यसरी सकियो ट्यालेन्ट अफ भिलेजको १० औं सँस्करण

आदर्श अनलाइन, काठेखोला
ट्यालेन्ट अफ भिलेजको १० औं सँस्करण सहित पहिलो अध्याय सकिएको छ ।

गाउँमैत्री अक्ष्य कोष (जिमाक) काठेखोला ४ तंग्रामले २०६६ सालमा शुरु गरेको प्रतिस्पर्धात्मक कार्यक्रमको गौरवमय १० बर्ष भव्य समारोहका बीच समापन गरिएको छ ।

गाउँघरका प्रतिभाहरुको पहिचान गर्ने उद्धेश्यले (गजल, गायन र नृत्य) बिधामा बर्षेनी सञ्चालन गर्दै आइएको प्रतियोगी कार्यक्रमको श्रृखंला तत्कालका लागि स्थगन गरिएको कोषका संरक्षक तथा अध्यक्ष हेमराज आश्रमले बताउनुभयो । १० औं संस्करणको प्रतियोगिताबाट गजल तर्फ धम्जाका कमल बिक, गायन तर्फ सुजन गोले र नृत्य विधा तर्फ सरिता परियारले उपाधि जित्नुभएको छ ।

पुरस्कृत तथा सम्मानित सर्जक कलाकारलाई प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै सांसद पौडेलले राष्ट्र, राष्ट्रियताका लागि प्रगतिशिल साहित्य र संगितको भुमिका महत्वपूर्ण हुने बतउानुभयो । यसका लागि अझै पनि गाउँ गाउँमा प्रतियोगिताका साथै साहित्य,संगित र कलाको प्रशिक्षण आवश्यक देखिएकाले यस तर्फ सबैले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा पत्रकारिता तथा साहित्य क्षेत्रमा योगदान पु¥याएको भन्दै काठेखोला गाउँपालिका ३ धम्जाका दिल शिरीष र कलाकारिता मार्फत गाउँपालिकाको चिनारीलाई व्यापक बनाउन भुमिका खेल्ने कमलकुमार बिकलाई सम्मान गरिएको थियो । काठेखोलामा जन्मिएर स्थापित भएका गायक प्रकाश सपुत, निशा सुनार,गणेश पौडेल, रिना केसी, जयलक्ष्मी पुन, खेम पुन, एचबिएन किस्मत, अस्मि थापा, अनुपा थापा, अनिल निर्दोष, ऋतु थापा लगायतलाई सम्मान गर्ने कार्यक्रम तय भए पनि बिदेश र कार्यव्यस्तताका कारण उपस्थित हुन सकेनन् । यसैगरी, टिकासंगम बिक, धनप्रसाद पुन लगायत कोषका बिभिन्न कार्यक्रम र अभियानमा सहयोग गर्नेहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा जनवादी गायक कर्ण बिद्रोही, संविधानसभा सदस्य समेत रहनुभएकी केशरी घर्ति, एक खुट्टाले नृत्य गर्ने सिता सुवेदी, चर्चित गजलकार संगिता थापा, निश्चल श्रेष्ठ पाण्डा, बिवश दर्लामी लगायतले सांगितिक प्रस्तुती दिनुभएको थियो ।

समापन समारोह जनवादी गायक आश्रमको अध्यक्षता, बिष्णु पुनको स्वागत तथा कोषका सचिव सुकमाया पुन र यमदिप पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *