समाचार लेखेको भन्दै पत्रकारलाई धम्की

आदर्श अनलाईन, बागलुङ

समाचार लेखेको विषयमा पत्रकारलाई अभद्र व्यवाहार गरेको भन्दैं नेपाल पत्रकार महासंघ बागलुङ शाखाले प्रेश विज्ञप्ती जारी गरेर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यसमिती सदस्य तथा रेडियो परिर्वतन बुर्तिवाङका प्रबन्ध निर्देशक लोकेन्द्र सुनारलाई समाचार लेखेको विषयलाई लिएर असोज ३० गते विहान अभद्र व्यवहार गर्दै धम्की समेत दिईएको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ बागलुङद्वारा जारी प्रेश विज्ञप्ती

बागलुङको बुर्तिवाङमा जारी प्रथम मेयर कप गोल्ड कप तथा कोजाग्रत पूर्णिमा मेलामा ‘खेलको नाममा पैसा लुट्नेको बिगबिगी’ शिर्षकमा ई–बागलुङमा प्रकाशित समाचारको विषयलाई लिएर यही असोज ३० गते बिहानको समयमा मेला आयोजक संस्था बुर्तिबाङ राइजिङ युवा क्लबका उपाध्यक्ष सुरज विक, मोतिलाल विक ‘मिथुन’, समशेर विक, भरत विक र उमेश विकले पत्रकार सुनारलाई अभद्र व्यवहारसहित धम्की दिएको महासंघका सचिव राम थापाले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।

समाचारप्रति गुनासो रहेमा वा चित्त नबुझेमा त्यसउपर उजुर गर्ने र न्यायिक प्रक्रियामार्फत त्यसलाई सम्बोधन गर्ने कानूनी मार्ग रहँदा रहँदै त्यसलाई बेवास्ता गरी समाचारकै विषयमा पत्रकारलाई धम्क्याउनु र अभद्र व्यवहार गरिनु गम्भीर आपत्तिको विषय भएको विज्ञप्तीमा उल्लेख छ ।
कुनैपनि समूहबाट व्यावसायिक पत्रकारलाई धम्की दिइनु प्रेस स्वतन्त्रता विरुद्धको कार्य रहेको महासंघको ठहर छ, महासंघ यस्ता अबाञ्छित क्रियाकलापमा संलग्न व्यक्ति वा समूह उपर छानबिन र कानूनी कारबाहीका लागि जिल्लाका प्रशासनिक निकायसँग जोडदार माग गर्दछ विज्ञप्तीमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

समाचार लेखेको भन्दै पत्रकारलाई धम्की

  1. एउटा सत्ते र रसेय खुलाएर खबर लेख्नु नपाउने कस्तो नियम हो
    यो पत्रकार लाई धम्की दिने लाई केही सजाय हुन पर्छ भन्ने मेरो धारणा आग्रह गर्दछु
    हाल दोहा कतार
    सुरेन्द्र सेन्चुरी बाग्लुङ्ग

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *