’, उपाधि सुनारले जिते

आदर्श अनलाइन/बागलुङ
जिल्लाको काठेखोला ३ धम्जा ओखलेमा आयोजना गरिएको ‘बेलढुंगा म्याराथुन’ प्रतियोगिताको उपाधि गलकोट तोरिखोलाका सुवास सुनारले जितेका छन् ।

जनज्योति सामुदायिक विकास केन्द्रले आयोजना गरेको ऐतिहासिक कालरात्री मेलाका अवसरमा सञ्चालित प्रतियोगिताको उपाधि सुनारले जितेका हुन् ।

धम्जाको बेलढुंगा होम स्टे गाउँदेखि बेलढुंगाको शिर सम्मको निर्धारित ३६ सय मिटरको दुरी तोरिखोलाका सुवासले २८ मिनेटमा पार गरेका थिए । बागलुङ र म्याग्दीका २७ जना युवाले सहभागिता जनाएको प्रतियोगितामा काठेखोला ३ धम्जामा सुजन थापा द्वितिय र दिनेश थापाले तृतिय स्थान हासिल गरेको बेलढुंगा होम स्टे सञ्चालक समितिका सचिव गोपाल श्रीसले बताउनुभयो । उपाधि बिजेता पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ६ हजार, ४ हजार र २ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन् । गाउँमा गत बर्षदेखि सञ्चालनमा ल्याइएको होम स्टे र पर्यटकीय क्षेत्र बेलढुंगाको थप प्रचार प्रसार र प्रवद्र्धन गर्ने अभिप्रायले ‘बेलढुंगा म्याराथुन’ आयोजना गरिएको श्रीसको भनाई छ ।

बेलढुंगा बागलुङ काठेखोला ३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको सिमानामा अवस्थित छ । यस क्षेत्रको दुवै जिल्लाका स्थानीय तह र वडाले प्रर्वद्धन गर्ने गरि पुर्वाधार र प्रचार प्रसारका काम गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *