जनमोर्चाले उपनिर्वाचनका उमेदवारको नाम सिफारिस गर्यो

आदर्श अनलाईन, बागलुङ ।
राष्ट्रिय जनमोर्चाले उपनिर्वाचनको लागि उमेदवार सिफारिस गरेको छ ।

राष्ट्रिय जनमोर्चाका नेता प्रदेश सभा सदस्य टेक बहादुर घर्तिको निधन पछि खाली भएको बागलुङको क्षेत्र नम्बर दुईको उपनिर्वाचनको लागि आइतबार राष्ट्रिय जनमोर्चाले उमेदवार छनोटका लागि नाम सिफारिस गरेको हो ।

मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको लागि सुनमाया घर्ति मगर, धर्मबहादुर कुँवर र खिम विक्रम शाहीको नाम जनमोर्चाले पार्टीको केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टीका जिल्ला अध्यक्ष अमर बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उप निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन र निर्वाचनलाई सफल पार्न सहयोग गर्नु हुन आम जनसमुदायमा अपिल गर्ने र जनभेटघाटलाई तिव्रता दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले बागलुङको बुर्तिबाङमा आयोजना गरिएको पूर्णिमा मेलाको विकृतिलाई उजागर गरी समचार संप्रेषण गरेको भनी प्रगतिशिल प्रत्रकार संघमा आवद्ध तथा नेपाल प्रत्रकार महासंघ बागलुङ शाखाका सदस्य लोकेन्द्र निरासीमाथि गरिएको दुव्र्यवहारमा संलग्न ब्यक्ति माथि छानविन गरी कानुनी कार्वाहीको गर्न सम्बन्धीत निकायलाई माग गरेको छ ।

त्यस्तै उत्तरगंगा जलासययुक्त जलविद्युत योजना बागलुङको भुगोलमा नबनाउने चलखेल भएको भन्दैं सो योजना बागलुङकै भुगोलमा बन्नु पर्नेमा जोड दिने निर्णय गरेको छ । बैठकले मध्यपहाडी लोकमार्गको कामलाई सम्पन्न गर्नुपर्ने, र चाडपर्वको समयमा जिल्लाका अन्य सडकहरु पनि मर्मत र सुधार गर्नुपर्नेमा सम्बन्धित निकायको ध्यानार्षण गराउँने जनाएको छ । त्यस्तै पेटको समस्याको कारण उपचाररत जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारको लागि सहयोग कोष स्थापना गरी उहाँलाई सहयोग पु¥याउने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *